बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा…

Comments Off on बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य डा महतले कार्कीका विषयमा छानबिन प्रक्रिया सुरु भएकाले समितिको छानबिन प्रतिवेदनपश्चात् मात्रै कांग्रेसले निर्णय गर्ने स्पष्ट पारे । लोकमानको विषयलाई छानबिन गर्न समिति…

Comments Off on कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। व्यवस्थापिका-संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र)सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो। यसमा एमालेका १०७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर…

Comments Off on महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

इस्लामिक स्टेट समूहका लडाकुले उत्तरी इराकमा विस्फोटक पदार्थ बोकेको ड्रोन अर्थात चालकरहित विमानको प्रयोग गरेर खतरनाक आक्रमण गरेको प्रकाशमा आएको छ। आफ्ना दुईजना सैनिक मारिएको र दुईजना फ्रान्सेली सैनिक घाइते भएको कुर्द अधिकारीले पुष्टि गरेका छन्। उक्त विमान दुर्घटना भएपछि ती सैनिक विमान नजिकै गएका थिए र उनीहरुले छोएपछि विमान विस्फोट भएको थियो। चालकरहित विमानको आक्रमणले इस्लामिक स्टेटविरुद्ध लडिरहेका दुईजना…

Comments Off on आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

प्रवासी नेपाली एकता समाज युरोपको गठन

युरोपका विभिन्न मुलुकहरुमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ ।  सुरेन्द्रमान अमात्यको अध्यक्षतामा गठित २३ सदस्यीय तदर्थ समितिका उपाध्यक्षमा गौरब न्यौपाने (पोर्तुगल), रोशन सापकोटा (युके), महामन्त्रीमा बिक्रम बानियॉ ( नेदरल्याण्डस ), सहमहामन्त्रीमा विजय शाही (जर्मनी), उपमहामन्त्रीमा भूपाल कार्की (स्कटल्याण्ड ), कोषाध्यक्षमा नरेश कठायत (डेनमार्क), सहकोषाध्यक्ष हरी…

Comments Off on प्रवासी नेपाली एकता समाज युरोपको गठन

दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि…

Comments Off on दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

कुमार लामाविरुद्धको मुद्दा फिर्ता

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्। झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो। तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन। न्यायाधीश जस्टीस…

Comments Off on कुमार लामाविरुद्धको मुद्दा फिर्ता

‘भाषामाथि नकारात्मक धारणा आपत्तिजनक’ :प्राध्यापक त्रिवि

नेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोमा त्यसप्रति नेपाली भाषासाहित्यको विश्वकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा विशेषतः संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नयाँ“ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई…

Comments Off on ‘भाषामाथि नकारात्मक धारणा आपत्तिजनक’ :प्राध्यापक त्रिवि

दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

छिमेकी मुलुक भारत र चीनका लागि नयां राजदूतमा दीपकुमार उपाध्याय र लिलामणि पौडेलको नाम सिफारिस गरिएको छ । विहिवार बसेको  मन्त्रिपरिषद् बैठकले उक्त नाम सिफारिस गरेको हो ।  निकट भविश्यमा हन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको को भारत भ्रमणको तयारी तथा चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम भएकाले सम्वन्धित देशमा आफ्ना राजदूत हुनु आवश्यक भएको ठहर गरी दुवैदेशमा राजदूत…

Comments Off on दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ । संसद्को आजको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुकमा पठाउनु प¥यो ? भनी प्रश्न गरेका थिए । सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा…

Comments Off on संसदमा विशेषदूत पठाउनुपर्ने कारण माग

काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

आन्तरिक विवादका कारण लामो समय सम्म मन्त्री छान्न नसकेको नेपाली कांग्रेसले अन्तत सरकारमा पठाउने मन्त्रीको टुंगो लागेको छ । बुधबार मन्त्रिपरिषदको विस्तार हुने भनिए पनि  रामचन्द्र पौडेलले ५ वटा मन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिएपछि सकेको थिएन । पार्टी सभापति शेरबहादुर देउवाले पौडेलपक्षलाई ५ मन्त्री दिने सहमति जनाएपछि विवाद टुङ्गएिको हो ।  शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी सपथ गराउने तयारी छ ।…

Comments Off on काग्रेसबाट को को छानिए मन्त्री ?(नामावली सहित)

नेविसङ्घमा उमेरको हद ३२ वर्ष,केन्द्रीय समिति १५१ सदस्यीय

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाएको हो । यद्यपि उक्त प्रावधान १२औँ महाधिवेशनबाट मात्र लागू हुनेछ ।…

Comments Off on नेविसङ्घमा उमेरको हद ३२ वर्ष,केन्द्रीय समिति १५१ सदस्यीय

ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

अमेरिकामा रिपब्लिकन पार्टिका राष्ट्रपतिय उम्मेदवार डोनल्ड ट्रम्प उक्त पदका लागि अयोग्य भन्दै राष्ट्रपति ओबामाले उनको चर्को आलोचना गरेका छन्। ओबामाले अझैपनि रिपब्लिकन पार्टिले ट्रम्पको उम्मेदवारी समर्थन गरिरहेकोप्रति समेत प्रश्न उठाएका छन्। विगतका रिपब्लिकन उम्मेदवार भन्दा भिन्न ट्रम्पसंग विश्वकै सबभन्दा शक्तिशाली पद ओगट्न आवश्यक विवेकशीलता तथा स्वभाव नभएको ओबामाले बताए। उनले भने, “मलाई लाग्छ उनीहरुले अब आफैंलाई सोध्नुपर्छ कि यदी बारम्बार…

Comments Off on ट्रम्प राष्ट्रपति हुन अयोग्य: ओबामा

दाहालका सहज छैनन् आगामी दिनहरु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन  । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्  । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुगेका छन  । राजनीति सम्भावनाको…

Comments Off on दाहालका सहज छैनन् आगामी दिनहरु

दाहाल दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधवार मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपालमा दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका बनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि २०६५ ौभदौ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । पहिलो संविधा सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका दाहाल त्यसको…

Comments Off on दाहाल दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री