उपनिर्वाचन : काँग्रेस फाइदामा

संविधानसभा सदस्यका आइतबार सम्पन्न भएको ४ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा कांग्रेस फाइदामा परेको छ । उसले काठमाडौं-२ को एमालेको एक सीट खोसेको छ भने एमाओवादीको मत सँख्या घटेको छ । चितवन-४ र कैलाली-६ मा कांग्रेसले तथा बर्दिया-१ मा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि पनि ति क्षेत्रहरुमा त्यही पार्टीका उम्मेदवार विजयी भएका थिए । संविधान सभा उपनिर्वाचन अन्तर्गत काठमाडौं…

Comments Off on उपनिर्वाचन : काँग्रेस फाइदामा

मोदीले मध्य रातमा ट्वीट गरे- नेपाल पुरानो र गहिरो मित्र

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबारे गए राती साढे ११ बजे दुई वटा ट्वीट गरेका छन्। उनको सँगसँगै गरिएका मध्ये पहिलो ट्विटमा मोेेदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सशील कोइलारा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आफूलाई प्राप्त शुभकामनाका लागि धन्यवाद दिएका छन्। राती साढे ११ बजे नै गरिएको अर्को ट्विटमा नरेन्द्र मोदीले नेपाल भारत सम्बन्धबारे संक्षिप्त प्रतिक्रिया दिएका छन्, 'नेपाल पुरानो र…

Comments Off on मोदीले मध्य रातमा ट्वीट गरे- नेपाल पुरानो र गहिरो मित्र

बादल र विप्लवको चेपुवामा वैद्य

नेकपा–माओवादीमा कार्यदिशा बहस आगामी जेठमा राष्ट्रिय सम्मेलन गरेर नयाँ कार्यदिशा निर्माणको तयारीमा रहेको नेकपा–माओवादीमा पार्टी अध्यक्ष मोहन वैद्य किरण दबाबमा परेका छन् । महासचिव रामबहादुर थापा बादल र सचिव नेत्रविक्रम चन्द विप्लव फरक–फरक कार्यदिशाको पक्षमा देखिएपछि अध्यक्ष किरण अप्ठ्यारोमा परेका हुन् । मंसिर अन्तिम साता बसेको माओवादी केन्द्रीय समिति बैठकले पुस ०६९ मा सम्पन्न महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’को…

Comments Off on बादल र विप्लवको चेपुवामा वैद्य

पावर सेयरिङबारे ओली: ‘जनताले एमालेलाई ताली बजाउन भोट दिएका हुन् ?’

संविधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि राष्ट्रपतिको निर्वाचन गर्ने/नगर्ने विवादमा एमाले नेता ओलीले एक सटिक अभिव्यक्ति दिएका थिए, ‘जनताले के एमालेलाई ताली बजाउन मात्र भोट दिएका हुन् ?’ ओलीनै संविधानसभाको दोस्रो ठूलो दलको संसदीय दलको नेता चयन भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको नेपाली कांग्रेसमा पनि ओलीको चर्चा चल्न थालेको…

Comments Off on पावर सेयरिङबारे ओली: ‘जनताले एमालेलाई ताली बजाउन भोट दिएका हुन् ?’

ओलीको उदयपछि कांग्रेसमा हलचल

नेपाली कांग्रेसले शनिबार बोलाएको सर्वदलीय बैठकमा एमाले, एमाओवादीलगायत कुनै पनि पार्टीका प्रभावशाली नेताहरू सहभागी नभएपछि कांग्रेस नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चर्चा सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइराला सर्वसम्मत संसदीय दलको नेता नबनेको र एमालेभित्र केपी ओली बलवान बन्दै गएपछि काँग्रेसी वृत्तमा हलचल गएको छ । बहुमतको सरकार बनाउन राष्ट्रपति डा.रामवरण यादवले दोस्रो चरणमा दिएको म्याद पनि…

Comments Off on ओलीको उदयपछि कांग्रेसमा हलचल

‘सेलीब्रीटी नेता’ केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अहिले मिडियामा सेलीब्रीटी नेता बनेका छन् । राजनेता र अफिसरहरुले झोले ब्रिगेड भन्ने गरेका एनजीओ सर्कल अर्थात स्वयंमसेवी संस्थामा लागेका अरविन्द केजरीवाललाई मानिसहरुले वर्षौंदेखि चिनेका हुन् । उनको पहिचान कहिले अरुणा रायउको जुनियर साथीको रुपमा त कहिले अलग पहिचान बनाउन जुटेको आरटीआई कार्यकर्ता त कहिले म्यागासेस पुरस्कारबाट सम्मानित स्वयंमसेवीका रुपमा हुँदै आएको थियो । तर, भारतको…

Comments Off on ‘सेलीब्रीटी नेता’ केजरीवाल

युद्धको पृष्ठभूमि बनाउँदै माओवादी

नेकपा माओवादी आफ्नो कडा धारलाइ कार्यान्वयन गर्ने निश्चयमा पुगेको छ । संविधानसभा निर्वाचन बहिष्कार गरी गोलमेच सम्मेलनबाटै राजनीतिक निकास खोजिनुपर्ने अडान राख्दै आएको नेकपा माओवादीले पार्टी सचिव नेत्रविक्रम चन्द विप्लवको लाइन पारित गर्दै ‘गर की मर’ भन्ने नीति लिने भएको छ । राजधानीमा सम्पन्न तेस्रो विस्तारित बैठकको निर्णयबाट नेकपा–माओवादी यस्तो अवस्थामा पुगेको हो । विप्लवले पार्टी विभाजन भएदेखि नै मुलुकका…

Comments Off on युद्धको पृष्ठभूमि बनाउँदै माओवादी

दिल्लीमा तहल्का मच्चाउने केजरीवाल को हुन् ?

भारतमा हालै सम्पन्न नयाँदिल्ली विधानसभा निर्वाचनमा नयाँदिल्लीकी मुख्यमन्त्री तथा भारतीय कांग्रेस आईकी उम्मेदवार शिला दीक्षितलाई हराएपछि भारतीय मिडियामा नवगठित आम आद्मी पार्टीका नेता अरबिन्द केजरीवालको चर्चा चुलिएको छ । तर, केजरीवालको चर्चा अहिले आएर चुलिएको होइन । अन्ना हजारेसँगको सहयात्रादेखि मतभेदसम्मका प्रशंगमा पनि केजरीवालको चर्चा व्यापक हुन्थ्यो । विधानसभा निर्वाचनमा चुनिएपछि केजरीवालले भारतीय राजनीतिमा क्रान्ति सुरु भएको बताएका छन् ।…

Comments Off on दिल्लीमा तहल्का मच्चाउने केजरीवाल को हुन् ?

प्रकाशमानको मतदाता सम्पर्क कार्यालय खुल्यो,गगन थापाले चाबहिलमा खोल्दै

नेपाली काँग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र न १ बाट विजयी सभासद् प्रकाशमान सिंहले आजदेखी मतदाता सम्पर्क कार्यालय सञ्चालन गर्नुभएको छ । काठमाडौंको बिजुली बजारमा रहेको सम्पर्क कार्यालय सिंहले आज उद्घाटन गर्नुभयो । सो कार्यालयमा आफ्नो क्षेत्रका मतदाताहरुसंग नियमित भेटघाट, सम्पर्क र गुनासोहरु सुन्न आफू स्वंय उपलब्ध हुने सिंहले जानकारी दिनुभयो । विकास निर्माणदेखी अन्य राजनीतिक कामहरु लिएर आफूलाई भेट्न सर्वसाधारणहरु…

Comments Off on प्रकाशमानको मतदाता सम्पर्क कार्यालय खुल्यो,गगन थापाले चाबहिलमा खोल्दै

युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनी माओवादी

युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनीले आफू माओवादी पार्टीको सदस्य भएको बताएकी छन् । बेल्जियमका पूर्व प्रधानमन्त्री हर्मन भान रोम्पोइ र उनका भाइ क्रिश्चियन डेमोक्रेट हुन् । युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनी टिने भान रोम्पोइले बेल्जियमको माओवादी पार्टी PVDA को पूर्णकालिन सदस्यता लिएको र वैतनिक सदस्यको रूपमा काम गरीरहेको कुरा यहाँको ‘द जोनदाख’ नामक साप्ताहिक पत्रिकालाई बताएकी…

Comments Off on युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनी माओवादी

काँग्रेसबाट प्रधानमन्त्री को ?

संविधान सभाको दोस्रो ठूलो दल नेकपा एमालेले नेका सभापति सुशील कोइरालासँग सरकार गठनको पहल गर्न अनुरोध गरे पनि को प्रधानमन्त्री हुने भन्ने कुरा अझै प्रष्ट भएको छैन । विजेता पार्टीको सभापतिसँग एमालेको सो अनुरोध स्वाभाविक होला, तर काँग्रेसमा विधानतः सँसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने हो । र सँसदीय दलको नेताको चयन नभइसकेको अवस्थामा स्थिति अझै तरल छ । तसर्थ,…

Comments Off on काँग्रेसबाट प्रधानमन्त्री को ?

शुभेच्छुकको नजरमा एमाओवादी हारका कारणहरू

एक शुभेच्छुकले एमाओवादी हारका १२ कारणहरू यसरी व्यक्त गरेका छन्- १. नेतृत्व शक्तिकेन्द्रको प्रभावमा फस्नु । खिलराजलाई सरकार प्रमुख बनाउने कुरा पार्टी पंक्तिमा छलफल नभइकन एकाएक हेटौंडामा प्रस्ताव गरियो । यो योजना कटुवाल प्रकरणपछि केही शक्तिकेन्द्रहरुले बनाइसकेका थिए । नेतृत्वले यो कुरा बुझ्न सकेन । मनोगत ढंगले निर्णय भयो । २. पार्टीलाई भर्तिकेन्द्र बनाइनु । पार्टी ठूलो बनाउने नाममा दुःख…

Comments Off on शुभेच्छुकको नजरमा एमाओवादी हारका कारणहरू

राष्ट्रपति र राजदूतहरुको प्रचण्डलाई मनाउने प्रयास

राष्ट्रपति रामवरण यादवदेखि भारतिय र युरोपेली राजदूतहरूले एमाओवादी अध्यक्ष प्रचण्डलाई चुनावको परिणामलाई क्षणिक आवेगमा नहेरेर परिणाम स्वीकार गर्न आग्रह गरेका छन् । 'तपाई राष्ट्रिय राजनीतिको एक मुख्य खेलाडि हो। त्यस नाताले समग्र राजनीतिक प्रकृयालाई टुङगोमा पुर्‍याउने जिम्मा तँपाइ कै हो,' राष्ट्रपतिलाई उदृत गर्दै उनका प्रवक्ता राजेन्द्र दाहालले भने। छलफलको अन्तिममा प्रचण्डले भने, 'म प्रक्रियाबाट बाहिर जान्न।' तर कस्तो भूमिका निभाउने…

Comments Off on राष्ट्रपति र राजदूतहरुको प्रचण्डलाई मनाउने प्रयास

एमाओवादी बहिष्कारले उब्जाउने नयाँ चलखेल

भनिन्छ- एक पटकको संविधान सभाले संविधान नबनाएपछि दोस्रो संविधान सभा कुनै देशमा सफल भएको छैन । दोस्रो संविधान सभाका निम्ति खिरारे सरकार स्थापित गरियो, र चुनाव हुने नहुने शंकैशंका रहे पनि अन्ततः निर्वाचन सम्पन्न भयो । तर एमाओवादीले परिणाम स्वीकार गर्न अनिच्छा व्यक्त गर्दै संविधान सभामा भाग नलिने धम्की दिएपछि देश-विदेशमा अनिश्चयको बादलले ढाकेको छ । एमाओवादीले भाग नलिएमा संविधान…

Comments Off on एमाओवादी बहिष्कारले उब्जाउने नयाँ चलखेल

फेसबुके चुनाव

समयको परिवर्तनसँगै निर्वाचन प्रचारप्रसारको तौरतरिकामा पनि परिवर्तन आएको छ। समयको परिवर्तनसँगै विज्ञान प्रविधिको उच्चतम विकास भएको सन्दर्भमा परम्परागत तरिकाले गरिने चुनाव प्रचारको तरिकामा समेत परिवर्तन देखिएको हो। विगतमा पर्चा, पम्पलेट, तुल, व्यानरमा सीमित भएका राजनीतिक दलहरूले यतिबेला विभिन्न सामाजिक सञ्जालमा डेरा जमाएका छन्। सामाजिक सञ्जालमा यतिखेर राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचन प्रचारप्रसार गर्ने साधन मात्रै बनाएका छैनन् अभिव्यक्तिको प्रमुख…

Comments Off on फेसबुके चुनाव