स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत…

Comments Off on स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे । सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।…

Comments Off on संस्कृत विद्याश्रम भवनको शिलान्यास

चलचित्र प्रदर्शन पूर्व राष्ट्रिय गानको धुन बजाउन निर्देशन

नेपाल चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन सुरु हुनु अघि राष्ट्रिय गानको धुन बजाउन निर्देशन जारी गरेको छ । बोर्डले विज्ञप्ति जारी गरी १५ दिनभित्र नियम लागू हुने जानकारी दिएको छ । विज्ञप्तिमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले राष्ट्रिय एकताको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिनुका छन । “नेपाली, हिन्दी र अङ्ग्रेजी सबै चलचित्रको प्रदर्शनपूर्व अनिवार्य राष्ट्रिय गीत…

Comments Off on चलचित्र प्रदर्शन पूर्व राष्ट्रिय गानको धुन बजाउन निर्देशन

आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

बेल्जियम र युरोपियन युनियनको राजधानी ब्रसेल्समा सरकारले ‘खतराको उच्चतम स्तर’ घोषणा गर्दै जनतालाई सतर्कता अपनाउन भनेको छ । प्रधानमन्त्री र गृहमन्त्रीले स्थिति ‘गंभिर तर नियन्त्रण‘ मा रहेको टिप्पणी गर्दै सबै खालका जमघट वा भेलाबाट टाढा रहन आग्रह गरेका छन् । 'गुप्तचरहरूबाट खतराको समाचारहरू आएका र जनतालाइ सूचित गर्नु' आवश्यक भएको बताइएको छ । सुरक्षा चेतावनी सँगै यहाँका सबै खाले सार्वजनिक…

Comments Off on आतंकवादको खतरा : ब्रसेल्स लगभग बन्द

सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

पर्वत जिल्लाका तीन कृषकलाई राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कारबाट बुधबार पुरस्कृत गरिएको छ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले पुरस्कृत गरेकामा शालिजा गाविसका सुन्तला उत्पादक नरु पाइजा, कुस्मा नगरपालिकाका बङ्गुरपालक प्रेमबहादुर गुरुङ र कार्कीनेटा गाविसका कफी उत्पादक भवानीप्रसाद शर्मा रहेका छन । पुरस्कृत कृषकलाई जनही रु १० हजार, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो । पैँतीसौँ विश्व…

Comments Off on सुन्तला, बङ्गुर र कफी कृषकलाई राष्ट्रपति पुरस्कार

बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

कात्तिक कृष्ण औँसीका दिन बुधवार साँझ दीपावलीसाथ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी मनाइँदैछ । यो दिन दीपावलीसहित खुसियाली मनाउने चलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार स्थिर लग्न र प्रदोशकालमा लक्ष्मीको आराधना गरेमा वर्षभरि घरमा लक्ष्मीको वास भई धनधान्य पूर्ण हुन्छ । डा. सिटौलाका अनुसार बुधबार साँझ ५ः२७ देखि ७ः२३ बजे र राति ११ः५७ देखि २ः१४ बजेको समय क्रमशः…

Comments Off on बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

सक्कली नक्कली छुट्याउनै गार्ह्यो

सिस्नु पानी नेपालले आयोजना गरेको देउसीभैलोमा सिताराम कट्टेल (धुर्मुस) लाई देखेर प्रधानमन्त्री केपी ओली छक्क । 

Comments Off on सक्कली नक्कली छुट्याउनै गार्ह्यो

विजयादशमी, तस्विरमा बेल्जियम

बिहिबार बेल्जियमका  हिन्दू धर्मालवमी नेपालीहरुले आफ्नो महान चाड दशैं मनाए। फेसबुकका भित्ताहरू पनि दशैमा टिका ग्रहण गरेका फोटोहरुले रंगिए। पछिल्लो समय आफ्ना बाआमालाई पर्यटक भिषामा बेल्जियम बोलाएर चाडपर्व मनाउने क्रम बढ्दै गएको छ । बहुसांस्कृतिक देश भएकाले यस किसिमका पर्वहरुमा भिषा समेत अलि सहज किसिमले दिने भएकाले आफुहरु नेपाल जानुभन्दा पनि आफ्ना बाआमालाई यहाँ बोलाएर चाडपर्व मनाउने क्रममा बृद्धि भएको होे…

Comments Off on विजयादशमी, तस्विरमा बेल्जियम

आज युरोपमा समय परिवर्तन हुने

आज शनिवारको रात बित्दै गर्दा युरोपमा समय परिवर्तन हुँदै छ । जसअनुसार एक घण्टा बढी सुत्न पाइनेछ । राती ३ बज्दा घडीको सुइ उल्टो घुमाएर २ मात्र बनाउनुपर्नेछ । इन्टरनेट वा तरङ्ग संकेतसँग समायोजन गरिएका घडी आफै सच्चिन्छन् भने अन्य परम्परागत घडीहरू आफैले सच्याउनुपर्छ । जाडो यामको समयअनुसार अक्टोबर २५ मा समय परिवर्तन हुन्छ ।

Comments Off on आज युरोपमा समय परिवर्तन हुने

पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

भूकम्पपछि नेपाल घुम्न आएका पर्यटकले प्रचारमा आएजस्तो नेपालको पर्यटकीय सौन्दर्य नगुमेको र अझै सुरक्षित गन्तव्यस्थल भएको धारणा राखेका छन् । अस्टे«लियाका फोटोग्राफर वेनिजी सान्टमेरियाले भुइँचालोपछि नेपालका मुख्य पर्यटकीय क्षेत्र घुमघाम गर्न सुरक्षित रहेको अनुभव सङ्गाल्नुभएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रामार्गमा पर्ने घोरेपानी घान्द्रुक हिमाली क्षेत्रको एकहप्ते पदयात्रापछि पर्यटकीय नगरी पोखरा, भक्तपुर र काठमाडौँका प्रमुख पर्यटकीयस्थल घुमेका सान्टमेरियाले नेपाल पर्यटकका लागि…

Comments Off on पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

  यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

Comments Off on यु -१९ क्रिकेट टोली स्वेदश फर्कने क्रममा शुक्रवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

१४ बर्षिय बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

ललितपुर उपमहागरपालिका १४ ढोलाहिटीमा घरमा काम गर्न राखेको १४ बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा  घरबेटी भरत कार्की र उनका  सालो उमेश खत्रीलाई सातदोबाटो प्रहरीले पक्राउ गरेको छ । ललितपुर नख्खुमा बस्दै आएका खत्रीलाई बेलाबेलामा दिदीको घरमा जादा बालिकालाई ललाइफकाई गरेर पटक पटक बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।। खत्रीको स्थायी ठेगाना मोरङ भएको र दिदी भिनाजुको घरमा काम…

Comments Off on १४ बर्षिय बालिका बलात्कार अभियोगमा दुईजना पक्राउ

एनआरएन अध्यक्षमा शेष घले पुनः निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पुनः शेष घले निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा प्रत्यासी टेकबहादुर (टीबी) कार्कीलाई ६०१ को अन्तरले हराउदै घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ८६७ मत पाएका छन् भने कार्कीले २६६ मत पाएका छन् । उपाध्यक्षमा कुमार पन्त र भवन भट्ट निर्वाचित भएका छन् । पन्तले ५३८ र भट्टले ५१२ मत पाएका छन्…

Comments Off on एनआरएन अध्यक्षमा शेष घले पुनः निर्वाचित

नवरात्रको महत्त्व

रामप्रसाद धिताल, नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने रूपमा दशैं मनाउने गरिन्छ । यसैगरी भारत, भुटान र बर्मालगायतका स्थानमा रहेका नेपाली मूलकाले पनि दशैं मनाउँछन् ।छिमेकी मुलुक भारतमा पनि दशहराको रूपमा यो चाड मनाइन्छ । उनीहरू शक्तिपीठको दर्शन, सप्तशती…

Comments Off on नवरात्रको महत्त्व

आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल

नेपाली बालक आदित्य दाहालको उपचारमा संलग्न अमेरिकी डाक्टरहरु रोग पहिचान गर्न असफल भएका छन्। उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा स्वास्थ्य अनुसन्धान भैरहेको छ। उपचारको क्रममा केहि सुधारका लक्षणहरु देखिएको बताइएको छ। उनको गत ११ श्रावणदेखि स्वास्थ्य अनुसन्धान जारी छ । वरिष्ठ न्यूरोलोजिस्ट किथ भान हारेको टोलीले टोलीले थुप्रै परिक्षणहरु गरिसक्दा पनि उनको शारिरीक दुर्वलताको कारण पत्ता लगाउन सकेको छैन ।…

Comments Off on आदित्यको रोग पहिचान गर्न अमेरिकी डाक्टर असफल