धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ । ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा बढी काठमाडाैं र त्यतिकै सङ्ख्यामा केरुङतर्फ जाने गरेको छ । अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोल कपडा, जुत्ता चप्पल, विद्युतीय समेतका सामग्री आयात हुने गरेको बताइएको…

Comments Off on धुन्चे-केरूङ नाका ब्यस्त हुन थाल्यो

पाथीभरामा पर्यटक बढे

पूर्वको धार्मिक शक्तिपिठ तथा पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो वर्ष सबैभन्दा धेरै धार्मिक पर्यटक आएका छन् । गर्त वर्षको भूकम्पले थिलथिलो बनेको पूर्वी पहाडको पर्यटन क्षेत्र पाथीभरा मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको वृद्धिसँगै तंग्रिएको छ । बन्द भएका दर्जनौं होटलहरू पुनः सञ्चालनमा आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईका अनुसार पाथीभराको दर्शनका…

Comments Off on पाथीभरामा पर्यटक बढे

कोहिनुर हिरा कसको ?

विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ । अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले कोहिनुरमा आफ्नो दावी नै प्रस्तुत गर्न नसक्ने कुरा औंल्याएको छ । जवाफमा भारतीय सरकारले बेलायतद्धारा कोहिनुर हिरामाथि जवर्जस्ती कब्जा पनि नगरिएको तथा चोरी पनि नगरिएका…

Comments Off on कोहिनुर हिरा कसको ?

‘पानामा पेपर्स’ प्रकरणमा अख्तियारद्धारा छानबिन शुरु

संसार हल्लाएको पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । सो प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले चासो देखाएको हो । आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताउनुभयो…

Comments Off on ‘पानामा पेपर्स’ प्रकरणमा अख्तियारद्धारा छानबिन शुरु

बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

बेल्जियमको लुभेनमा आइतवार आठौं नेपाल महोत्सव सम्पन्न भयो। एनआरएन बेल्जियमको आयोजनामा भएको महोत्सवमा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाहरुले सहयोग गरेका थिए। बिहान एघार बजे नौमती बाजागाजा सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेल, बेल्जियमका पूर्व गृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक,  एनआरएन अध्यक्ष शेष घलेका साथै बेल्जियमका विभिन्न राजनीतिक दलका नेता एंव सांसद…

Comments Off on बेल्जियममा नेपाल महोत्सव मनाइयो (फोटो फिचर)

को को भए मिस नेपाल

शुक्रबार राति  २२ औ मिस नेपालको घोषणा गरिएको छ । चितवनकि अश्मी श्रेष्ठले  ‘मिस नेपाल वल्र्ड –१६’  को उपाधि जितिन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भए । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा…

Comments Off on को को भए मिस नेपाल

नेवाः पत्रकारमा नातिकाजी

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, सहसचिवमा सुषमा महर्जन र कोषाध्यक्षमा सानुकाजी महर्जन रहेका छन  । त्यसैगरी सो अधिवेशनले १४ सदस्यसमेत निर्वाचित गरेको छ ।

Comments Off on नेवाः पत्रकारमा नातिकाजी

को हुन मानव तस्कर ?

- महेन्द्र पौडेल यसको परिभाषाः ‘तस्कर’ कुनै अबैध चिज ओसारपसारलाई भनिन्छ । नेपालमा तस्कर हुने चिजहरु जडिबुटी, मानव अंग साथै नेपाल सरकारले प्रतिवन्धित गरेका बस्तुहरु भन्ने जनाउँछ । हाम्रो नेपाली परिभाषामा मानव तस्कर होइन मानव ओसारपसार भन्दा उपयुक्त हुन्छ । जसलाई नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बनाएको हो । कुनैपनि उदेश्यले मानिस बेच्ने वा किन्ने, फाइदा…

Comments Off on को हुन मानव तस्कर ?

हातेकागजमा म्याग्दी उत्कृष्ट

देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाडौँमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान हासिल गरेको हो । आइतबार सम्पन्न ६ दिने प्रदर्शनीमा ७३ जिल्ला र काठमाडौँ उत्पत्यकाका उद्यमीको सहभागिता रहेको थियो । प्रथम भएको कागज उद्योगलाई विभागले रु…

Comments Off on हातेकागजमा म्याग्दी उत्कृष्ट

प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् ।…

Comments Off on प्रचण्डकी बुहारीको एमाओबदी बैठकमा बिलौना

नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गैरआवासीय…

Comments Off on नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथ चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने बताइएको छ । कलर्स सँग दुश्मनी बढेपछि कपिल शर्माकाे ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएको थियो । यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर…

Comments Off on कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ सामाजिक वर्ष व्यक्ति युरोप २०१६ बाट सम्मानित भएका छन। कलाकारिता सम्वन्धि एक संस्थाले युरोपेली नेपाली समुदाय रहेर नेपाली समुदायका विभिन्न गतिबिधि एंव नेपाल प्रवर्द्धनमा बिशेष योगदान पुर्याएवापत श्रेष्ठलाई उक्त पुरस्कारले सम्मान गरेको हो। सामाजिक वर्ष व्यक्ति सम्मानले सामाजिक भूमिकामा जिम्वेवारी थपिएको श्रेष्ठले बताए। झन्डै डेढदशक देखि बेल्जियममा बसोवास गर्दै आएका…

Comments Off on श्रेष्ठ सामाजिक वर्ष व्यक्ति २०१६