नेपाली धर्मपुत्री ल्याउन नदिँदा बेल्जियममा विवाद

एक बेल्जियन महिला र उनको नेपाली प्रेमीले नेपालबाट बेल्जियम ल्याउन खोजेको धर्मपुत्रीलाई यहाँको सरकारले अनुमति दिएन । यो समाचारले बेल्जियममा सनसनी फैलाएको छ । बेल्जियमको फ्रेन्चभाषी सरकारी टिभी च्यानल RTBF ले महत्वका साथ दिएको समाचारमा भनेको छ – ‘या त बेल्जियन आमा बच्चीसँग नेपाल मै बस्नु पर्ने भयो, वा छोरीलाई अनाथालयमा छोडेर स्वदेश आउनु पर्ने भयो ।‘ बेल्जियमको ब्रुज सहरका…

Comments Off on नेपाली धर्मपुत्री ल्याउन नदिँदा बेल्जियममा विवाद

‘बेबी किङ’ को नयाँ फोटो !

कुनै बेला नेपाली राजपरिवारमा गद्दीका दोस्रो उत्तराधिकारी थिए ज्ञानेन्द्रका नाती र पारसका छोरा - हृदयेन्द्र । ज्ञानेन्द्रको विरूद्धमा जनमत र पारस बदनाम हुँदा 'बेबी किङ' का रुपमा खुब चर्चा पाएका थिए हृदेयेन्द्र शाहले । राजनीतिको एक बिन्दूमा गिरिजाले हृदयेन्द्रलाइ  'बेबी किङ'  बनाएर राजतन्त्र जोगाउन सकिनेसम्मको विचार व्यक्त गरेका थिए । ज्ञानेन्द्रले सो अफर मानेनन्, र अन्ततः  नेपालमा राजतन्त्रको अन्त भयो । 'बेबी किङ'…

Comments Off on ‘बेबी किङ’ को नयाँ फोटो !

२४ बर्षको छँदा लाहुर गएका श्रीमानसँग ५२ वर्षपछि भेट

५२ वर्षपछि श्रीमान-श्रीमतिको भेट हुने अपत्यारिलो घटना गुल्मीमा घटेको छ । नेपाली समाजको यो एक चाखलाग्दो तस्वीर मेरो दिमागमा झल्झल्ती रहेको छ । गुल्मी हाडहाडे ५ कि चन्द्रिका श्रीस दंग भइन् । पैसा कमाउन लाहुर जान्छु भन्दै यौवन अवस्थामै छोडेर विदेश गएका पति किमबहादुर श्रीस झण्डै ५२ बर्षपछि घर आएपछि उनको हर्षको सीमा नरहेको हो । 'राम्ररी बस्नु, आफ्नो र…

Comments Off on २४ बर्षको छँदा लाहुर गएका श्रीमानसँग ५२ वर्षपछि भेट

दीपिका बलिउडमा सबैभन्दा महङ्गी नायिका

पछिल्लो समय निकै हिट चलचित्रहरू दिएपछि नायिका दीपिका पादुकोण बलिउडमा सबैभन्दा बढि कमाउने नायिका बनेकी छन् । बलिउडको १०० करोडको क्लबमा उनको चार चलचित्रहरू समाबेस भएपछि यी नायिकाको सफलताले शिखर चुमेको छ । दीपिकाको अधिकांश चलचित्र व्यावसायिक रुपमा समेत सफल भइरहेको छ । यी नायिका अभिनीत चलचित्रहरू ककटेल, रेस २, ये जवानी हे दिवानी, चेन्नाई एक्सप्रेस, र पछिल्लो चलचित्र रामलीलाले…

Comments Off on दीपिका बलिउडमा सबैभन्दा महङ्गी नायिका

आतंक मच्चाउने बाघलाई ५ हात्ति लगाएर नियन्त्रण

विगत केहि दिनदेखि चितवनको माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघलाइ ५ हात्तिहरूसहितको टोलीले नियन्त्रणमा ल्याएको छ। सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुञ्जलाई दवाव दिईएको थियो। चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण टोलीमा विशेषज्ञ, चिकित्सक तथा संरक्षणकर्मीहरु गरि २८ जना रहेका थिए। आइतवार दिउंसो…

Comments Off on आतंक मच्चाउने बाघलाई ५ हात्ति लगाएर नियन्त्रण

फिरन्ते राउटेका तिन मुखिया

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले नयाँ मुखिया चयन गरेका छन्। सुर्खेतको साटाखानी–१ पीपलटाकुरामा बस्दै आएका राउटे समुदायले पहिलो पटक नयाँ परम्पराअनुसार शुक्रबार मुखिया चयन गरेका हुन्। पहिलो पटक राउटे समुदायका तीनवटै गोत्रबाट तीन समानान्तर मुखिया चयन भएका हुन्। राउटे समुदायमा रास्कोटी शाहीको बाहुल्यता भएकाले पहिलो मुखियामा सूर्यनारायण शाही (रास्कोटी) चयन भएका हुन्। १ सय ४३ जनसंख्यामध्ये रास्कोटीको ७०…

Comments Off on फिरन्ते राउटेका तिन मुखिया

मदन भण्डारीका हत्यारा भनिएका अमर लामाको परिवार बस्ने घर

अर्ब खाएर अमर लामाले मदन भण्डारीलाई मार्‍यो भन्छन् । दुर्घटनाका एकमात्र जीवित साक्षी लामाको २०६० साउन ११ गते कीर्तिपुरमा रहस्यमय हत्या भयो । २०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । ड्राइभरले प्रशस्त पैसा खाएर मिलिमतोमा हत्या गरिएको आरोप लगाइयो । २० वर्षपछि, अमर…

Comments Off on मदन भण्डारीका हत्यारा भनिएका अमर लामाको परिवार बस्ने घर

पहिलो नतिजा मनाङको, काठमान्डु-१० बाट काँग्रेसका राजन के.सी. निर्वाचित, प्रचण्ड पराजित

संविधानसभा- २ को पहिलो नतिजा हिमालपारिको जिल्ला मनाङबाट घोषित भएको छ । र त्यहाँ काँग्रेसले खाता खोलेको छ । कांग्रेसका टेकबहादुर गुरुङ १५२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल गुरुङले ११९२ मत पाए भने राप्रपा नेपालका भुजुङ गुरुङ ५६२ मतसहित तेस्रो भए । एमाओवादीका कपिल लामाले २६१ र एमालेका छिरिङ लोप्साङ गुरुङले ६० मत पाए…

Comments Off on पहिलो नतिजा मनाङको, काठमान्डु-१० बाट काँग्रेसका राजन के.सी. निर्वाचित, प्रचण्ड पराजित

मतगणना रोकिंदैन: प्रमुख आयुक्त, आयोग र एमाओवादीको पत्रकार सम्मेलन

केन्द्रीय कार्यालयले गरेको निर्णय भन्दै सिन्धुपाल्चोकमा रहेका एमाओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा मध्यरातपछि जारी विज्ञप्तिमा निर्वाचनमा षडयन्त्र र चलखेल भएको भन्दै देशभर मतगणना रोक्न माग गरिएको छ । करिब आधा मतगणना भइसकेको र एमाओवादी अधिकांश क्षेत्रमा पछि परेको अवस्थामा एमाओवादीको यस्तो विज्ञप्ति आएको हो । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले भने मतगणना नरोकिने हिमालखबरलाई बताएको सो वेब पत्रिकाले उल्लेख गरेको छ…

Comments Off on मतगणना रोकिंदैन: प्रमुख आयुक्त, आयोग र एमाओवादीको पत्रकार सम्मेलन

एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने : मत गणनामा प्रचण्ड र बाबुराम तेस्रा, नारायणकाजी दोस्रा

एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरेको छ । एकीकृत माओवादीको आकष्मिक बैठकले देशभरीकै मतगणना प्रतिनिधिलार्इ फिर्ता बोलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको केन्द्रीय हेडक्वाटरको बैठकले देशैभरका आफ्ना मतगणना प्रतिनिधि फिर्ता बोलाउने सो निर्णय गरेको हो । निर्वाचनमा धाँधली भएको जनाउँदै एमाओवादीको केन्द्रीय हेडक्वाटरको बैठकले सबै प्रगतिशिलहरू पराजित हुने चुनावबाट जनाधिकारप्राप्त संविधान नबन्ने जनाउँदै…

Comments Off on एमाओवादीले देशभर निर्वाचन प्रतिनिधि फिर्ता बोलाउने : मत गणनामा प्रचण्ड र बाबुराम तेस्रा, नारायणकाजी दोस्रा

चुनावी परिणामबारे देशी विदेशी गुप्तचरहरूको पूर्व अनुमान

दोस्रो संविधानसभाको चुनावमा देशी-विदेशी पूर्वानुमानमा नेपाली काँग्रेसले एमाओवादीलाइ उछिन्ने रिपोर्ट निकालेको बताइन्छ । दोस्रो संविधानसभाको परिणाम कुर्न अब धेरै समय बाँकी छैन । तर, चुनावअघि नै परिणामबारे आँकलन गर्दै हिँडेका केही विदेशी शक्तिहरुले आ-आफ्ना ‘प्रि इलेक्सन एनालाइसिस’ तयार पारेका छन् । नेपालभित्रैबाट सुरक्षा निकायले निर्वाचनसम्बन्धी पूर्वानुमान रिपोर्ट तयार पारेको छ । यूरोपेली युनियन एवं अमेरिकी विश्लेषकहरु विभिन्न जिल्लाको चुनावी आँकलन…

Comments Off on चुनावी परिणामबारे देशी विदेशी गुप्तचरहरूको पूर्व अनुमान

हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माण कार्य सुरु

हेटौँडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माणको काम आजदेखि सुरु भएको छ। मकवानपुरको भीमफेदीबाट सुरुङमार्ग निर्माणको काम सुरु गरिएको हो । दुईवटा एक्साभेटरले काम सुरु गरेको छ भने अरु एक्साभेटर चुनावपछि थपिने नेपाल पूर्वाधार विकास कम्पनीका सिद्धिलाल श्रेष्ठले बताउनुभयो। यो सुरुङमार्ग देशकै पहिलो सुरुङमार्ग हो । यसको निर्माणपछि काठमाडौँदेखि हेटौँडासम्म ५६ किलोमिटरको दूरी डेढ घन्टामै पूरा गर्न सकिनेछ। अहिले काठमाडौँबाट हेटौँडा पुग्न त्रिभुवन…

Comments Off on हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माण कार्य सुरु

साउदीमा धरपकड शुरु, नेपालीहरुले पाए सास्ती

आममाफीको समायावधि सकिएको तेश्रो दिन ११,७५६ आप्रवासीहरुलाई साउदी प्रहरीले पक्राउ गरेको समाचार अरवन्युजले जनाएको छ। पक्राउ परेकाहरुमा सयौं नेपालीसमेत छन्। यहाँको जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दमामको सिको गार्डेनबाट मात्रै ५ सय बढीलाई पक्राउ गरेको र त्यहाँ पक्राउ परेकामा १ सय ५० जना भन्दा बढी नेपालीहरु रहेका छन्। यसरी पक्राउ पर्नेहरुमा साउदीका विभिन्न शहरहरुबाट एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने…

Comments Off on साउदीमा धरपकड शुरु, नेपालीहरुले पाए सास्ती

ब्रिटिस गोरखाका पूर्व सैनिकहरु रिले अनसनमा

बेलायती सहकर्मी सरह पेन्सन पाउनुपर्ने लगायत ५ सुत्रिय माग राखेर पूर्व ब्रिटिस गोरखा सैनिकहरुले आज लैनचौर स्थित बेलायती दुतावास अगाडि रिले अनसनमा बसेका छन् । उनीहरुले जगेडा पेन्सन पाउनु पर्ने, स्वास्थ्य उपचार सुविधा पाउनुपर्ने र १८ वर्ष माथिका आश्रित छोराछरीहरुले आवासीय भीषा पाउनुपर्ने माग राखेर रिले अनसनमा बसेका हुन । पटक,पटक आफ्ना मागको बारेमा ध्यानाकर्षण गराउँदा समेत बेलायत सरकारले कुनै…

Comments Off on ब्रिटिस गोरखाका पूर्व सैनिकहरु रिले अनसनमा

यो आइतवार युरोपेली समय बदलिने

हरेक साल अक्टोबर महिनाको अन्तिम आइतवार युरोपमा शीतकालिन समय सच्याइन्छ । सोहीअनुसार यो आइतवार (शनीवार र आइतवारबिचको राती) समय परिवर्तन हुन्छ । जसअनुसार, ब्रस्रेल्स, पेरिस र बर्लिनमा रातको ३ बज्दा घडीको सुइ घुमाएर २ बनाउनुपर्ने हुन्छ, अर्थात एक घण्टा बढी सुत्न पाइन्छ । यसैबिच, शीतकालिन समय सच्याइँदा दुर्घटना ज्यादा हुने तथ्याङ्क बेल्जियमको रोड सुरक्षासम्बन्धि विभागले सार्वजनिक गरेको छ । रात…

Comments Off on यो आइतवार युरोपेली समय बदलिने