बेल्जियन राजाले गद्दी त्यागे

बेल्जियन राजा अल्बर्ट द्वीतीयले राजगद्दी त्यागको घोषणा गरेका छन् । बुधवार टेलिभिजनमा सम्बोधन गर्दै ७९ वर्षिय राजा अल्बर्टले जेठो छोरा फिलिपलाई आगामी जुलाइ २१ गते बेल्जियमको राष्ट्रिय दिवसका दिन राजा बनाउने गरी राजगद्दी त्याग्ने निर्णय गरेको जनतालाई जानकारी गराए । २० वर्ष राजगद्दीमा रहेका राजा अल्बर्टले स्वास्थ्यको कारणले गद्दी त्याग गर्ने इच्छा व्यक्त गरेका हुन् । उनका दाजु राजा बउदिन…

Comments Off on बेल्जियन राजाले गद्दी त्यागे

‘अमेरिकन ग्रिनकार्ड’ को घुम्टोमा छोपिँदा …

चर्चित गायक यम बराल शुक्रबार बिहान जुवा खेल्दै गरेको अवस्थामा मल्ल होटलको क्यासिनोबाट पक्राउ परेका छन् । ठमेलको लैनचौरस्थित मल्ल होटेलको क्यासिनोबाट गायक बराल बिहान तीन बजे पक्राउ परेको महानगरीय प्रहरी प्रभाग दरबार मार्गका निरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । गायक बराल आफू अमेरिकन नागरिक भएको भन्दै ‘अमेरिकाको ग्रिनकार्ड’ देखाएर क्यासिनो प्रवेश गरेका थिए । नेपाली नागरिकता त्याग नगरेका गायक बरालले…

Comments Off on ‘अमेरिकन ग्रिनकार्ड’ को घुम्टोमा छोपिँदा …

नेपाल ठूला बाढीको चपेटामा पर्ने जापानी आशंका

नेपाल लगायत भारत, चीन, दक्षिण पूर्वी एशिया, पुर्वी अफ्रिका र दक्षिण अमेरिकाको उत्तरी भागका देशहरु विश्वमा बढिरहेको कार्वन निस्किने प्रकृयाका कारण ठुलो बाढीको चपेटमा पर्न सक्ने जापानस्थित टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ। उक्त अध्य्यनमा सन् १९७० देखि सन् २१०० सम्मको समयलाई लिईएको हो। यो अनुमान ११ वटा ग्रिनहाउसको मोडलको आधारमा गरिएको पनि उक्त अध्ययनले देखाएको छ। यदि तापमान…

Comments Off on नेपाल ठूला बाढीको चपेटामा पर्ने जापानी आशंका

वैदेशिक रोजगारी ठगी किन घट्दैन ?

वैदेशिक रोजगारीमा ठगिने क्रम अत्यधीक भए पनि अधिकांश शिक्षित वर्गलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा छैन । युरोपियन युनियन र युएन ओमनको सहयोगमा मानवअधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) ले १५ जिल्लाका गरेको अध्ययनका क्रममा ७० प्रतिशतलाई ठगीको उजुरी गर्ने निकायबारे थाहा नभएको तथ्य सार्वजनिक भएको हो । पिपुल्स फोरमका अनुसार ठगी निकायबारे २० दशमलव ५ प्रतिशतले निकायबारे थाहा नभएको तथा…

Comments Off on वैदेशिक रोजगारी ठगी किन घट्दैन ?

दिल्लीमा चकचके भाइ र महान जोश

प्रचण्डको छिमेक भ्रमणले नेपाली राजनीति र संचार जगतमा जोडले छाल ल्याइदिएको छ । छिमेकी नेताहरूमा उनले कति छाप राखेका होलान् भन्ने कुरालाई थाँति राखेर हेर्ने हो भने देशभित्र उनले प्रशस्त हल्लाखल्ला र चर्चा पाएका छन् । नेपालभित्रको गोर्खे राजनीतिक वातावरणमा पुनः एक पटक प्रचण्डले ‘शिर्ष राजनीतिक व्यक्तित्व’ को छवी उजागर गरेका छन् । परन्तु, भिमकाय छिमेकको कुटनीतिक सन्देशहरूलाई अध्ययन गर्दा…

Comments Off on दिल्लीमा चकचके भाइ र महान जोश

नेदरल्याण्डस् महारानी बेत्रिसले राजगद्दी त्याग्ने

नेदरल्याण्डस् की महारानी बेत्रिसले राजगद्दी आफ्नो जेठो छोरालाइ हस्तान्तरण गर्ने भएकी छन् । यसै अप्रिल महिनाको अन्तदेखि विलेम अलेक्जान्डर नेदरल्याण्डस् को राजा हुनेछन् । महारानी ब्रेत्रिस आफू ७५ वर्षको भएपछि राजगद्दी छोराको निम्ति त्याग गर्ने इच्छा राखेकी हुन् । यसैबीच निकट भविष्यका राजा विलेम र उनकी राजकुमारी माक्सीमाले दिएको टीभी अन्तर्वार्ता नेदरल्याण्डस् का एक तिहाइ जनसँख्याले हेरेको बताइएको छ ।…

Comments Off on नेदरल्याण्डस् महारानी बेत्रिसले राजगद्दी त्याग्ने

‘हनुमान’ राजदूतहरूलाई तालिमको खाँचो

पार्टीपिच्छेको परराष्ट्र नीति र पार्टीपिच्छेको राजदूत सिफारिस क्रम चलिरहेको नेपालको परराष्ट्र मन्त्रालयको हालत ब्यक्तिवादी हुँदै गएको छ। राजदूतले आफ्नो शिष्टाचार राख्न त परै जाओस्, लाजमर्दो रूपमा प्रस्तुत हुने र नियुक्ति दिलाउने आफ्नो नेताबाहेक अरूलाई नटेर्ने हुनथालेपछि पदलाई मर्यादीत बनाउन प्रष्ट नीति आउनैपर्ने भएको छ । राजनीतिक नियुक्ती गर्दा राजनीति शास्त्र, अर्थशास्त्र वा कानूनका ज्ञाता विशिष्ट ब्यक्तिहरूलाई गरिने अन्तर्राष्ट्रिय प्रचलन रहनेमा…

Comments Off on ‘हनुमान’ राजदूतहरूलाई तालिमको खाँचो

पश्चिमाहरु जनजातिलाई प्रोत्साहन दिंदै

समावेशीको नाममा नेपालको राजनीतिमा जातीयतालाई महत्व दिँदै आएका पश्चिमा मुलुकहरू संविधानसभाको विघटनपछि सुस्ताएका थिए। तर, पछिल्लो चुनावी सरकार बनेलगत्तै ती मुलुकहरूको कुटनीति फेरि सुरु भएको छ। गत चैत्र १५ गते नेपाल भ्रमणमा आएका अमेरिकाका पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका प्रमुख जिमी कार्टरदेखि डेनिस विकासमन्त्री क्रिस्टियन फ्रिससम्मले यही कुटनीति अनुरूप आफ्नो भ्रमणलाई उपयोग गरेका छन्। चुनावका सन्दर्भमा उनीहरूको एउटै मत रहेको छ–…

Comments Off on पश्चिमाहरु जनजातिलाई प्रोत्साहन दिंदै

जनजाति आन्दोलन र डायस्पोराबाट हैंसे

nepal villageलामो समयपछि एक पुराना मित्रसँग भेट भयो । हाम्रो पुरानो दोस्तीताका उनी निकै चल्तापुर्जा थिए, अहिले पनि उस्तै रहेछन् । उनको सोच भने बेस्करी फेरिएछ । उनी जातिवादी आन्दोलनमा लागेका रहेछन् । उनका थुप्रै तर्कहरू रमाइला लागे । मित्रको सोचन कला परिवर्तन भएकोले पनि रोमान्चित बनायो । उनका कथनका ३ तर्क यस्ता थिए-
१- पृथ्वीनारायण शाहले राज्य एकिकरणको नाममा अन्य जनजातिको पहिचान र सँस्कृतिमा धावा बोले ।
२- राज्यको हरेक निकायमा खस जातिको पहुँच र वर्चश्व छ । त्यसैले खस जाति शोषक हुन भने अन्य जातिहरु सबै शोषित छन ।
३- अन्य जनजातिले सकी नसकी/जानी नजानी खस भाषामा बोल्नु पर्छ,लेख्नु पर्छ । यो पनि शोषण हो । (more…)

Comments Off on जनजाति आन्दोलन र डायस्पोराबाट हैंसे

‘प्रकाशलाई भेट्नेबित्तिकै कारबाही’- शिवसेना नेपाल

prakash dahalबैंककस्थित अस्पतालमा उपचार गराइरहेका बेला पूर्वयुवराज पारस शाहको मृत्युको हल्ला फैलाउने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई शिवसेना नेपालले कारबाही गर्ने चेतावनी दिएको खुलासा भएको छ ।

शिवसेनाको चेतावनीपछि प्रकाशले माफी माग्दै पारसको मृत्युबारे आफ्नो फेसबुक वालमा लेखेको स्ट्याटस हटाएको थाहा भएको छ । आफूले भ्रामक स्ट्याटस लेख्नुको दोष उनले नेपाली सञ्चारमाध्यमलाई लगाएका थिए ।
प्रकाशले आफ्नो फेसबुक वालमा पारसको मृत्यु भएको जिकिर गर्दै श्रद्धाञ्जलीसमेत दिएका थिए । ‘पारस शाहप्रति हार्दिक श्रद्धाञ्जली । हिजो उनको उपचारका क्रममा मृत्यु भएको छ । मर्ने बेला पुलिसको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाउनुपरेको छ,’ अर्काकी श्रीमती भगाएर भारतमा बस्दै आएका प्रकाशले गत ११ फागुनको बिहान आफ्नो फेसबुक वालमा लेखेका थिए । (more…)

Comments Off on ‘प्रकाशलाई भेट्नेबित्तिकै कारबाही’- शिवसेना नेपाल

फ्रान्सेली सेनाले नेपाली मारे

सेन्ट्रल अफ्रिकन रिपब्लीकको विमानस्थल सुरक्षा गरिरहेका फ्रेन्च आर्मीले १ नेपाली र १ भारतियको हत्या गरेको कुरा फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ । फ्रेन्च सैनिकबाट गोली लागेर मारिएका नेपाली बाँके जिल्लाका २६ बषिर्य कर्णबहादुर रहेको खुल्नमा आएको छ । फ्रेन्च जनरल थिएरी बुरखारले गत सोमबार चाडका प्रहरीसँग कारमा आएका ती नेपाली र भारतिय नागरिकहरूलाइ रोक्ने चेतावनी दिंदा नरोकिएका दावी गरेका छन् ।…

Comments Off on फ्रान्सेली सेनाले नेपाली मारे

नयाँ राजदूतको चर्चा शुरू

Nepal Flagराजदूतसहितका संवैधानिक पदमा नियुक्ति गर्न सक्ने परिषद्को पूर्णतासँगै विभिन्न ७ स्थानमा रिक्त विशिष्ट कूटनीतिक पदमा नियुक्ति पाउन परराष्ट्रमा दौडधुप सुरु भएको छ । हाल न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि तथा भारत, थाइल्यान्ड, मलेसिया र इजिप्टमा राजदूत पद रिक्त छ । जर्मनीस्थित राजदूत पद आगामी असार मसान्तदेखि रिक्त हुँदै छ । आगामी माघदेखि श्रीलंका, कुवेत, वासिंटन, बेलायत र क्यानडामा समेत राजदूत पद रिक्त हुनेछ । काठमाडौंस्थित सार्क सचिवालयमा पनि आगामी वर्षबाट रिक्त हुने विशिष्ट कूटनीतिक तहको सदस्यसचिव पदमा नेपालले नियुक्ति गर्ने पालो छ । ‘परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले छिट्टै राजदूत नियुक्ति सुरु हुने संकेत दिनुभएको छ,’ मन्त्रालयमा विभागीय ‘बि्रफिङ’ थालेका मन्त्री घिमिरेसँगको भेटघाटपछि एक सहसचिवले भने । (more…)

Comments Off on नयाँ राजदूतको चर्चा शुरू

लडाकुलाई कर्णेल बन्न कठिन

nepali-sena-चार दलबीच सेनामा समायोजन भएका माओवादीका एक पूर्व लडाकुलाई महासेनानी (फुल कर्णेल) र दुई प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बनाउने सहमति भए पनि उक्त निर्णय कार्यान्वयन हुन निकै कठिन देखिएको छ। तत्काल नियुक्तिको त सम्भावनै छैन, प्रक्रिया सरासर अघि बढेमा दुई वर्षपछि पनि माओवादीले भनेकै लडाकुले ती पदहरू पाउने सम्भावना छैन।
चार राजनीतिक दलका बीचमा गत साता सम्पन्न सहमतिमा ‘सेनाको प्रचलित नियम, अभ्यास र मापदण्ड पूरा गरेपछि’ ती पद दिने उल्लेख छ। सैनिक स्रोतका अनुसार अहिले तालिमरत लडाकुले सैनिक नियम, अभ्यास र मापदण्ड पूरा गरेर कर्णेल पाउने सम्भावना न्यून छ। बुधबारको सम्पर्कमा आएका एक उच्च सैनिक अधिकारीका अनुसार छिट्टै भएमा पनि उक्त निर्णय कार्यान्वयन गर्न दुई वर्ष लाग्नेछ। (more…)

Comments Off on लडाकुलाई कर्णेल बन्न कठिन

आप्पा शेर्पालाई अमेरिकी डक्टरेट

२१ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर विश्व कीर्तिमान कायम गरेका नेपाली आप्पा शेर्पालाई अमेरिकाको अमेरिकाको उताह राज्यको विश्वबिद्यालयले डक्टरेट उपाधीबाट सम्मान र्ने भएको छ । ५२ बर्षीय शेर्पा २००६ देखि अमेरिकामै बसोबास गर्दै आएका छन् । परम्परागत बिषयभन्दा अन्य बिषयमा आफूलाई अब्बल प्रमाणित गर्नेहरुलाई विश्वबिद्यालयले यस्तो उपाधी दिने गर्छ ।  

Comments Off on आप्पा शेर्पालाई अमेरिकी डक्टरेट

महाशिवरात्रिको रमाइलो

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मन्दिरमा दर्शनका लागि  ठुलो घुइँचो छ। हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा  पशुपतिनाथको मन्दिर रहेकाले प्रत्येक वर्ष  महाशिवरात्रिका दिन मन्दिरमा मेला लाग्ने गर्छ। शिवरात्रिका  दिन १० देखि १२ लाखले दर्शन गर्ने अनुमान  गरिन्छ। पशुपतिमा दर्शनको लागि जाने त हुन्छन् नै, सँगसँगै रमाइलो हेर्न जानेहरुको पनि उत्तिकै भीड हुन्छ । खासगरी नागा बाबाहरुले देखाउने चर्तिकला शिवरात्रीको मुख्य आकर्षण बन्दै आएको छ…

Comments Off on महाशिवरात्रिको रमाइलो