धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाने भएका छन् । बस्ती निर्माणको सहयोगार्थ कतारमा इदको दोश्रो दिन हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु त्यसतर्फ जान लागेका हुन् । उनीहरुका साथ नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु…

Comments Off on धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

पोर्चुगल सेमिफाइनलमा

विहिवार  भएको क्वाटरफाइनल खेलमा पोर्चुगलले पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै  युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । भने पोर्चुगलका रेनाटो सान्चेसले ३३ औं मिनेटमा  बराबरी गोल गरे ।

Comments Off on पोर्चुगल सेमिफाइनलमा

नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित

 लामो समयको वहस पछी व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरेको गरेको छ ।पारित भए लगत्तै गैर आवासीय नेपालीले संघले स्वागत गरेको छ । २०६७ साल देखि नेपाल सरकार र गैर आवासीय नेपाली संघबीचमा चल्दै आएको वहसलाई एउटा तार्किक विन्दुमा पुर्‍याउन बिधेयकले मद्दत गरेको संघले ठहर गरेको छ । बिश्वबिद्यालय सञ्चालक समितिमा जम्मा तीन जना एनआरएनए प्रतिनिधि रहने र त्यसमध्ये…

Comments Off on नेपाल खुल्ला विश्वविद्यालय विधेयक पारित

नेबिसंघ असन्तुष्ट पक्षद्वारा पुन आमरण अनसन बस्ने चेतावनी

नेविसङ्घको ११औँ महाधिवेशनको सुनिश्चितताको माग गर्दै असन्तुष्ट पक्षले पुनः आमरण अनशन बस्ने चेतावनी दिएको छ । '११औँ महाधिवेशनको मिति तोकिएको यो नवौँ पटक हो ।  यसअघि आठ पटकसम्म मिति तोकेर पनि महाधिवेशन हुन सकेन' नेविसङ्घ नेता कुन्दन काफ्लेले शुक्रबार ११औँ महाधिवेशनको चुनौती विषयमा आयोजना गरिएको अन्तक्र्रियामा भने । नेता काफ्लेले आठपटकसम्म महाधिवेशन हुन नसक्नुका कारणको खोजी नगर्ने हो भने साउन…

Comments Off on नेबिसंघ असन्तुष्ट पक्षद्वारा पुन आमरण अनसन बस्ने चेतावनी

छिटो इयु छोड: इयुका संस्थापक राष्ट्रहरु

इयुका संस्थापक सदस्य राष्ट्रहरुले ब्रिटेनले ऐतिहासिक जनमतसंग्रहको परिणाम पछि इयु छोड्ने वार्ता तीब्र गतिमा गर्न आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । जर्मन विदेश मन्त्री फ्र्यांक वाल्टर स्ट्यानमायरले भने, "संझौता वार्ताहरु जति सक्दो छिटो शुरु हुनुपर्छ।" ब्रिटेनको निर्णयबारे छलफल गर्न छ वटा संस्थापक सदस्यहरुबीच आयोजना गरिरएको आपतकालीन बैठकपछि उनले उक्त टिप्पणी गरेका हुन्। ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले उनका उत्तराधिकारीले संझौताहरु…

Comments Off on छिटो इयु छोड: इयुका संस्थापक राष्ट्रहरु

‘आत्महत्या गर्न चाहन्थेँ’: हङकङ पुस्तक विक्रेता

गत वर्ष हराएका हङकङका पुस्तक विक्रेताले चीनमा थुनामा रहँदा आफुले धेरैपल्ट आत्महत्या गर्न चाहेको बताएका छन्।६१ वर्षीय लाम विङ की एउटा प्रसिद्ध किताब पसलका व्यवस्थापक थिए जसले चिनिया नेताका आलोचना गरेका पुस्तकहरु पनि विक्रिमा राखेको थियो। लाम पाँच पुस्तक विक्रेतामध्ये एक हुन् जसलाई महिनौं चीनमा थुनामा राखिएको थियो। र कैयौंपटक उनीहरु अन्तर्राष्ट्रिय मुख्य समाचार बन्दै आएका थिए। चीनको सम्भान्त कानुन…

Comments Off on ‘आत्महत्या गर्न चाहन्थेँ’: हङकङ पुस्तक विक्रेता

पुनः ब्रसेल्समा आतङ्कवादी हमलाको प्रयास, १२ जना सङ्कास्पद व्यक्ति पक्राउ

बेल्जियमको ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले शनिबारमात्र पक्राउ गरेको समाचार छ । प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवाद विरोधी अभियान नै सञ्चालन गरेको छ । ब्रसेल्स प्रहरीका अनुसार गएराति यस्ता सङ्कास्पद व्यक्ति भेटिएका हुन् । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । खोजी आभियानका क्रममा १२ जना यस्ता संकास्दप व्यक्तिलाई पक्राउ…

Comments Off on पुनः ब्रसेल्समा आतङ्कवादी हमलाको प्रयास, १२ जना सङ्कास्पद व्यक्ति पक्राउ

एनआरएनकर्मीद्वारा अक्षयकोषको स्थापना

पर्वत जिल्लाको  फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस  पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् । रजत जयन्ती समारोहमा सहभागी हुन् पाएकोमा खुशी व्यक्त गर्दै उनले भने ’शिक्षा नै मानिसको…

1 Comment

‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण

भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक तथा हिमाल पथप्रदर्शक इन्सु राईले ‘नेपाल सुरक्षित छ’ वृत्तचित्रको निर्माण गरेका छन् । सगरमाथावरपर…

Comments Off on ‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण

नयाँ शक्तिको उद्घोष र यथार्थ

संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै एनेकपा माओवादीबाट र सांसद पदबाट समेत राजीनामा दिएर अलग हुनुभएका  डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नामक पार्टीको विधिवतरूपमा घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।  उहाँले यसअघि नयाँ शक्ति अभियान सञ्चालन गर्दै प्रायः माओवादीमा काम गरेका र अवकाश प्राप्त पूर्व कर्मचारी, कलाकार, उद्योग व्यवसायीलाई आफ्नो अभियानमा मोर्चाबन्दी बनाउँदै आउनुभएको…

Comments Off on नयाँ शक्तिको उद्घोष र यथार्थ

आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

अमेरिकाको ओल्र्याण्डोमा भएको हत्याकाण्डको विरोध तथा अमेरिकी नागरिकप्रति ऐक्यवद्धता जनाउन सोमबार राति फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टाउरमा अमेरिकी झण्डाको रङ्गमा रङ्ग्याइने भएको छ । सोमबार साँझ अमेरिकाको झण्डाको रङ्ग रातो, सेतो र नीले रङ्गले आइफेल टाउरलाई उज्यालो पारिने भएको पेरिसबाट प्राप्त समाचारमा जनाइएको छ । पेरिस नगरले सोमबार सो कार्यक्रम राखेको विज्ञप्तिमार्फत जानकारी दिएको समाचारमा जनाइएको छ । त्यसैगरी…

Comments Off on आइफेल टावर अमेरिकी झण्डाको रङ्गले रङ्ग्याइने

राष्ट्रपति भण्डारी फोब्र्स म्यागजिनको शक्तिशाली महिलाहरूको सूचिमा

नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई फोब्र्स म्यागजिनले सन २०१६ का संसार कै शक्तिशाली महिलाहरूको सूचिमा ५२ औं स्थानमा सूचिकृत गरेको छ । जर्मन चान्सलर एन्जेला मेर्केल पहिलो नम्बरमा छिन भने हिलारी क्लिन्टन दोस्रो शक्तिशाली महिला मानिएकी छिन् । फोब्र्स म्यागजिनले संसारका सर्वाधिक शक्तिशाली महिलाहरूको १०० जनाको सूचि आजै प्रकाशित गरेको हो । नेपालमा राष्ट्रपति पद औपचारिक मात्र भए पनि प्रधानमन्त्री के.…

Comments Off on राष्ट्रपति भण्डारी फोब्र्स म्यागजिनको शक्तिशाली महिलाहरूको सूचिमा

बेल्जियममा दोस्रो घर किन्दा …

  हरी श्रेष्ठ बेल्जियममा काम गर्नेहरुले २०१५ को करको हिसाब किताब भर्नको लागि बेल्जियम सरकारले २८ अप्रिल १०१६ बाट, कागजमा भर्नेहरुलाई ३० जूनसम्म  र अन-लाइनमा भर्नेहरुलाई १३ जुलाई सम्म समय दिएको छ| के हुन्छ करको  हिसाब नबुझाएको खण्डमा : पोहरपनि करको हिसाब बभुझाउनेहरुको संख्या कम थिएन | उनीहरुको फाइल हेरी , ५० यूरो देखि १२५० सम्मको जरिबानाको साथै कर तिर्नुपर्नेरकममा…

Comments Off on बेल्जियममा दोस्रो घर किन्दा …

संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

एक्टिभ इन्टरनेशनल फेडेरेसन (एआइअफ) बेल्जियमकी निर्देशक वीन्डी स्यालेन्दरले  नेपाली संघ संस्थाहरु एआइअफ संग मिलेर काम गरेकोमा आफुलाई खुशी लागेको बताएकी छन  । आइतवार बेल्जियमको लुभेनमा लुम्बिनी कपिलवस्तु विश्व अभियानले आयोजना गरेको सस्थाको वार्षिक अधिवेशनमा अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएकी हुन् । विश्वका बिभिन्न मुलुकबाट बेल्जियम आइ बसोवास गरेका नागरिकहरुले स्थापित गरेका थुप्रै संस्थाहरुले फेडेरेसन संग मिलेर काम गरेको उल्लेख…

Comments Off on संगै काम गर्न पाएकोमा खुशी छौ : वीन्डी स्यालेन्दर, निर्देशक एआइएफ

बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम

गौतम बुद्धको २५६०औँ जयन्तीका अवसरमा यही वैशाख पूर्णिमा (जेठ ८ गते) बुद्धसम्बन्धी भ्रमलाई चिर्नका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र लुम्बिनीमा समारोह आयोजना गरिएको छ । यसअघि पनि बुद्धसम्बन्धी सम्मेलन गरिँदै आएकोमा यसचोटी भने मुलुककै कार्यकारी (प्रधानमन्त्री) को नेतृत्वमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरी विश्वका विशिष्ट व्यक्तिलाई आमन्त्रित गरियो । बुद्धसम्बन्धी प्रचार कम भएको, छिमेकीबाट गलत प्रचार भएको तथा लुम्बिनीसम्बन्धी…

Comments Off on बुद्धसम्बन्धी चिर्नुपर्ने भ्रम