नेपालद्वारा नेदरल्याण्डस पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमवार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सको आमस्ट्रडम स्थित भिआरए क्रिकेट मैदानमा  भएको  प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७…

Comments Off on नेपालद्वारा नेदरल्याण्डस पराजित

नेविसङ्घमा उमेरको हद ३२ वर्ष,केन्द्रीय समिति १५१ सदस्यीय

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाएको हो । यद्यपि उक्त प्रावधान १२औँ महाधिवेशनबाट मात्र लागू हुनेछ ।…

Comments Off on नेविसङ्घमा उमेरको हद ३२ वर्ष,केन्द्रीय समिति १५१ सदस्यीय

दाहालका सहज छैनन् आगामी दिनहरु

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन  । व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्  । संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुगेका छन  । राजनीति सम्भावनाको…

Comments Off on दाहालका सहज छैनन् आगामी दिनहरु

दाहाल दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधवार मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नेपालमा दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका बनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि ९ वर्षअघि २०६५ ौभदौ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । पहिलो संविधा सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका दाहाल त्यसको…

Comments Off on दाहाल दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री

संविधान संशोधन अमान्य: रक्षामन्त्री रावल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन्। व्यवस्थापिका–संसद्को बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गरे। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच आज संविधान…

Comments Off on संविधान संशोधन अमान्य: रक्षामन्त्री रावल

७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

७३ करोड रूपैयाँ (६१ लाख ७६ हजार २०२ युरो) को चिठ्ठा परेर पनि चिठ्ठा दावी गर्न नआएका एक मान्छेको खोजी भइरहेको छ । गत मार्च २८ को ‘लोटरी ड्र’ मा चिठ्ठा परेका ति व्यक्ति अबको २ हप्तामा देखा नपरे उनले पाएको लोटरी मान्य हुने छैन । त्यसैले बेल्जियमको राष्ट्रिय लोटरीले मिडियामा विज्ञापन गरेर मान्छे खोजीरहेको छ । यसअघि बेल्जियममा सन्…

Comments Off on ७३ करोडको चिठ्ठा पर्ने मान्छेको खोजी

प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गर्नुभयो । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत…

Comments Off on प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

डा. विनय श्रेष्ठ,     गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको सर्वमान्य विश्वव्यापी सञ्जालको रुपमा स्थापित भएको छ । सन् २००३ मा स्थापित संघले केवल १३ वर्षको कार्यावधिमा आफ्नो अभियानका माध्यमबाट ‘गैरआवासीय नेपाली’लाई आधिकारीक तवरले परिभाषित गराउने, नेपालको संसदबाट ‘गैरआवासीय नेपाली ऐन’ पारित गराउने र अन्ततः सीमित राजनीतिक अधिकारसहितकै भएपनि ‘नेपालको संविधान २०७२’मा एन.आर.एन. नागरिकताको व्यवस्था गर्न सफलता हासिल गरेको छ…

Comments Off on एनआरएन क्षेत्रीय बैठक र एनआरएनको भूमिका

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७।२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए…

Comments Off on मैत्रीपूर्ण खेलमा नेपाल विजयी

पोखरा–बागलुङ सडकखण्ड सुचारु

मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग आज बिहानदेखि एकतर्फी रुपमा सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधिमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । सुरक्षा निकाय र डोजर लगाएर रातभरि गरिएको प्रयासपछि बिहान ४ बजेबाट सडक एकतर्फीरुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । सडक आइतबार साँझ ७ बजेदेखि अवरुद्ध भएको…

Comments Off on पोखरा–बागलुङ सडकखण्ड सुचारु

टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

टर्कीमा शुक्रबार भएको विफल कु प्रयत्नपछि तीव्र पारिएको कारवाहीको क्रममा इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको छ। न्यायपालिकाका सदस्य र सेनाका जनरलहरु सहित करीब छ हजार बढी अधिकारीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको जनाइएको छ। गत साताको असफल सत्ता विद्रोहपछि त्यसमा संलग्न भएको आशंकामा अधिकारीहरुविरुद्धको कारवाही टर्कीमा जारी छ। आइतबार रातीदेखि जारी कारवाहीको क्रममा आठ हजार भन्दा बढी प्रहरी अधिकारीहरुलाई निलम्बन…

Comments Off on टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

नाइस (फ्रान्स),  फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको समाचार छ । एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल डे अर्थात राष्ट्रिय दिवसको दिनमा…

Comments Off on फ्रान्सको नाइस सहरमा भएको आक्रमणमा ८० को मृत्यु

भूकम्प पिडितको नाममा ठगि

भूकम्प पीडितको सहयोगको नाममा आफु खुशी एंव सस्थाका नाममा संकलन गरिएको रकमको हिनामिना भएका तथ्यहरु सार्वजनिक हुन थालेका छन । अमेरिका लगायत कतिपय युरोपेली मुलुकका कतिपय सामाजिक सस्थाले र सस्थाका प्रतिनिधिले आफूखुसी रकम संकलन गरेको र आफुखुशी प्रयोग गरेका गुनासाहरु समेत सुनिन थालेका छन । अमेरिकामा स्थित जनसम्पर्क समितिले भूकम्प पिडितको नाममा रकम उठाएर संघको बैंक खातामा जम्मा गरिएको ४५…

Comments Off on भूकम्प पिडितको नाममा ठगि

महामन्त्री कोइराला सामान्यतिर

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।  आज दिउँसो उहाँले जुस पिउनुभएको छ । ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताएका छन् । बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य…

Comments Off on महामन्त्री कोइराला सामान्यतिर

युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोकप २०१६ को आइतवार हुने फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै छन । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो  । फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए । त्यसै गरी बिहिबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  क्रिष्टियानो रोनाल्डो…

Comments Off on युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै