कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी कांग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य डा महतले कार्कीका विषयमा छानबिन प्रक्रिया सुरु भएकाले समितिको छानबिन प्रतिवेदनपश्चात् मात्रै कांग्रेसले निर्णय गर्ने स्पष्ट पारे । लोकमानको विषयलाई छानबिन गर्न समिति…

Comments Off on कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

एसेण्डा मेलाबारे बाहिर आएको प्रतिबेदन आधिकारिक हैन: एनआरएनए बेल्जियम

तिन वर्ष अगाडी बेल्जियमको गेन्टमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारिक मेला सम्वन्धि प्रतिवेदनबारे गैर आवासीय नेपाली संघ बेल्जियमले ध्यानाकर्षण गराएको छ । सोमवार एक प्रेष बिज्ञप्ति जारी गर्दै भनेको छ ‘एसेन्टा मेलाको प्रतिवेदनलाई भेलाले निर्देसन गरे अनुसार गैर आवासीय नेपाली संघ  बेल्जियम संग सुरक्षित रहेको र बाहिर आएको प्रतिवेदन आधिकारीक नभएको बिषयमा ध्यनाकर्षण गराउदै भ्रममा नपर्न हुन गैर आवासीय नेपाली संघ  बेल्जियम…

Comments Off on एसेण्डा मेलाबारे बाहिर आएको प्रतिबेदन आधिकारिक हैन: एनआरएनए बेल्जियम

नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको नागरिकमा समाचार छ। काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments Off on नेदरल्याण्डसकि युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बेहुला बेहुली पक्राउ

बालबिवाह गरेको भन्दै खादबारी ५ चिप्लेगाँउका १४ बर्षिय सोनी गुरुङ र  खाँदबारी ३ मानेभञ्ज्याङका ३२ बर्षिय रमेश गुरुङलाई टिकाटालो गरिरहेकै अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन । बाल क्लव सञ्जालले विहिवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । बालिका मानेभञ्ज्याङ स्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा सात मा अध्ययरत विद्यार्थी हुन् । उहाँ सानैदेखि हजुरबुवा र हजुरआमासँग…

Comments Off on बेहुला बेहुली पक्राउ

महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। व्यवस्थापिका-संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र)सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो। यसमा एमालेका १०७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर…

Comments Off on महाअभियोगको औचित्यबारे एमाले अध्यक्ष ओलीको ब्रिफिङ

राजाको मृत्यु पछि वर्षदिन शोक

थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको निधन भएपछि एक वर्ष शोक मनाइने भएको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका भूमिबोलको बिहीबार देहान्त भएपछि थाइल्यान्ड सरकारले एक वर्षसम्म शोक मनाउने घोषणा गरेको हो । लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उनको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् । थाइल्यान्डको इतिहासमा…

Comments Off on राजाको मृत्यु पछि वर्षदिन शोक

अमेरिका र रुसको तनाव, तेश्रो विश्वयुद्वको तयारी ?

सिरियाको विषयलाई लिएर रुस र अमेरिकाबीचको तनाव उत्कर्षमा पुगेको छ। सिरियाको विषयलाई लिएर दुई देशबीच बढ्दै गएको तनाव विश्वयुद्धमा परिणत हुनसक्ने विश्लेषण गर्न थालिएको नागरिकमा समाचार छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसले युद्धकालागि तयारी तीव्र पारेको छ। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसका उच्च अधिकारी, राजनीतिक दलका नेता तथा परिवारका सदस्यलाई घर फर्किन आग्रह गरेको संचारमाध्यमले उल्लेख गरेका छन्। ‘विदेशमा रहेका उच्च…

Comments Off on अमेरिका र रुसको तनाव, तेश्रो विश्वयुद्वको तयारी ?

दोहोरी कलाकारहरु फ्रान्स देखि स्पेन सम्म

विजयादशमीमा नेपालीलाइ मनोरञ्जन प्रदान गर्नुको साथै मनोरन्जनात्मक कार्यलाई सामाजिक बनाउने उदेश्य लिएर यहि ९ अक्टोवर फ्रान्सबाट शुरु गरिएको बडा दसैँ लोक दोहोरी घमाका फिनल्याण्ड पुगेको छ । कलाकारहरुको सहयोगको लागि स्थापित ‘परोपकारी संगीत कोष’ बृद्वीको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले शुरु गरेको अभियानका लागि गायक पुरुषोत्तम न्यौपाने सहभागी भएका छन । प्रतिष्ठानले फ्रान्स, बेल्जियम र…

Comments Off on दोहोरी कलाकारहरु फ्रान्स देखि स्पेन सम्म

आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

इस्लामिक स्टेट समूहका लडाकुले उत्तरी इराकमा विस्फोटक पदार्थ बोकेको ड्रोन अर्थात चालकरहित विमानको प्रयोग गरेर खतरनाक आक्रमण गरेको प्रकाशमा आएको छ। आफ्ना दुईजना सैनिक मारिएको र दुईजना फ्रान्सेली सैनिक घाइते भएको कुर्द अधिकारीले पुष्टि गरेका छन्। उक्त विमान दुर्घटना भएपछि ती सैनिक विमान नजिकै गएका थिए र उनीहरुले छोएपछि विमान विस्फोट भएको थियो। चालकरहित विमानको आक्रमणले इस्लामिक स्टेटविरुद्ध लडिरहेका दुईजना…

Comments Off on आइएसद्वारा पहिलोपटक ‘ड्रोन हमला’

समावेशी दशैँ

विनायकप्रसाद धिताल दशैँ हिन्दूको मात्रै नभएर सम्पूर्ण नेपालीको चाड भएकोले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाइन्छ । दशैँको धार्मिक तथा आध्यात्मिक पृष्ठभूमिमा शक्तिरूपा देवीको उपासना र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयघोषको पौराणिक वर्णन पाइन्छ । यही पौराणिक आधारलाई लिएर नौ दिनसम्म हिन्दू धर्मावलम्बीका घर, शक्ति पीठहरूमा नवदुर्गा देवीको पूजा अर्चना गरिन्छ । घटस्थापनादेखि क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री,…

Comments Off on समावेशी दशैँ

आज महानवमी पर्व मनाइदै

आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र…

Comments Off on आज महानवमी पर्व मनाइदै

प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गोर्खाको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार एक समारोहबीच शिलान्यास गरि पुनःनिर्माण अभियानको सुरुवात गरेका छन् । सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । भूकम्पले सिङ्गो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जङ्गलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका…

Comments Off on प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसङ्घको महासचिवमा

पोर्चुगलका पूर्व प्रधानमन्त्री  ६६ वर्षीय एन्टोनीयो गुटेर्रेस संयुक्त राष्ट्र सङ्घको महासचिवका लागि  छानिएका छन ।बुधवार सुरक्षा परिषद्को बैठकले उनलाई छनौट गरेको थियो । वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी समाल्नेछन । सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्री भएका गुटेर्रेसले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए ।

Comments Off on पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसङ्घको महासचिवमा

आणविक स्केलमा मेसिनको डिजाइन र संस्लेषणका लागि रसायनतर्फको नोबेल पुरस्कार

यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ । आणविक स्केलमा मेसिनको डिजाइन तथा संस्लेषण गरेबापत जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगालाई यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिन लागिएको हो । तीन जना वैज्ञानिकले संयुक्त रुपमा विकास गरेको सो मेशिन कपालको चुल्ठोको एक हजार गुणा सानो भएको बताइएको छ । साभेग…

Comments Off on आणविक स्केलमा मेसिनको डिजाइन र संस्लेषणका लागि रसायनतर्फको नोबेल पुरस्कार

दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने

संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका नेता संविधान संशोधनको प्रक्रिया चाँडो अगाडि बढाउन सहमत भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित मधेसी मोर्चाका नेताको बैठकले दसैँअगाडि नै संशोधनको प्रस्ताव अगाडि…

Comments Off on दसैँअगाडि नै संशोधन प्रस्ताव अघि बढ्ने