बिद्या चापागाईं साझा सवालको पहिलो महिला प्रस्तोता|

काठमाडौं , बिबिसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ का लागी विद्या चापागाइँ नयाँ प्रस्तोताको  रुपमा छानिएकी छन्।नारायण श्रेष्ठको बहिर्गमनपछि रिक्त रहेको प्रस्तोतामा विद्या चापागाइँ भएको बिबिसीले जनाएको छ| नारायण श्रेष्ठको बहिर्गमनपछि साझा सवाल नयाँ प्रस्तोता चयन नहुन्जेल रवीन्द्र मिश्रले चलाउँदै आएका थिए। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी विद्या नर्वेको ट्रोम्सो विश्वविद्याालयमा शान्ति तथा द्वन्द्व रुपान्तरणमा स्नातकोत्तर अध्ययनरत छन् |इक्वेल एक्सेस…

Comments Off on बिद्या चापागाईं साझा सवालको पहिलो महिला प्रस्तोता|

उपनिर्वाचन : काँग्रेस फाइदामा

संविधानसभा सदस्यका आइतबार सम्पन्न भएको ४ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनमा कांग्रेस फाइदामा परेको छ । उसले काठमाडौं-२ को एमालेको एक सीट खोसेको छ भने एमाओवादीको मत सँख्या घटेको छ । चितवन-४ र कैलाली-६ मा कांग्रेसले तथा बर्दिया-१ मा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि पनि ति क्षेत्रहरुमा त्यही पार्टीका उम्मेदवार विजयी भएका थिए । संविधान सभा उपनिर्वाचन अन्तर्गत काठमाडौं…

Comments Off on उपनिर्वाचन : काँग्रेस फाइदामा

बेल्जियम विश्वकपको दोश्रो चरणमा प्रवेश

बेल्जियम,   युरोपेली छनौट प्रतियोगितादेखि नै अपराजित रहँदै आएको बेल्जियम विश्वकप २०१४ को दोश्रो चरणमा प्रवेश गरेको छ|आईतवार रुससंगको संघर्षमय खेलमा १-०ले पछाडी पार्दै ६ अंकका साथ ‘समुह एच’ बाट अन्तिम १६ मा प्रवेश निश्चित गरेको हो|अन्तिम खेल बेल्जियमले एसियाली प्रतिद्वन्दी दक्षिण कोरीयासँग विहिवार खेल्नेछ| रोमेलु लुकाकुलाई स्थान्तरण गर्दै ५७ औ मिनेटमा मैदान प्रवेश गरेका बैकल्पिक खेलाडी डिभोग ओरीगीले खेल…

Comments Off on बेल्जियम विश्वकपको दोश्रो चरणमा प्रवेश

अमेरिकालाई ‘अमिलो अंगुर’ भन्नेहरू

‘ताक परे तिवारी नत्र गोतमे’ ! नेपाली समाजमा निकै प्रचलित भनाइ हो यो । प्रसङ्ग अमेरिकामा पलायन भएका केही कलाकर्मीको हो । उता बसुन्जेल अमेरिकालाई मन र मुटुले मान्ने, माया गर्ने अनि दिमाग उतै लगाउनेहरू नेपाल फर्किएपछि वा फर्कन लाग्दा अमेरिकालाई मुखमा आए जति सराप्छन् । उमेर छउञ्जेलसम्म काम गरेर डलर कमाउने अनि जिन्दगीभर गैरकानुनी रूपमा बस्न मनले नमानेपछि वा…

Comments Off on अमेरिकालाई ‘अमिलो अंगुर’ भन्नेहरू

स्पेनमा नयाँ राजा

स्पेनका राजा ज्वाँ कार्लोसले चालिस वर्षपछि विहिवार राजगद्वी परित्याग गरेपछि फिलिप छैटौ स्पेनका नरेश बनेका छन् |म्याड्रिड नजिकै जारजुयोला दरवारमा भव्य समारोह,बिदाइ तथा उत्सव मनाइयो | राजा कार्लोसले टेलिभिजनमार्फत राष्ट्रव्यापी प्रसारण गरिएको कार्यक्रममा राजगद्वी परित्याग गरेको दस्तावेजमा हस्ताक्षर गरे |उनले फिलिपलाई ठूलो हृदय र बुद्विमत्तापूर्ण तरिकाले देशको सेवा गर्न आग्रह गर्दै नयाँ नरेश फिलिपलाई जनता सामु प्रस्तुत गर्न पाएकोमा खुशी…

Comments Off on स्पेनमा नयाँ राजा

राजा वीरेन्द्रको सम्पत्ति सोचे जति पाइएन

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टले सार्वजनिक गरेको छ । एक पत्रकार सम्मेलनमा ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने जनअपेक्षाअनुसार त्यस्तो सम्पत्ति नभएको बताउँदै हालसम्म चल सम्पत्तिका रुपमा स्वदेशमा नगण्य रुपमा मात्रै रकम मात्र प्राप्त भएको र बैंक तथा होटल र नेपाल औद्योगिक विकास निगमको केही सेयर…

Comments Off on राजा वीरेन्द्रको सम्पत्ति सोचे जति पाइएन

आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

विपी चिन्तन प्रतिष्ठानको आयोजनामा प्रजातान्त्रिक समाजवादको भविष्य विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा जननायक विपी कोइरालाको जन्म शताब्दिका अवसरमा आयोजित सो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो कार्यक्रममा म्यान्माकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा प्रमुख…

Comments Off on आङसाङ सुकीसहित काठमाडौँमा ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ बारे विमर्श

विश्वकप फुटबलको उद्घाटन खेल बिहीबार मध्य-राति

विश्वकप फुटबलको उद्घाटन खेल बिहीबारको मध्य राति अर्थात् नेपाली समयअनुसार राती १ बजेर ४५ मिनेटमा सुरु हुदैछ। महासंग्रामको पहिलो लिग खेल आयोजक राष्ट्र ब्राजिलले क्रोएसियासँग खेल्दैछ। क्रोएसिया आफैंमा पनि राम्रो क्षमता भएको देशमा गनिन्छ। सन् १९९८ को संस्करणमा तेस्रो हुनु नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो। त्यसपछि क्रोएसियातर पनि विश्वभरका समर्थकको ध्यान खिचेको थियो। विश्वका ३२ उत्कृष्ट राष्ट्रले सहभागी…

1 Comment

एनआरएन-युरोपद्वारा सरकारलाई ध्यानाकर्षण

गैर-आवासीय नेपाली संघ (एनआरएनए ) को जुन ७ र ८ गरी दुई दिन सम्म स्पेनको बार्सिलोनामा आयोजित सातौं युरोपेली क्षेत्रीय बैठक तथा पाचौं क्षेत्रीय महिला भेलाले  १४ वटा  निर्णय गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ| सम्मेलनले नेपाली भाषा बोलेकै आधारमा युरोपियन मुलुकबाट आधिकारीक कागजबिना नेपालीहरुलाई नेपाल सुपुर्दगी गर्ने प्रक्रिया तथा  नागरिकताको निरन्तरतको साथै नेपालमा  युरोपियन मुलुकको  दूतावास स्थापनाको बिषयमा नेपाल…

Comments Off on एनआरएन-युरोपद्वारा सरकारलाई ध्यानाकर्षण

एनआरएन युरोप क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा ‘नेपाल प्रवर्द्धन साँझ’ को आयोजना

बार्सिलोना (स्पेन) , गैरआवासीय नेपाली संघ (एनआरएन) को शनिवारदेखि शुरु हुने सातौँ युरोपियन बैठक तथा पाचौँ महिला भेलाको पूर्व सन्ध्यामा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनको लागि एनआरएन स्पेन, नेपाली दूतावास पेरिस र स्पेनका लागि नेपाली कन्सुलर कार्यालयको संयुक्त आयोजनामा शुक्रवार बार्सिलोनामा ‘नेपाल प्रवर्धन साँझ’ सम्पन्न भयो | कार्यक्रममा नेपाल सरकारका पूर्व उर्जामन्त्री डा.प्रकाशशरण महत, फ्रान्सका लागि नेपाली राजदूत कृष्णमोहन श्रेष्ठ,…

Comments Off on एनआरएन युरोप क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा ‘नेपाल प्रवर्द्धन साँझ’ को आयोजना

जागीर छोडेर नेपाली विद्यार्थीको सेवामा लागेकी ‘बेल्जियन दिदी’

‘भलाईको लागि भनेर सानो-सानो रकम संकलन गरी ७ करोड रुपैयाँ जम्मा गर्नु त्यति सजिलो छैन, तर पनि मलाई विश्वास छ यो सहयोग रकम जुट्ने नै छ’, भित्तामा झुड्याईएको लक्ष्मीको फोटो तिर हेर्दै उनले भनिन| आफूले गर्दै आईरहेको जागीर छोडेर सडक, अनाथ तथा गरिब नेपाली बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासको लागि सहयोग गर्दै आइरहेकी छिन्- बेल्जियमस्थित “सुखी होम” नामक सामाजिक संस्थाकी…

Comments Off on जागीर छोडेर नेपाली विद्यार्थीको सेवामा लागेकी ‘बेल्जियन दिदी’

‘दिलशोभाले घरेलु कामदारमा पठाएकी बालिकामाथि बलात्कार प्रयास भएको थियो’- गार्डीयन

समाज सेवा गरेको भनी नाम चलेकी दिलशोभाको वास्तविक “समाजसेवा” बारे एकपछि अर्को वास्तविकताबारे रहस्य खुल्दै गएको छ । नागरिक दैनिकले दिलशोभाले ‘यौन दुराचार’ हुने गरी घरेलु कामदारका रूपमा युवति पठाएको समाचार छापिएपछि उनको चर्चा चुलियो । मानव अधिकार आयोगको छानवीनमा ‘यौन दुराचार’ प्रमाणित नभए पनि ‘धर्म परिवर्तन गराउने आशय’ देखिएको रिपोर्ट सार्वजनिक भैसकेको छ । दुःख पाएकालाई थोरै सुविधा दिएर…

Comments Off on ‘दिलशोभाले घरेलु कामदारमा पठाएकी बालिकामाथि बलात्कार प्रयास भएको थियो’- गार्डीयन

नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

गैर आवासीय नेपाली संघ (एन.आर.एन.) को सातौँ युरोपियन क्षेत्रिय बैठक तथा पाँचौ महिला भेला आगामी जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा सम्पन हुन गैरहेको छ । भेलाको सरगर्मीसँगै चर्चा परिचर्चा चलिरहेको छ । कुन कुन विषयमा छलफल हुँदैछ ? तयारी  कुन अवस्थामा पुगेको छ ? सम्मेलनका के कस्ता उद्देश्यहरु रहेका छन् भन्ने सन्दर्भमा आधारित रहेर गैरआवासीय नेपाली संघ युरोप सह-संयोजक सोम…

Comments Off on नेपाल र नेपालीको सर्बोपरी हितका लागि केन्द्रित रहनेछौँ : सोम सापकोटा,सह-संयोजक एनआरएन, युरोप

बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम

हिजो सम्पन्न बेल्जियमको संघीय र प्रान्तीय निर्वाचनमा भाग लिएका नेपाली उमेदवारहरूले खासै सफलता प्राप्त गर्न नसकेता पनि स्थानीय राजनीतिमा आफ्नो जग बसाएका छन् । वेल्जियमको संसदीय निर्वाचनमा नेपाली मूलका तीन उमेद्वार थिए । त्यसमा एक जना फेडेरल सँसदका लागि मैदानमा थिए भने दुई उमेदवारहरू फ्लेमिश संसदका निम्ति चुनावी दौडमा थिए । संघीय संसदको उमेद्वार रहेका फ्लेमिश ग्रोनका (ग्रीन पार्टी) खड्गवहादुर…

Comments Off on बेल्जियमको आमनिर्वाचनमा नेपाली उमेदवारको वास्तविक परिणाम

बेल्जियममा आनको चुनावी विजय : नेपालीहरुको खुशी

यही आइतवार बेल्जियममा आमचुनाव छ, तर बाहिर हेर्दा न प्रचारप्रसार गरे जस्तो देखिन्छ न नारा-जुलुस नै । मिडियामा भने निर्वाचन कै चर्चा बढी छ । यहाँका नेपालीहरुलाइ पनि चुनाव बेस्करी लागेको छ । बेल्जियममा रहेका नेपालीहरुमा चुनावी गर्मी बढेको एक कारण हो- केही नेपालीहरू पनि उमेदवार बनेकाले । नेपालीहरूको उमेदवारी धेरै हदसम्म आफ्नो प्रोफाइल बढाउने प्रयास नै हो । यसबाहेक,…

Comments Off on बेल्जियममा आनको चुनावी विजय : नेपालीहरुको खुशी