यु.एन. महासभालाई प्रधानमन्त्री कोइरालाबाट सम्बोधन

प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घको ६९ आैँ महासभालाई शनिवार  सम्बोधन गर्दै माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले भने “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डो¥याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ…

Comments Off on यु.एन. महासभालाई प्रधानमन्त्री कोइरालाबाट सम्बोधन

एनआरएनले राजनीतिक अधिकार बाहेकको विशेष नागरिकता पाउने

गैर आवासीय नेपाली (एनआरएन), जसले अर्को देशको नागरिकता अँगिकार गरेका छन्, राजनीतिक अधिकार बाहेकको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको विशेष नागरिकता पाउने सहमति संविधान सभाका प्रमुख दलहरूबीच बनेको बताइएको छ । आज बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले नागरिकताका विषयमा दलहरुबीच भएको विवादको टुङ्गो लगाउने क्रममा यस्तो सहमति गरेको हो। नेपालको संविधानमा यसअघि वंशज, अंगीकृत र मानार्थ गरी…

Comments Off on एनआरएनले राजनीतिक अधिकार बाहेकको विशेष नागरिकता पाउने

विमल घर्ती मगर एसिया कै स्टार नवप्रतिभा : फिफा

नेपाली फुटबलका युवा खेलाडी विमल घर्ती मगरलाई फिफाको आधिकारिक वेबसाइटले एसिया कै उदाउँदो स्टार खेलाडीका रूपमा फिचर गरेको छ । जुनियरहरूको खेलमा पाकिस्तानविरूद्घ गोल गरेपछि चर्चामा आएका विमल त्यसपछिका सबै खेलमा स्टार खेलाडीका रूपमा छाएको चर्चा फिफाले गरेको छ । फिचरमा विमलले नेपाली टीमको टीम-वर्कका रूपमा मात्र नभइ व्यक्तिगत रूपमा पनि युरोपमा सफलता हासिल गरेको परिचर्चा गरिएको छ । बेल्जियमको…

Comments Off on विमल घर्ती मगर एसिया कै स्टार नवप्रतिभा : फिफा

कांग्रेस नेता शेरबहादुर देउवा बेलायतमा, बेल्जियम पनि जाने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा स-परिवार बेलायत आइपुगेका छन । श्रीमति आरजु देउवा र छोरा जयबीरसंगै मंगलबार देउवा लण्डन आइपुगेका हुन । मंगलबार साँझ जेट एअरवेजको विमानबाट लण्डनको हिथ्रो विमानस्थलमा ओर्लिदा देउवालाई यहाँस्थित नेपाली दुतावासका अधिकारी र बेलायत कांग्रेसका नेता कार्यकर्ताले स्वागत गरे । देउवाको स्वागतका लागि कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री, विभाजित कांग्रेस बेलायतका दुवै अध्यक्षहरु लोक…

Comments Off on कांग्रेस नेता शेरबहादुर देउवा बेलायतमा, बेल्जियम पनि जाने

पूर्वराजालाई के गर्दा हृदयाघात भयो ?

शनिबार राति एक्कासि हृदयाघातका कारण राजधानीको नर्भिक अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार अस्पतालले डिस्चार्ज गरेको छ। मुटुको धमनीको रक्तनली बन्द भएका कारण एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको र अहिले स्वास्थ्यस्थिति स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। नातीसँग खेल्दै गर्दा हृदयाघात नातिको जन्मदिनमा रमझम गरिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई शनिबार हृदयघात भएको हो। छोरी प्रेरणाका छोरा पार्थकबहादुर सिंहको जन्मदिन…

Comments Off on पूर्वराजालाई के गर्दा हृदयाघात भयो ?

ई.यु. मुख्यालयमा जिहादी आक्रमणको योजनाबारे खुलासा

बेल्जियमको ब्रसेल्स स्थित युरोपियन कमिसनको कार्यालयमा जिहादी आक्रमणको योजना बनाएका दुई जना पक्राउ परेका छन| डच ब्रोडकाष्टर एनओएसका अनुसार उनीहरु शंकाको आधारमा एक महिना पहिले पक्राउ परेका थिए| बेल्जियमका सुरक्षा अधिकारीले अन्य जिहादीहरु पनि संलग्न हुन सक्ने भनी खोजी कार्य शुरु गरेको छ| बेल्जियन न्यायिक अधिकारीका अनुसार नेदरल्याण्डको हेगबाट पक्राउ परेका उनीहरु टर्कीस मूलका एक पुरुष र एक महिला रहेका…

Comments Off on ई.यु. मुख्यालयमा जिहादी आक्रमणको योजनाबारे खुलासा

ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

अहिलेको हाइटेक दुनियाँमा युवा पुस्ता जतिबेला पनि मोबाइलमा झुम्मिन्छन्। मोबाइलले सम्बन्ध र नाता जोडिदिने र टुटाइदिने मात्र होइन, कहिलेकाँही यही मोबाइलले कल्पनै नगरेको जोखिममा जीवनलाई धकेलिदिन्छ। विराटनगरकी एक युवतीको जीवनमा मोबाइल अभिषाप सावित भएको छ। मोबाइलबाटै संवाद र सम्बन्ध बढाउँदा उनी भारतको वेश्यालयमा बेचिन् पुगिन्। मोबाइलमा आएको ब्लफ कल उठाउँदा उनले सोच्दै नसोचेको दुर्घटनामा जीवनमा बेहोर्नुपरेको छ। भारत नयाँ दिल्लीको…

Comments Off on ब्लफ कलको पछि लाग्दा कोठीमा बेचिनुपर्‍यो

भारतमा भारतिय मूल कै अमेरिकी राजदूत

अमेरिकी राष्ट्रपति बाराक अोबामाले भारतका लागि भारतिय मूल कै अमेरिकी राजदूत नियुक्त गरेका छन् । पहिले अमेरिकी विदेश मन्त्रालयका काम गरिसकेका रिचार्ड राहुल वर्मा नयाँ राजदूत नियुक्त भएका हुन् । यसअघिकी अमेरिकी राजदूत नान्सी पावेलको विदाइ रमाइलो वातावरणमा भएको थिएन । भारतसँगको सम्बन्ध सुधार्ने हेतुले वर्माको नियुक्ती भएको ठानिएको छ । पहिल्यै, नयाँ दिल्लीको अमेरिकी दूतावासमा डेस्क प्रमुख र उनका…

Comments Off on भारतमा भारतिय मूल कै अमेरिकी राजदूत

पत्रकार महासंघ युरोप शाखाको निर्वाचनमा गुटबन्दीले निर्णयहिन

नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचनमा पदको लागि लुछाचुँडी भएपछि बिना निर्णय सकिएको छ । हिजो आइतवार बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा भएको दोश्रो अधिबेशनको क्रममा सदस्यता सम्वन्धि विवादले उग्र रूप लियो । को पत्रकार र को अलपत्रकार भनी छुट्याउन नसकिएपछि कुनै निर्णय हुन नसकी टुंगिएको हो | दुई बर्ष अगाडि फ्रान्सको पेरिसमा सम्पन्न प्रथम अधिबेशनका सदस्यहरुलाई अमान्य मान्दै अगाडि बढ्न…

1 Comment

ओबामाले हारेको बियर-बाजी चुक्ता गरे

हारेको बाजी चुक्ता गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोलाइ अमेरिकी बियर पठाएका छन् । ब्राजिलमा भएको वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर-बाजी थापेका थिए । सो खेल बेल्जियमले जितेको थियो । खेल सकिएको ढाइ महिनापछि ओबामाले अमेरिकामा रहेको बेल्जियन दूतावासमा बेल्जियन प्रधानमन्त्रीका निम्ति बियरसँगै एक पत्र…

Comments Off on ओबामाले हारेको बियर-बाजी चुक्ता गरे

पत्रकार महासँघ युरोप शाखाको सुतुरमुर्गी चाला

नेपाल पत्रकार महासँघ युरोप शाखाको दोस्रो अधिवेसन बेल्जियमको आन्त्रोपेन (एन्टवर्प) सहरमा हुँदैछ । २ वर्षअघि पेरिसमा भएको पहिलो अधिवेसनले युरोप शाखा स्थापना गर्दैमा विवादमुक्त बन्न सकेको थिएन । नेपाली पत्रकारहरूको छाता संगठनको युरोपमा शाखा खोले पनि त्यसले अपेक्षित काम गर्न सकेन । तैपनि अहिले फेरी नयाँ नेतृत्वका लागि हानथाप हुँदैछ । विदा हुन लागेको कमिटीका प्रायःजसो सबैले आफै अध्यक्ष हुन…

Comments Off on पत्रकार महासँघ युरोप शाखाको सुतुरमुर्गी चाला

प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

प्रधानमन्त्री शुशील कोइराला सेप्टेम्बरको अन्तमा ब्रसेल्स भ्रमणमा आउने भएका छन् । सँयुक्त राष्ट्र सँघको महासभामा भाग लिएपछि फर्कने क्रममा युरोपेली सँघको राजधानी ब्रसेल्समा आउने कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री कार्यालय र ब्रसेल्सस्थित नेपाली राजदूतावास जुटीरहेका छन् । सेप्टेम्बर २९ मा आएर प्रधानमन्त्री अक्टोबर १ मा फर्कनेछन् । ब्रसेल्समा प्रधानमन्त्री शुशील कोइरालाको युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको…

Comments Off on प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

डायस्पोराको कामचलाउ पत्रकारिता

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो– यो हो कामचलाउ पत्रकारिता। परदेशको पत्रकारितामा श्रम, सम्पत्ति र समय खर्च गरेर पाइने एउटै चिज रहेछ 'आत्मरति'। नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले डिसीमेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीसँग गरेको अन्तर्क्रियाका क्रममा सहभागीले सार्‍है प्रतिकुल परिस्थितिमा जेनतेन भइरहेको प्रयासलाई 'कामचलाउ' भन्न सकिने…

Comments Off on डायस्पोराको कामचलाउ पत्रकारिता

कोहिनुरको कलेक्सन आठ करोड, नेपाली फिल्मको नयाँ रेकर्ड

लोकप्रिय नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म कोहिनुरले मंगलबारसम्म ८ करोड कलेक्सन गर्दै हालसम्मका नेपाली फिल्मको कमाइका सबै रेकर्ड तोडिदिएको छ। वितरक सुनील मानन्धरका अनुसार फिल्मले हालसम्म झन्डै ८ करोड ग्रस कलेक्सन गरिसकेको छ भने प्रदर्शक र वितकरको अंश कमाइ निर्माताको हातमा ४ करोड बढी पर्ने निश्चित प्रायः भएको छ। देशभरि नै असोचनीय व्यापार गरिरहेको फिल्म पाँचौ सातामा…

Comments Off on कोहिनुरको कलेक्सन आठ करोड, नेपाली फिल्मको नयाँ रेकर्ड

कोइराला परिवारबाट कांग्रेसमा नयाँ उत्तराधिकारी स्थापित गरिँदै

नेपाली काँग्रेसको स्थापनादखि नै नेपाली राजनीतिमा गहिरो प्रभाव राख्दै आएको र परिवारबाटै ४ जना प्रधानमन्त्री बनिसकेको कोइराला परिवारमा तेस्रो पुस्ताका नयाँ शक्तिशाली पात्रको उदय हुँदै गरेको छ । ती हुन्, वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला जो चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्ने गरी स्थापित हुँदैछन्। त्यसैगरी, अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी…

Comments Off on कोइराला परिवारबाट कांग्रेसमा नयाँ उत्तराधिकारी स्थापित गरिँदै