नयाँ सञ्जालको संसार

    कविता प्रत्येक क्षण क्षणमा उद्विग्न अन्तरमनमा प्रत्येक दिन दिनमा अभितप्त पाइलामा मेरो अस्तित्वको जरामा ए सुन ! नवजीवनको महत्त्वाकांक्षा फैलिएको उद्भाव फिलिङ्गो नयाँ सञ्जालको संसार !   आफैमा बल्झीएको झोँक कुटुम्बहरूले मौलाएको रोष समाजले रङ्गाएको विद्रोह आपत्ति पन्छाएर अवसर खोज्छु आशाको खोज यो, सुखधाम पुरस्कार   सीमा त मानवनिर्मित न हो सीमाहीन विराट जगत्-को यात्रामा, पढ्न नसकिएका ती आँखाहरू धमिलो…

Comments Off on नयाँ सञ्जालको संसार

त्यो वर्ष

पुराना सपनाहरु स्थगित गरेर सवै ढल्नुछ यो अन्तिम रात ! क्यालेण्डरले बसाई सार्ने वेला । सधै नयाँ भै वगिरहने हिमाली खोलाको पानीमा विसर्जित चैत्र मसान्त चुँडिएका फूलका थुँगासँगै बगेका हुन वासी सपनाहरु नफर्कने खोलाहरुझैं । आखिर ! फर्किएका थिएनन् ती त्यसैगरी, त्यो सालभरि । साझा कामना गरेका थियौं हामीले फेरिएको मुहार हेर्ने कल्पना गरेका थियौं हामीले हाँसोको साझा दृष्य !…

Comments Off on त्यो वर्ष

अमूर्त मन !

कविता कुनै अमूर्त चित्रकारको गम्भीर चित्रकला हातमा राखेर, र त्यस्तै मनहरु आफना सन्ततिका ! छातीमा राखेर साह्रै जटील लाग्न थालेका छन आमालाई ! बुझनै नसकिने रहस्यहरु अचेल ! एउटा प्रश्नको उत्तर भेटिएको छैन अझै बृद्धाश्रममा बुझाउने छोराको गुणी मनको, मीठो निवन्ध लेखेर उत्तरपुस्तिका भर्नलाई । आँखा बन्द गरेर मेटाउन सकिने रहेछ कसैको अमूर्त चित्रलाई तर यति भीषण आँधी चलाएर आँखाबाट…

Comments Off on अमूर्त मन !

भ्यालेण्टाइन डे

क्यालेण्डरमा दोहोरिनेछन् ती दिनहरु, फूलवारीमा फेरि फक्रनेछन् ती फूलहरु ! तर, फेरि जन्मनेछैन मेरो "भ्यालेण्टाइन डे" र, फक्रनेछैन मेरो सवैभन्दा "प्रिय गुलाफ" जसले सँगै विष पिएका थिए, त्यो रात जतिवेला- शहरभरि फैलिएको थियो तिम्रो प्रेमको मृत्युको खवर ! विचराहरुलाई के थाहा ? अफवाहको १४ फेव्रुअरी कसैको प्रेममाथी डाँका हालेर भ्यालेण्टाइन मनाइरहेछ १ यूरोको आयातित गुलाफले मदहोसीमा मातेर छाडा रातहरुमा ।…

Comments Off on भ्यालेण्टाइन डे

पेन्सनपट्टा

सम्झनाहरु बल्झाउने पेन्सनपट्टा बोकेर हातमा पेन्सन क्याम्प आउने बाटो हेर्दैछिन आमा जग्गेका मण्डपहरुमा गरेका वाचाहरु जीवनभर साथ दिने कसमहरु त्यो पहिलो रातका कुराहरु मखमली चोली र चमेलीका कुराहरु बनारसी साडी र गोरखपुरका रेलका कुराहरु छुट्टी र दशैंका कुराहरु “कार्कीनेटा”को डाँडो हेर्दाहेर्दै थाकेको समयका कुराहरु एक शरद फुल्ने र, ओइलाउने मनफूलका कुराहरु, सवै पट्याएर आफुभित्र वावाको “प्रेमिल चिनो” अपूर्ण सम्झौतापत्र जस्तो…

Comments Off on पेन्सनपट्टा

मातै काफी छ

कविता सम्झेर तिमीलाई पिइन कहिल्यै मैले तिम्रो सम्झनाको मातै काफी छ, खोजेर तिमीलाई हिडिन कहिल्यै तिम्रो मीठो सपनाको रातै काफी छ । भरिएको त वोतलमात्रै हो हेर्दै लाग्ने तिम्रो रुपको मातै काफी छ, भो वाचा कसममा पुग्दिन म मनकै गुलाफ लजाउने वातै काफी छ । जोवनै खोजेको छैन अहिल्यै मैले सहाराको एउटा हातै काफी छ मीठो सपनाको रातै काफी छ…

Comments Off on मातै काफी छ

अमेरिकाबाट “लजाएका परेलीहरू”

साहित्यकार शरद निरोलाको नयाँ कविता-सँङ्ग्रह "लजाएका परेलीहरू" भर्खरै प्रकाशित भएको छ | वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको हस्तलिखित भूमिकासहितको यो सङ्ग्रहमा श्री निरोलाका ४२ वटा कविताहरू छन् | भिन्नभिन्न स्वादका ती कविताहरूमध्ये अमेरिकानिवासी कविले आफ्नो अमेरिका बसाइलाई यसरी लिएका छन् : किन आयौ अमेरिका ? के के न पाउँला भनी अमेरिका आयौ बाबु-बराजुले नखाएको गोता खायौ आउन त आयौ, सबै…

Comments Off on अमेरिकाबाट “लजाएका परेलीहरू”

नयाँ वर्ष

हरेक १२ महिना पछिको आगतलाई छोपेर समयले झयाप्पै, भनिदिन्छ यो नयाँ वर्ष हो । तर म विश्वास गरुँ कसरी ? ढलेर गएका विगतहरुका लाशैलासहरुमा उही समयले निभाएका पुराना,अँध्यारा मैनहरु छन् जसले नयाँ उज्यालाहरु छरेका थिएनन् गएको वर्ष पनि । अहिले फेरि सल्काएर तिनै कामना गर्छ नयाँ उज्यालोको तर पनि हरेक १२ महिना पछिको आगतलाई छोपेर समयले झयाप्पै, भनिदिन्छ यो नयाँ…

Comments Off on नयाँ वर्ष

प्रस्थान कक्षबाट (कविता)

के सोच्छन् होला ? आमाको फेर समातेर प्रस्थान कक्षको छेउ उभिएका अवोध वालकहरु, रसिला आँखाहरु हेर्दै गरेका आमाहरु, विहेको हप्तैदिन नवित्दै रातै साडीमा विदाईको लाइन उभिएका नवदुलहीहरु । एकलर्को मालामा सम्झना उनेर श्रमवजार डुव्न हिडेकाहरुलाई ओइलाएर सुन्दरता त्याग्नै आँटेको फूलजस्तै लहरै आँधी खेपेका अनुहारहरु के सोच्छन होला ? मनभित्र करौंती चलाएर विदाईका हात हल्लाउनेहरु सपना वोकेर उड्छन कि ? सपना…

Comments Off on प्रस्थान कक्षबाट (कविता)

बाटो मेरो जाम छ

कविता य़ता पनि काम छ उता पनि काम छ जानु पर्ने धेरै ठाम् छन् बाटो मेरो जाम छ । उमेरले सियो बोकी घोच्न थालिसक्यो बाध्यताले हरेस चरेस कोच्न थालिसक्यो राती जागुँ आँखा मेरा खुल्न खोज्ने हैनन् दिउँसो हिँडु, आकाशमा डल्लै चर्को घाम छ मैले गर्ने काममा खै के छ, अरुको मा दाम छ जानु पर्ने धेरै ठाम् छन् बाटो मेरो…

Comments Off on बाटो मेरो जाम छ

शुभेच्छाहरु, तीजलाई

ए चेलीहरु ! यसपालि पनि मनग्गे शुभेच्छाहरु— रातो साडीमा सजिएको, पाइतालामुनि बुहार्तन कुल्चेर छमछमी नाचेको र, ठेट भाकामा मादलझै घन्किएको उमँगित तीजको । तर कति कति बेला कहालिन्छु म सम्झिएर — आफन्त÷माइती नभएकी वा, आफन्तै भएरपनि नसम्झिएकी कुनै चेलीको तीज, तीन दिन भो चुलोमा छाक नपुगेको रिगटे साइलीको तीज, र, दशकैपिच्छेको परिवर्तनले थामीनसक्नु पाएकी कुनै महिला नेतृको तीज । हो,…

Comments Off on शुभेच्छाहरु, तीजलाई