यी सोचहरु

(कविता) अहिले कर्म गर्दा गर्दै मुस्किलले अनुमति पाएर तपाईंहरुको माझ आईे पुगेको छु | धन कमाउन प्रवासमा त्यति नसके पनि ईमान्दारीतामा चलेकै छु | सहयोगी हात र परोपकारी मन भएकाहरुसँग हातेमालो गरेकै छु | एकाध बाहेक संगत त मेरो पनि गर्व गर्ने खाल कै छ | शुभ-चिन्तकहरुले एक पछि अर्को प्रवासबाटै कृति राखेको खबर सुन्न पाउदा यो मेरो मन हर्षले गदगद भएको छ | मेरो मष्तिष्कमा पनि अनगिन्ती सोचहरु आईेराख्छन् परिस्थितीले गर्दा अहिले संयमित हुनुपरेको छ | दु:ख सुखलाई सहदै सन्ततिको सुवर्ण भविश्यको आशामा अहिले अल्झिन पुगेको छु | तपाईंहरुको हौसला र समय अनुकूल हुने बित्तिकै स्वदेश देखि विदेशसम्मका मेरो…

Comments Off on यी सोचहरु

जन्मरात र पुनर्मूल्याङ्कन

(कविता ) जन्मरात र पुनर्मूल्याङ्कन जोडिन नसकेका सपनाका कडीहरु ! जो, म सँगै जन्मिएका थिए र, देख्नुभएको थियो त्यहाँ हजुरले भयानक पीडापछि हाँसेको एउटा सँसार । रातहरु हराइरहे रातहरुमै दिनहरु हराइरहे दिनहरुमै नखोजी आफूलाई कहिल्यै हेरिरहनु भयो मेरो उज्यालोलाइ, एकमुष्ठ अँध्यारो आफैले ओढेर ध्रुवतारा उदाउँदा वा दिन वोकेर आउने सूर्य आँगनमा झर्दा त्यो हजारेको थुँगामा मेरो मुहारसँगै स्नेहको चुम्बनले अँगाल्दा…

Comments Off on जन्मरात र पुनर्मूल्याङ्कन

दशैं

कविता सुनसान गुम्म यो दशैंमा कुनै मालुवाका हुलबाट हुर्केका वचेराहरु, छरिएर जताततै हराएको कविता लेख्दालेख्दै एउटा रहर बनिदिन्छ दशैं । नसिंगारिएर यसै म उभिएको छु यो कोलाहलमा दुनियाँको आँखा छलेर यो अर्काको शहरमा, अनुभूतिको अतिथी बनेर चोक, गल्ली र बजारमा कम हाम्रा कोठाकोठामा धेरै छिरेको छ दशैं । सम्झना र रहरहरु थाँती राख्ने हो भने औपचारिकता पूरा गर्ने भारी मनको…

Comments Off on दशैं

स्वार्थ कि भावुकता ?

(कविता) जीवनभरिमा हजार कुखुराको सयौ परिकार मज्जा सग खाईयो होला तर आज घरमा पालेको कुखुरी अचानक मरेको देख्दा मन नमिठो सग दुखिरहेछ कि मैले वुझ्न सकिन यो मेरो स्वार्थ हो वा भाबुकता मात्र ? गर्बिलो ईतिहास छोडेर अनन्त यात्रामा समाधित एक नेत्री जसको उपेक्षित उत्तरार्ध मैले कहिल्यै महसुस गरिन तर श्रद्दान्जलीको शब्द तातीमा आफु अब्बल हुन सफल म कि मैले…

Comments Off on स्वार्थ कि भावुकता ?

वीर अधिकारी जिन्दावाद !

हिजो एकसाथ पढें मैले धेरै समाचारहरु । न्यायका भिखारी नन्दप्रसादले कालो पोतेर गणतन्त्रलाई सुकेको डाँठजस्तो भोको र हलुको शरीर जिम्मा लगाए यमराजलाई ! लोकतन्त्रको सवैभन्दा शक्तिशाली हतियार “अनसन” जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु कुनैवेला झुकेथ्यो गान्धीसामु । यति बलशाली हतियारको प्रहारले नैतिकताको ढाड ठनक्कै भाँचिदापनि वेसरम लँगडो वनेर मौन वस्यो सिँहदरवार । हिजो एकसाथ पढें मैले अरु धेरै समाचारहरु…

Comments Off on वीर अधिकारी जिन्दावाद !

गलत पूर्वानुमानहरु ! 

कविता जव ! शहीदको चिहानबाट नेताको महलको जग खनिन्छ तव ! मलाई लाग्दैन थियो कि < त्यो घरले झुण्डयाउने छ नयाँ नेपालको साइनवोर्ड र, त्यहाँ चल्नेछ – गहन विषयमा छलफल हुने कहिल्यै कोरम नपुगेको सँसद . तर सही हुदैनन् कतिपय पूर्वानुमानहरु । उँघेका साँसदहरु ! उल्लु सम्मेलन चलेकै छ सँसदभित्र सम्विधानको खेतीले पुगेकै छ खान, केन्द्र््ीय भवनमा लालमोहर लाग्छ छलफल नभएको विधेयकमा मान्छेहरु जान्छन सद्दे फर्किन्छन…

Comments Off on गलत पूर्वानुमानहरु ! 

अँध्यारो प्रभात !

जव ! प्रशासनको हरेक टेवलबाट अपमानित भएर फर्कनु पर्छ तिमीले, जव ! तिम्रो पसीनाको ज्याला शीर निहुराई कुनै भीखारी झैं थाप्नुपर्छ तिमीले, र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तो तर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरु साक्षी वसेको कहावतको स्वतन्त्र शहरको मध्य सडकमा शँकाका काँडाहरुले घोचिनुपर्छ तिमीले । तव ! म ठोकुवा गरेर भन्छु यो विरानो शहरमा तिमी निदाएका हुदैनौ मखमली सिरानीहरुमा, अघाईरहेका…

Comments Off on अँध्यारो प्रभात !

चलिरहेछ समय

(कविता)     सूर्यको पहिलो किरणसगै शुरु हुन्छ दिन समयको परिधिमा बगिरहन्छ छिन|छिन स्वार्थिपनले बास पाउन थालेको आजकल परिवर्तनको सबैले पिउदैछन थोपा थोपा जल|   मानिसलाई एक सेकेन्ड हास्ने फुर्सद छैन आफु जन्मेको नगरीले दुख पाएको देख्दैन बाहिरी आँखा लालचले चश्माभित्र बन्द छ बाढी पहिरोले गाउँ नै बगाएको छ|   कसले देख्छ आजकल अरुको दुख बेदना केवल देखिन्छ चहलपहल देखावटी…

Comments Off on चलिरहेछ समय

यौटा कविको सपना

(कविता) यौटा कवि  आफैंले लेखेको कविता झैं सुन्दर र सुखी जीवन बाँच्ने रहर  बोकेर अशिमित उत्साह र  उन्मादमा झेलिंदै सपना र बिपनाको बेमेल पहाडहरुमा निरन्तर चड्दै र ओर्लिदै-- हरेक दिन  भौंतारिईरहेकै छ, र उसको आफ्नो अनगिन्ती सपनाहरु रातभर जूनको  टह टह उज्यालोमा खस्छ मध्यान्हमा  घामको तापले बाफ़िएर बगेको हावाको मुस्लो अन्तहिन आकासको माथि संग संगै कतै बिलाउंछ आजको आधुनिक युगको…

Comments Off on यौटा कविको सपना

खोक्रोपनबाट उन्मुक्ती

(कविता)  असीम बलवान तिमी, संसार जित्ने सामर्थ्य राख्छौ तिमीलाई सभ्यताको सिँढी किन चाहियो र ? बहादुर सिपाहीहरुले भरिएका छन् सडकहरु तरवार, खुकुरी र बारूदका घेराभित्र म के नै गर्न सक्छु र? तैपनि मैले देखिरहेछु तिमी आफै नाच्न भूलेर कोर्राहरु नचाईरहेछौ । तिम्रो अज्ञानता प्रेम नकार्ने मिथ्या भ्रम अनि अरूलाई अस्वीकार गर्ने दम्भ मलाई रित्तो लाग्छ, खोक्रो लाग्छ । हत्या, हिंसा…

Comments Off on खोक्रोपनबाट उन्मुक्ती

हिमालय यात्रा

(कविता) सेताम्यै हिउँले ढाकिएको अहा सुन्दर हिमाल ! गगनचुम्बी स्वरूप, सगरको मुकुट तनावभन्दा माथि, रोदनभन्दा दूर शीतल अनुभूति, हिमालको गजुर   बादल छ र वर्षा, अनि ईन्द्रेणीको रुप निर्मल पानी, कलकल ध्वनि, कति मधुर ! लेकाली घाँसे मैदानमा कस्तुरी चौँरी चर्छन् मयुर, डाँफे सप्तरंगी नाच्छन् |     सर्वत्र रंगीचंगी- अदृश्य एक शक्ति जस्तो जीवन,सुन्दरता र प्रेम- कवितामा रचे जस्तो स्वर्गदूत…

Comments Off on हिमालय यात्रा

तिमी र म

कविता    तिमी थियौ म थिएँ हामीमाथि अनन्त आकाश थियो मधुर वर्षामुनि प्राप्ति-अप्राप्तिको हिसाब थिएन तिम्रो मेरो कुनै किताब थिएन ।   अकस्मात अकस्मात, आँधी आयो न तिमीले रोक्न सक्यौ न मैले रोक्न सकेँ हामीबीच पर्खाल खडा गरीदियो जे नहुनु थियो त्यहि भैदियो मबाट तिमी ओझेल भयौ ।   अहिले पनि सम्झन्छु अहिले पनि सम्झन्छु,सिसौका बोटहरु नदि तटका अनन्त लाग्दा…

Comments Off on तिमी र म

अनमोल कोशेली

प्रिय, एउटा सानो कोशेली पठाएको छु खुल्ला आकाश भित्रको प्रित पठाएको छु त्यो रंगीन कागजले बेरीएको छैन त्यसमा पठाउने र पाउनेको नाम छैन तर त्यो अनमोल छ । नयन भित्रको मोतीले भरीभराउ छ सजीव छ, र पनि मौन छ देख्दा आकर्षक नहोला भन्सार र ढुकुटीमा नपाइएला तर त्यो सागर झैं गहिरो छ धर्ती झैं बिशाल छ त्यसलाई बखान गर्ने अरु…

Comments Off on अनमोल कोशेली

त्यो मान्छे

कविता कपाल सेतै फूलेको पिंठ्युमा पटुकी बाँधेको ऊ त्यो मान्छे अहिले ठिङ्ग उभिएको छ । कम्मरमा तरवार भिरेको पूर्खा गौंरवको गीत गाईरहेको ऊ त्यो मान्छे सत्यत,नम्रता र आध्यात्मिकताको  अभावमा सुन्न नसक्ने बहिरो भएको छ । जाती जाती बिच शत्रुता बढेको शत्रुद्वारा वस्त्र खोसेको आफ्नै भूमी टुक्रा-टुक्रा पार्न खोज्दा पनि धन्यवादमा वली चढाउने देखि ऊ त्यो मान्छे बोल्न नसक्ने लाटो भएको…

Comments Off on त्यो मान्छे

मेरो फिर्ती र अन्य परदेशीनेहरू

कविता पासपोर्ट मेरो आशा हो, थुप्रै सपनाहरूको पाना आफ्नै फोटोमा भने विरक्ती देख्छु । यही चिनारीमा म दूर क्षितिज जानेछु । धमिलो तस्वीर उजालिए झैं, झुपडी भत्काएर निर्माण गरिएका गगनचुम्बी घरहरू । कुनै अध्यागमन अधिकारीले अवरोध नगरोस् रूटमा कोही काँढा नबनोस् । परायाको विश्वास । ती सबै देउता झैं, प्लास्टीकका अनुहार । झट्ट हेर्दा ती स्वार्थी लाग्दैनन् । अपकारी छैनन्…

1 Comment