बेल्जियममा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन हुँदै

डायस्पोरामा नेपाली भाषा तथा साहित्यको संरक्षण,संवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्वेश्यले बेल्जियममा पहिलो पटक युरोप स्तरीय नेपाली भाषा साहित्य सम्मेलनको आयोजना गरीने भएको छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलनको आयोजना गरेको हो| सम्मेलन यहि अगस्त १६ मा बेल्जियमको लुभेनमा हुने भएको छ| सम्मेलनमा युरोपमा नेपाली भाषा साहित्यको अवस्था बारेमा बहस गरीने भएको छ| बिभिन्न मातृ भाषाका रचना संकलन गरी…

Comments Off on बेल्जियममा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन हुँदै

ह्याप्पी न्यू इयर

(कविता ) म बन्द गर्न चाहन्छु खाता २०१४ को खैर मैले नचाहे पनि बन्द हुनेछ त्यो कति मीठो कति नमीठो । र, मैले नचाहे पनि खुला हुनेछ खाता २०१५ को के सम्भव छ ? त्यहाँ लेख्न म जे चाहन्छु असम्भव शव्दहरु ! मान्छे ! किन बहकिन्छ कहिले अनियन्त्रित समयको अनियन्त्रित लगाम समातेर । अनुत्तरित यस्तै प्रश्न बोकेर कति मजा हुन्छ…

Comments Off on ह्याप्पी न्यू इयर

सिर्जनशीलताको एउटा नाम प्रेमविनोद नन्दन

चितवन जिल्लाको अति व्यस्त नगर नारायणगढमा अक्सरत व्यापार व्यवसायमा संलग्न व्यापारी बसोबास गर्छन्। बाटोमा परेको बजार भएको कारणले गर्दा यहाँ ७५ जिल्लाबाट नै मान्छेको ओइरो लागेको देखिन्छ। यस खाले अति व्यस्त बजारमा मूल सडकमा पुष्पाञ्जली ट्रेडर्सको साहु भएर पनि यिनले आफूलाई धेरै वर्ष चिनाए। खानु र पिउनु जीवन भए, जिउनुको अर्थ के ? महाकवि देवकोटाको उक्तिबाट प्रभावित भई जीवन जिउने…

Comments Off on सिर्जनशीलताको एउटा नाम प्रेमविनोद नन्दन

मेरी नवोढा

(कविता)   मेरी नवोढा !   ओई मेरी नवोढा ! उतारिदेउ लाज सवै रात छिप्पिईसक्यो आज । अनजानमै सही यात्रा शुरु गर्नुछ आज मधुशालामा घन्किएको गीत तिम्रा मेरा लागि हो जीवनभर नभुल्ने रात आत्मिक प्रेमको विनिमय तिम्रा र मेरा लागि हो सायद ! यसैलाई भन्छन होला हनिमून ! ओई मेरी नवोढा ! उतारिदेउ लाज सवै कुइना जोडेपनि नजोडेपनि एउटै भैसक्यो…

Comments Off on मेरी नवोढा

जीवन काट्न रहेछ,काट्दै छु

(कविता ) अब्बल दोयम सिम चार हिसाब गरूँ कुन बार ?पुराना लुगा फेर्दै छु आखिर जीवन काट्नु रहेछ काट्दै छु  कसरि बितो कसरी बिताउँ सोच्ने फुर्सद कहाँ छ यहाँ ?भ्रम को पर्दा हटाउदै छु आखिर जीवन काट्नु रहेछ काट्दै छु  कति चोट कति हाँसो मन कै तराजु बिग्रेको बेला जोख्ने प्रयास गर्दैछु आखिर जीवन काट्नु रहेछ काट्दै छु  स्वधीन छु…

Comments Off on जीवन काट्न रहेछ,काट्दै छु

यी सोचहरु

(कविता) अहिले कर्म गर्दा गर्दै मुस्किलले अनुमति पाएर तपाईंहरुको माझ आईे पुगेको छु | धन कमाउन प्रवासमा त्यति नसके पनि ईमान्दारीतामा चलेकै छु | सहयोगी हात र परोपकारी मन भएकाहरुसँग हातेमालो गरेकै छु | एकाध बाहेक संगत त मेरो पनि गर्व गर्ने खाल कै छ | शुभ-चिन्तकहरुले एक पछि अर्को प्रवासबाटै कृति राखेको खबर सुन्न पाउदा यो मेरो मन हर्षले गदगद भएको छ | मेरो मष्तिष्कमा पनि अनगिन्ती सोचहरु आईेराख्छन् परिस्थितीले गर्दा अहिले संयमित हुनुपरेको छ | दु:ख सुखलाई सहदै सन्ततिको सुवर्ण भविश्यको आशामा अहिले अल्झिन पुगेको छु | तपाईंहरुको हौसला र समय अनुकूल हुने बित्तिकै स्वदेश देखि विदेशसम्मका मेरो…

Comments Off on यी सोचहरु

एनआरएन जिन्दाबाद

(लघुकथा ) यामु निरौला,  दोश्रो संबिधानसभाको निर्वाचन भएको पनि ठ्याकै एक वर्ष बितिसकेको थियो | निर्धारित समयमा संबिधान जारी हुने कुनै छाँट थिएन, राजनेताहरु आ-आफ्ना अडानबाट एक बित्ता पनि टसका मस भएका थिएनन | देश र जनताको भन्दा पनि व्यक्तिगत तथा दलगत स्वार्थको उनीहरुको आँखामा बाँधिएको कालो पट्टि खुस्कने चाला थिएन | पार्टीका ठुला भनिएका नेताहरु नै अरुलाई दोष थुपारेर…

1 Comment

जन्मरात र पुनर्मूल्याङ्कन

(कविता ) जन्मरात र पुनर्मूल्याङ्कन जोडिन नसकेका सपनाका कडीहरु ! जो, म सँगै जन्मिएका थिए र, देख्नुभएको थियो त्यहाँ हजुरले भयानक पीडापछि हाँसेको एउटा सँसार । रातहरु हराइरहे रातहरुमै दिनहरु हराइरहे दिनहरुमै नखोजी आफूलाई कहिल्यै हेरिरहनु भयो मेरो उज्यालोलाइ, एकमुष्ठ अँध्यारो आफैले ओढेर ध्रुवतारा उदाउँदा वा दिन वोकेर आउने सूर्य आँगनमा झर्दा त्यो हजारेको थुँगामा मेरो मुहारसँगै स्नेहको चुम्बनले अँगाल्दा…

Comments Off on जन्मरात र पुनर्मूल्याङ्कन

आधुनिक गीत लेखनबारे बहस

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पुनर्गठनपछि पहिलो बृहत् कार्यक्रमस्वरुप संगीत विभागको आयोजनामा राजधानीमा आधुनिक गीत लेखन र प्रभावबारे गोष्ठी सम्पन्न गरेको छ। बिहीबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आथित्यमा राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित कार्यक्रममा नेपालका पुराना साहित्यकार र गीतकारदेखि नयाँ साहित्यकार तथा गीतकार सहभागी थिए। कार्यक्रममा गीतकार तथा साहित्यकार राजेन्द्र थापाले आधुनिक गीत लेखन र प्रभाव…

Comments Off on आधुनिक गीत लेखनबारे बहस

बेल्जियममा महाकविको सम्झना

नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गर्दै बेल्जियममा रहेका श्रष्टाहरुले महाकविको १०६ औ जन्म जयन्तिको मनाएका छन्| अन्तराष्ट्रिय नेपाली साहित्य समाज वेल्जियमले आईतवार बेल्जियमको लुभेनमा आयोजना गरेको कार्यक्रममा श्रष्टाहरुले महाकविको जीवनी तथा साहित्यिक योगदानको चर्चा गरे | कार्यक्रममा स्रष्टाहरु दीपेन्द्र केसी,राजकुमार पुडासैनी,दीपकज्योति पौडेल,बिष्णु सापकोटा,यामु निरौला,सौरभ करन्जित, बोधराज पौडेल,रामहरी शास्त्री र सूर्य ढकालले आ-आफ्ना रचना वाचन गरेका थिए| श्रष्टा बिमल…

Comments Off on बेल्जियममा महाकविको सम्झना

डायस्पोरा साहित्य कि डलर साहित्य ?

लाखौं नेपालीहरूले समुन्द्र तरेपछि नेपाली स‍ंस्कृति र साहित्यले पनि सात समुन्द्र पार गरेको छ। समुन्द्रपारको साहित्य ‘डायस्पोरा साहित्य’ रूपमा चर्चित बन्दैछ भने कसैकसैले ‘डलर साहित्य’ पनि भनेको सुनियो। पश्चिमी देशतिरको भनेपछि हिजोआज डलर वा युरोको ट्याग लगाइदिने चलन जो फस्टाइरहेको छ! हालै एक अनलाइन पाटीमा ‘डलर साहित्य’ देखेपछि मेरा आँखा टाठा भए। पढेपछि लाग्यो- ‘यो त ‘टेबलोइड’ लेख रहेछ- साहित्य…

Comments Off on डायस्पोरा साहित्य कि डलर साहित्य ?

बेल्जियममा लक्ष्मी जयन्तीको आयोजना

बेल्जियममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औ जन्मजयन्ती मनाईने भएको छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा मनाउन लागिएको कार्यक्रम बेल्जियमको लुभेन स्थित ब्रुसेल्स स्ट्राट ७८ (DFC रेष्टुरेन्ट )मा यहि नोभेम्बर ९  आईतवार सम्पन्न हुदैछ| दिनको ठिक २ बजेबाट शुरु हुने उक्त कार्यक्रमा बेल्जियम स्थित सम्पूर्ण साहित्यिक श्रष्टाहरुलाई उपस्थितिको लागी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले हार्दिक आव्हान समेत गरेको छ|…

Comments Off on बेल्जियममा लक्ष्मी जयन्तीको आयोजना

लस एन्जलसमा महाकवि देवकोटाको १०६ औं जन्म जयन्ति

अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रशाद देवकोटाको १०६ औं जन्म जयन्ति कबि गोष्ठी आयोजना गरी मनाइएको छ । स्थानिय आर्टेशिया पार्कमा आयोजित महाकवि लक्ष्मीप्रशाद देवकोटाको १०६ औं जन्म जयन्ति तथा कबि गोष्ठी समारोहमा लस एन्जलस क्षेत्रका साहित्यकारहरुले कविता वाचन गरेका थिए । सानडियागो, क्यालिफोर्नियाका अवैतनिक वाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यता र अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस…

Comments Off on लस एन्जलसमा महाकवि देवकोटाको १०६ औं जन्म जयन्ति

हो, म साहित्यकार होइन : राधा पौडेल, मदन पुरस्कार विजेता

२८ कात्तिक ०५९ को रात जुम्ला सदरमुकाम खलंगामा माओवादी हमला भयो, जहाँ रातभर बम र गोलीको वर्षा भयो । जनशक्ति अधिकृतका रूपमा जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्ला पुगेकी राधा पौडेल त्यहीँ थिइन् । संयोग, उनलाई केही भएन । अफिसले आक्रमणको तेस्रो दिन उनलाई उद्धार गर्‍यो । ‘सर्वसाधारणमध्ये सबैभन्दा पहिले उद्धार गरिने मान्छे भएँ म । अफिसले हेलिकोप्टरमा काठमाडौं ल्यायो,’ उन सम्झिन्छिन्…

Comments Off on हो, म साहित्यकार होइन : राधा पौडेल, मदन पुरस्कार विजेता

रहेनन जनकवि केशरी धर्मराज थापा

जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९२ बर्षको उमेरमा निधन भएको छ | लामो समय देखि अस्वस्थ रहेका थापाको राजधानीको स्वयम्भूस्थित निवासमा निधन भएको हो | उनको पशुपति आर्यघाटमा मंगलबार अपरान्ह अन्तिम संस्कार गरिएको छ | त्यसअघि अन्तिम श्रद्धान्जलिका लागि उनको पार्थिव शरिर प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो | श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लगायत…

Comments Off on रहेनन जनकवि केशरी धर्मराज थापा