“चामल खानेहरू र चौलानी पिउनेहरू” विमोचित

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि…

Comments Off on “चामल खानेहरू र चौलानी पिउनेहरू” विमोचित

६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापान च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १८ देखि २२, २०१५ जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न राष्ट्रहरुबाट सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रती प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा नेपालका लागि जापानका राजदूत मदनकुमार भट्टराइ, प्रा.डा.…

Comments Off on ६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

१५० औं मोती जयन्ती बेल्जियममा मनाइयो

कवि मोतीराम भट्टको १५० औैं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन यूरोप सँयोजक अर्जुन कुमार श्रेष्ठ र एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले युुवाकवि फोटोमा दीप प्रज्वलन गरी शुरु गरिएको जन्मजयन्ती कार्यक्रममा अतिथीव्दय श्रेष्ठ र गौतमका साथै अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष उज्वल…

Comments Off on १५० औं मोती जयन्ती बेल्जियममा मनाइयो

बेल्जियममा मोती जयन्तीको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५० औ जन्म जयन्ति मनाईने भएको छ । जयन्तीको अवसरमा यहि २० सेप्टेम्वर आईतवार बेल्जियमको लुभेनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आफ्ना रचनासहित उपस्थित हुन स्रष्ठाहरुलाई समाजले आग्रह समेत गरेको छ  । कार्यक्रम  साझ ५ बजेबाट शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।

Comments Off on बेल्जियममा मोती जयन्तीको आयोजना

हामी फर्कन्छौं लालबावु महोदय !

रेमिट्यान्सको लड्डूूले हृष्टपुष्ट लाग्ने लालबावुहरु ! डी.भी. र पी.आर.का हल्लाहरु, निजामती हप्कीदप्की र फेरि हल्लाहरुकै सिरक ओढेर निदाउने आदतमा तिमीहरुलाई बिझाउँदैनन् ? करङहरु पियन र कुल्लीहरुका ? लाईनका लाईन हरियो पासपोर्टमा डिपार्टचर हानेर दिनका दिन बाकसभित्रका लाश गन्ने आदत वसेका लालबावुहरु के जिउँदै देश फर्कनु अपराध हो ? आत्महत्या गर्न भासिएका होइनौैं हामी खाडी, मलेशिया, यूरोप, अमेरिकातिर । त्यो हिमालको…

10 Comments

बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सोमवार ६ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । दोस्रो दिनको सम्मेलनमा नेपाली भाषा-साहित्यसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए भने युरोपमा भएका विभिन्न साहित्यिक गतिविधिहरूबारे चर्चा गरिएको थियो । सम्मेलनका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यको मूल्यांकन हतारमा नहुने धारणा राख्दै पछिल्लो समयमा प्रवासमा भएका साहित्यिक गतिविधिहरू उल्लेखनीय रहेको…

Comments Off on बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन शुरू

बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आइतवार सुरु भएको छ । बेल्जियमको लुभेन सहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमले आयोजना गरेको सम्मेलनको उदघाटन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै यूरोपमा नेपाली साहित्यप्रेमीको उत्साहजनक उपस्थितिले आफू प्रभावित भएको बताए । उनले विश्वका जुन मुलुकमा बसे पनि भाषा साहित्य जोगाउने जिम्मा अहिलेको पुस्ताको भएको बताए । ‘धेरैले कविताबाट…

Comments Off on बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन शुरू

अन्तर्राष्ट्रिय सम्मेलनका लागि सरुभक्त बेल्जियममा

बेल्जियममा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार सरुभक्त बेल्जियममा आउनु भएको छ । त्यसै गरी प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, श्रीओम श्रेष्ठ रोदन, रमेश अधिकारी, शेखर अधिकारी र इन्द्र श्रेष्ठ पनि सम्मेलनको लागि बेल्जियमा हुनुहुन्छ । त्यसैगरी एन.आर.एन.ए. का पूर्व अध्यक्ष जीवा लामिछाने आइतवार आइपुग्ने कार्यक्रम छ । प्रवासमा नेपाली भाषा…

Comments Off on अन्तर्राष्ट्रिय सम्मेलनका लागि सरुभक्त बेल्जियममा

बि.पी.को उपन्यासमा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’

वि.पी. कोइरालाको बहुचर्चित उपन्यासमा आधारित नेपाली चलचित्र ” तीन घुम्ती ” को फस्ट लुक सार्वजनिक भएको छ । बाबुराम ढकालद्वारा निर्देशित तीन घुम्तीमा गरिमा पन्त, ध्रुब दत्त , सुशान्त कार्की , भुवन चन्द , लक्ष्मी गिरी लगाएतका कलाकारहरुको अभिनय रहेको छ। यसैबिच, आगामी अगस्ट २२ गते बेलायतमा यस चलचित्रको रेड कार्पेट प्रिमियरको आयोजना गरिएको छ। कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको…

Comments Off on बि.पी.को उपन्यासमा आधारित नेपाली चलचित्र ‘तीन घुम्ती’

राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान

युवा तथा युवासँग सम्बन्धित रचनात्मक तथा प्रेरणादयी कार्य गरेका मुलुकभरका २० युवा तथा संस्थालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो। युवाको क्षेत्रमा कार्य गरेबापत पुरस्कृत हुनेमा सातजना युवा प्रतिभा तथा दुईवटा संस्था छन्। पुरस्कृत हुनेमा चीनको राष्ट्रिय प्राकृतिक विज्ञान प्रतिष्ठानबाट अनुसन्धानकर्तामा छनोट…

Comments Off on राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान

अनेसास बेल्जियमद्वारा रचनाका लागि आव्हान

अगस्ट १६ र १७ मा बेल्जियममा हुन गैरहेको युुरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत हुने रचनाहरुको सँकलन  जुलाई मसान्तसम्म रहेकोमा स्रष्टाहरुको अनुकुुलताका लागि अगस्ट १० भित्र आइपुुग्ने गरी समय थप गरिएको कुरा आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले जनाएको छ । स्रष्टाको पासपोर्ट साइजको फोटो र सँक्षिप्त चिनारी सहित आव्हान गरिएको रचना सम्मेलनपछि ग्रन्थको रुपमा प्रकाशन गरिने छ । बेल्जियम वाहेकका…

Comments Off on अनेसास बेल्जियमद्वारा रचनाका लागि आव्हान

कुसुम भट्टराईको धक्‍का बजारमा

पत्रकार कुसुम भट्टराईको उपन्यास 'धक्का' बजारमा आएको छ। अढाई दशक पत्रकारिता तथा सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईको यो पहिलो साहित्यिक कृति हो। उपन्यासमा गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसअघिका सामाजिक र राजनीतिक विसंगतिलाई विषयवस्तु बनाइएको छ ।  

Comments Off on कुसुम भट्टराईको धक्‍का बजारमा

राष्ट्रिय कविता महोत्सव २०७२ स्थगित

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनाको अवसरमा हरेक वर्ष असार ९ मा आयोजना गर्दै आइरहेको 'राष्ट्रिय कविता महोत्सव' यस पटक स्थगन भएको छ। प्रतिष्ठानले देशभरका कविहरुलाई कविता पठाउन भूकम्पअघि नै आह्वान गरेको भए पनि भूकम्पले पुर्याएको ठूलो धनजनको क्षति र त्यसबाट सिर्जित दुःखद् एवम् संवेदनशील अवस्थाका कारण महोत्सव स्थगित गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । महोत्सव उपयुक्त मितिमा गर्ने जानकारी पनि…

Comments Off on राष्ट्रिय कविता महोत्सव २०७२ स्थगित

युरोपका स्रष्टाहरुलाई साहित्यिक योगदानको अवसर

“डायस्पोरामा नेपाली भाषाको अमरत्व हामी सवैको साझा दायित्व” नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा बेल्जियमको लुभेन शहरमा  आउँदो अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत गर्नका लागि सम्मेलन आयोजक समितिले युरोपमा रहनु भएका नेपाली स्रष्टाहरुको  रचना सँकलनको आव्हान गरेको छ । सम्मेलनमा नेपाली भाषासँगै अन्य राष्ट्रभाषाका रचनाहरु पनि वाचन गरिने छ । विधागत रुपमा…

Comments Off on युरोपका स्रष्टाहरुलाई साहित्यिक योगदानको अवसर

अनेसास न्यूयोर्कद्वारा नयाँ बर्षको अवसरमा साहित्यिक कार्यक्रम

अन्तराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले नया बर्ष २०७२ को शुभकामना आदान् प्रदानका साथै साहित्यक कार्यक्रम  आईतबार सम्पन्न गरेको छ । उक्त अवसरमा कलाकार हरी बहादुर थापाकी श्रीमती मिठु थापाको कविता संग्रह डा. कमल पाण्डेले समिक्षा गरेका थिए ।  श्रीमती थापाले धन्यबाद ज्ञापन गर्दै आफ्नो कबिता वाचन गरेकी थिईन । उक्त अवसरमा अनेसास केन्द्रकी भु. पु. अध्यक्ष गिता खत्रीले नया बर्षको…

Comments Off on अनेसास न्यूयोर्कद्वारा नयाँ बर्षको अवसरमा साहित्यिक कार्यक्रम