साहित्यकार एवं पत्रकार पंचम अधिकारीलाई पितृ शोक

साहित्यकार एवं पत्रकार पंचम अधिकारीका पिता सेवानिवृत्त शिक्षक राममणि अधिकारीको हृदयघातको कारण स्वर्गारोहण भएको छ । स्वर्गीय अधिकारी सेवानिवृत्त भएपछि कर्मस्थल देवघाट र निवासस्थल काठमाडौं-२९ मा  समाज सेवामा सक्रिय हुनुहुन्थ्यो । शिक्षण कालमा उहाँ देवघाट, तनहुँका विद्यालयहरू ( हालका कालिका उच्च मा. वि. र बज्रयोगिनी मा. वि.) मा गरी डेढ दशक भन्दा ज्यादा समय प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको…

Comments Off on साहित्यकार एवं पत्रकार पंचम अधिकारीलाई पितृ शोक

अनेसास जापानको ३५ औं साहित्य शृंखला सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्य शृंखला अन्तर्गतको ३५ औं शृंखला आइतवार टोकियोमा सम्पन्न भएको छ । नव गठित नवौ कार्यसमितिले गरेको नया वर्षको शुभकामान आदानप्रदान तथा साहित्य शृंखलाको निरन्तरता स्वरुप ३५ औं शृंखला टोकियो स्थित सोलमारी सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा शंकर प्रेरणाको ’जीवनको परिवेश’ नामक गीति संग्रह बिमोचन गरिएको थियो । समारोहमा साहित्यिक पुरस्कार स्थापनार्थ वार्षिक ५०…

Comments Off on अनेसास जापानको ३५ औं साहित्य शृंखला सम्पन्न

सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

बेल्जियमलाई कर्मथलो बनाएर शृजनामा तल्लीन मुक्तककार सौरभ कारञ्जितको प्रथम सँग्रह “छरिएका सौरभ” गत २०१५ अगस्तमा प्रकाशित मुक्तक सँग्रह हो । नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेर बेल्जियममा सोही अगस्तमा सम्पन्न प्रथम यूरोपस्तरीय साहित्य सम्मेलनमा सरुभक्त, प्रा. डा. खगेन्द्र प्रसाद लुइटेल, श्रीओम रोदन, जीवा लामिछाने, कृष्ण बजगाई, रमेश अधिकारी लगायत करीव दर्जन साहित्यकारहरूबाट १६ तारिखमा सँयुक्त रुपमा लोकार्पित सँग्रह ७४ पृष्ठमा विभक्त…

Comments Off on सकारात्मक र सार्थक विविधतामा “छरिएका सौरभ”

अर्बपति चौधरीको आत्मकथा अंग्रेजीमा

अर्बपति व्यवसायी विनोद चौधरीको आत्मकथा अंग्रेजी भाषामा प्रकाशित भएको छ। यो संस्करणमा उनका सन् २०१३ पछिका नयाँ विवरणहरू पनि समेटिएका छन्। दुई वर्षअघि नेपाली भाषामा प्रकाशित पुस्तकको अँग्रेजी संस्करण अहिले बजारमा आएको हो । लेखकका रूपमा परिचय बनाएपछि सार्वजनिक जीवनमा आफ्नो व्यक्तित्वको अर्को आयाम विकास भएको चौधरीले बताएका छन्।

Comments Off on अर्बपति चौधरीको आत्मकथा अंग्रेजीमा

 अ. ने. सा. स. बेल्जियमको अध्यक्षमा दीपकज्योति पौडेल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन लुभेनमा २५ डिसेम्वरमा सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफ्ना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परमानन्द सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष दीपेन्द्र के.सी.ले गर्नुभएको थियो । उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत र महासचिव दीपकज्योति पौडेलले सँचालन गर्नुभएको थियो…

9 Comments

राष्ट्रसंघका उप-महासचिव गौतमको ‘लस्ट इन ट्रान्जिसन’

राष्ट्रसंघको उच्च ओहदामा रहेर नेपालको द्वन्द्व, संक्रमणकाल र समकालीन विश्व परिवेशको अवलोकन गरेका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’को विमोचन गरिएको छ । कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयमा शनिबार प्रकाशकले लेखक गौतमलाई र गौतमले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई पहिलो प्रति हस्तान्तरण गर्दै यसैबाट अब सम्पूर्ण पाठक समक्ष पुस्तक अर्पण गरिएको घोषणा गरे । समारोहमा बोल्दै यादवले गौतमले अन्तर्राष्ट्रिय अनुभवसहित…

Comments Off on राष्ट्रसंघका उप-महासचिव गौतमको ‘लस्ट इन ट्रान्जिसन’

मेरो देउता !

कविता देउता ! मैले तिमीलाई पूजेको मात्रै हो आफू जत्ति जानेको छैन, दुनियाँबाट पिटिएको छु मै बरु आवेशमा तिमीलाई एक लात हानेको छैन । कहाँ, कस्ले, किन, कसरी भन्छ ? थकित आस्थाको भरिया “दीपेन्द्र” ले तिमीलाई मानेको छैन, बरु भोकै वसेर आफू प्रसाद चढाउँछ तिमीलाई कष्टको पहेली बनेर आफू फूलको ओच्छयान बनाउँछ तिमीलाई जीवनको यो आँधी वेहरीमा तिम्रो सट्टामा अर्को…

Comments Off on मेरो देउता !

दासप्रथा र नाकाबन्दी

(कविता ) स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र । सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन राजनैतिक अखडाहरुमा / तर मेरो प्रश्न— के एउटै हुुन सक्दैनन् परिभाषा राष्ट्रियता र राष्ट्रिय सँकटको ? मजाले गाली गरेर इतिहासलाई आत्मनिर्भरताको बाटो खन्छौं…

Comments Off on दासप्रथा र नाकाबन्दी

नाकाबन्दीको समर्थनमा 

कविता स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र ।    सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन राजनैतिक अखडाहरुमा तर मेरो प्रश्न— के एउटै हुुन सक्दैनन् परिभाषा राष्ट्रियता र राष्ट्रिय सँकटको ? मजाले गाली गरेर इतिहासलाई आत्मनिर्भरताको बाटो खन्छौं बर्तमानमा…

Comments Off on नाकाबन्दीको समर्थनमा 

बेल्जियममा साहित्यिक अर्न्तकृया

नेपाली साहित्यमा ऐतिहासिक अस्वीकृत जमात २०२६, बुटपालिस २०३१ आन्दोलनका एक अभियन्ता एवं सक्रिय स्रष्टा कविताराम श्रेष्ठसँग गत नोभेम्वर ३० मा बेल्जियमको लुभेनमा एक अन्तक्रिया सन्ध्या सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले आयोजना गरेको सो कार्यक्रममा स्रष्टा श्रेष्ठले आफनो लेखनी यात्रासँगै उल्लेखित आन्दोलन र समसामयिक नेपाली साहित्यको समग्र विकास क्रममा आफना अनुभवहरु विस्तारित रुपमा चर्चा गर्नुभएको थियो । अनेसास…

Comments Off on बेल्जियममा साहित्यिक अर्न्तकृया

बेल्जियममा लक्ष्मी जयन्ती सम्पन्न (भिडियो सहित)

बेल्जियम लुभेनमा लक्ष्मीपूजाका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०६ औं जन्मजयन्ती मनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरूले कविता तथा मुक्तक वाचन गरेका थिए । सौरभ कारंजित मुक्तक वाचन गर्दै Posted by Inls Belguim on Wednesday, November 11, 2015 परमानन्द सापकोटा महाकविमा समर्पित कविता वाचन गर्दै Posted by Inls Belguim on Wednesday, November 11, 2015…

Comments Off on बेल्जियममा लक्ष्मी जयन्ती सम्पन्न (भिडियो सहित)

बेल्जियममा लक्ष्मी जयन्तिको आयोजना

बेल्जियममा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०६ औं जन्मजयन्ती मनाइने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा हुन गइ रहेको कार्यक्रम बेल्जियमको लुभेनस्थित डीएफसी रेस्टुरेन्टमा ११ नोभेम्बरमा सम्पन्न हुदैछ ।काव्यगोष्ठीका साथ् सम्पन्न हुन गै रहेको समाजले जानकारी गराउदै रचना सहित उपस्थित हुन् बेल्जियम स्थित सबै श्रष्ठा हरुलाइ आव्हान गरिएको छ। कार्यक्रम दिनको २ बजेबाट शुरु हुने आयोजकले बताएका छन् ।…

Comments Off on बेल्जियममा लक्ष्मी जयन्तिको आयोजना

“चामल खानेहरू र चौलानी पिउनेहरू” विमोचित

२६ सेप्टेम्बर, २०१५ नेपाल अमेरिकन मैत्री सङ्घ, म्याडिसन, विस्कनसिनले हरेक बर्ष गर्ने "विजय मल्ल साहित्य साँझ" कार्यक्रममा यस बर्ष कविता प्रतियोगितासँगै सन्तोष लामिछानेद्वारा लिखित 'चामल खानेहरू र चौलानी पिउनेहरू' / Porridge Eaters and Gruel Drinkers को बिमोचन पनि भएको छ | कविता संग्रह 'जनमत प्रकाशन' काभ्रे, नेपालबाट प्रकाशित भएको हो | संग्रहमा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीको भूमिका तथा समालोचना पनि…

Comments Off on “चामल खानेहरू र चौलानी पिउनेहरू” विमोचित

६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापान च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १८ देखि २२, २०१५ जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न राष्ट्रहरुबाट सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रती प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा नेपालका लागि जापानका राजदूत मदनकुमार भट्टराइ, प्रा.डा.…

Comments Off on ६ बुँदे टोकियो घोषणापत्र जारी गर्दै जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

१५० औं मोती जयन्ती बेल्जियममा मनाइयो

कवि मोतीराम भट्टको १५० औैं जन्मजयन्ती अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा २० सेप्टेम्वरका दिन युवाकविको साहित्यिक योगदानबारे चर्चाका साथ मनाइयो । प्रमुख र विशिष्ठ अतिथीका रुपमा क्रमशः एनआरएन यूरोप सँयोजक अर्जुन कुमार श्रेष्ठ र एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले युुवाकवि फोटोमा दीप प्रज्वलन गरी शुरु गरिएको जन्मजयन्ती कार्यक्रममा अतिथीव्दय श्रेष्ठ र गौतमका साथै अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष उज्वल…

Comments Off on १५० औं मोती जयन्ती बेल्जियममा मनाइयो