मनको भित्तामा पुरानो दृश्य !

(कविता) मनको भित्तामा पुरानो दृश्य ! बलजफ्ती गर्छ समय ! एउटा घेरा नाघेर पुग्नलाई धेरै पछि सम्झनाहरु बनिसकेका छन् विषको प्याला तर मान्दैन यो मन नफर्किनलाई पछि । त्यता फर्किनुु श्वास फेर्नु हो काँडाहरुको ओद्रिएपछि छाती च्यातिएका शव्दहरु जोडीहेर बन्छन केवल तिम्रो नाम, हरेक रात— मेरो निद्राको साम्राज्यमा बिष्फोटित सम्झनाका तोपहरु, केही छैन्न अरु टुक्रिएका सपनाहरु जोडिन्छन भनेपनि यदि एउटा…

Comments Off on मनको भित्तामा पुरानो दृश्य !

इटालीमा पहिलोपटक भानुको सम्झना

आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको योगदानको चर्चा गर्दै इटालीका नेपालीहरुले २०२ औ भानु जयन्ती मनाएका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलोपटक  रोममा भानुजयन्तिको आयोजना गरेको हो । कार्यक्रममा आदिकवि आचार्यको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली अवैतनिक दुत पाओलो नुगारीले साहित्य संस्कृतिको एउटा महत्वपूर्ण पाटो भएकोले यसको जगेर्ना गर्नु आवश्यक रहेको…

Comments Off on इटालीमा पहिलोपटक भानुको सम्झना

अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

अनेसास बेल्जियमले बेल्जियमको नेपाली समाजका साहित्यिक एंव सामाजिक गतिविधिहरुलाइ संकलन प्रत्येक दुइ दुइ वर्षमा ‘बेल्जियममा नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने उदेश्यले साहित्य संरक्षण कोषको स्थापना गरेको छ  । बेल्जियमको लुभेनमा आइतवार आयोजित भानु जयन्तीको अवसरमा शुरुमा २१०० युरो (करिव २ लाख पचास हजार रुपैया ) राशिको कोषको घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत…

Comments Off on अनेसास बेल्जियमद्वारा साहित्यकोषको स्थापना

बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक कार्यक्रम यहि जुलाई १० आइतवार बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्टमा दिनको २ बजेबाट हुदैछ । कार्यक्रममा वेल्जियमस्थित विभिन्न संघ सस्थाका साथै साहित्य अनुरागीहरु सहभागीताको लागि समाजले आव्हान गरेको छ । कार्यक्रममा बिभिन्न साहित्यिक रचना वाचन गरिनेछ । भानु जयन्तिको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । अनेसास बेल्जियमले भानु, मोती र लक्ष्मीजयन्तीलाई…

Comments Off on बेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

ईटालीमा पहिलोपटक भानु जयन्तीको आयोजना

ईतालीको रोममा भानु जयन्तीको आयोजना  गरिएको छ ।  कार्यक्रम आउदो जुलाई १७ मा ईटालीको रोममा हुदैछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलो पटक भानु जयन्तीको आयोजना गरेको हो । कार्यक्रममा इटालीमा रहेका साहित्य सर्जकहरुका रचना वाचन गरिने कार्यक्रम रहेको समाजका महासचिव रामहरी खकुरेलले जानकारी गराए ।

Comments Off on ईटालीमा पहिलोपटक भानु जयन्तीको आयोजना

संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात ।

संरक्षण कविता आन्दोलन बेल्जियममा पनि शुरु भएको छ । बेल्जियमको दुर्वीस्थित प्रसिद्ध राधाकृष्ण मन्दिरमा एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र उपस्थित जेष्ठ नेपाली नागरिकव्दय टीकाभक्त खरेल तथा प्रकाश कंडेलले व्यानर अनावरण गरी हिजो १२ जुन २०१६ का दिन शुभारम्भ गर्नुभयो ।     शुभारम्भका अवसरमा एनआरएन बेल्जियमका अध्यक्ष गौतम, एनआरएन केन्द्रीय सदस्य नेत्र मगर, अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले आन्दोलनको सफलताको…

Comments Off on संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात ।

ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ सार्वजनिक भएको छ । गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त उत्कृष्ट बालकथा संग्रहलाई ट्रिनिटी प्रकाशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । २५ जना नयाँ र पुराना बालकथाकारका कथा समेटिएका छन् । कृतिका कतिपय कथाहरु बालमनोविज्ञानमा आधारित छन् भने कतिपय कथाहरु सामाजिक र सांस्कृतिक सन्दर्भका छन् । कृतिको…

Comments Off on ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

समयलाई युरोपमै बूढो बनाएँ, तर छोराछोरी …

पंचम अधिकारी दीपक राना सिद्धार्थको तीन सन्तान मध्येको सबैभन्दा जेठो छोरो हो । १९ वर्षको उमेरमै सहरका नामूद उद्योगपतिका छोराछोरीसँग उस्को बाक्लो हिमचिम भयो । छोराको साथीसँगाती देख्दा सिद्धार्थ छक्क प‍र्‍यो । एकाध वर्षपछि उसले असलियत बुझ्दैछ । ती धनी बाबुका छोराछोरी दीपकसँग नजिकिएका, रत्तिएका त उसको साथमा भैरहने जडीबुटीले पो रहेछ ! “मान्छे एक जूनी जिउँछ । मस्ती गर्नुपर्छ”,…

Comments Off on समयलाई युरोपमै बूढो बनाएँ, तर छोराछोरी …

आधुनिक उन्माद

(कविता ) आधुनिक उन्माद  याद गर्ने बेलामा सपनाहरुलाई याद नगर्ने, ब्युझिने बेलामा स्पेनका साँढेझै, अजिव अजिवका तमासा देखाउदै, भावनाका कोमल थुँगाहरुलाई किचिमिची पारेर, बिजयको उन्माद देखाउने के भएको हाम्रो समाज ? आज लयमा छ, अर्को दिन लय बिग्रिन्छ, आज भावनामा छ , तर, अर्को दिन आवेगले तर्सिन्छ यहाँ त लय मिलाउने भानु गला चाहिएको छ, भावनाले संकेत् गर्ने कर्मबिर घाँसी…

Comments Off on आधुनिक उन्माद

होली

कविता  उठाएर काला धब्बा पृथ्वीबाट सूर्यका किरणहरु आकाश तिर उठेका छन हावामा मौसम बदलिएको छ अनौठो प्रतित भएको छ एक बिचित्र दिव्य सन्तोष छ मनमा लाग्छ यो मेरै लागी सुनौलो छ आउ सुन्दर रंगहरुले रंगाउ मलाइ रातो, निलो, हरियो वा पहेलो जस्तो चाहन्छौं तिमी रंगाईदेउ मलाइ बनाइदेउ सुन्दर केहीले देख्न सकुन भित्री सुन्दरता सबैले बुझ्न सकुन त्यसैले भिन्न भिन्न रंगहरुमा…

Comments Off on होली

युरोपबाट कविता सग्रह प्रकाशन गरिने

युरोपेली नेपाली डायस्पोरामा रहेका नेपाली कविहरुका कविता संकलन गरी कविता सग्रह प्रकाशन गरीने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता सग्रहको प्रकाशन गर्न लागेको हो। थुप्रै कविहरुका कविता प्राप्त भएको र अन्य केहि थप कविताहरु अप्रिल महिनाभरी संकलन गरी छिट्टै प्रकाशन गरिने अनेसास बेल्जियमले जनाएको छ। कविता पठाउन चाहनुहुने कविहरुले व्यक्तिगत विवरण (नाम,  नेपालको ठेगाना हाल बसोसाव गरेको देश…

Comments Off on युरोपबाट कविता सग्रह प्रकाशन गरिने

बेल्जियममा विश्व कविता दिवस मनाईयो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले कविता गोष्ठीको आयोजना गरी विश्व कविता दिवस मनाएको छ। कविता दिवसको अवसरमा नेपाली कविहरुले कविता तथा मुक्तक सुनाएका थिए। कार्यक्रममा कविहरु बिमल गिरी, दीपकज्योति पौडेल, सौरभ कारंजित, माधव सापकोटा, मोहन खत्री, परमानन्द सापकोटा र कवयित्री सीता सापकोटाले आ आफ्ना कविता एंव मुक्तक सुनाएका थिए। आइतवार बेल्जियमको लुभेनमा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न…

Comments Off on बेल्जियममा विश्व कविता दिवस मनाईयो

बेल्जियममा काव्य गोष्ठीको आयोजना

विश्व कविता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक काव्य गोष्ठीको आयोजना गरेको छ । कार्यक्रम यहि मार्च २० आइतवार बेल्जियमको लुभेनमा सम्पन्न हुदैछ । साझ ठिक ५ बजेबाट शुरु हुने कार्यक्रममा बेल्जियम स्थित कवि  तथा साहित्यकार्हरुलाई उपस्थितिको लागी आमन्त्रण गरेको छ ।

Comments Off on बेल्जियममा काव्य गोष्ठीको आयोजना

स्रष्टालाई परिचयपत्र वितरण गरिन

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्रष्टाका सिर्जना बापतको लेखकस्व नयाँ ढङ्गबाट वितरण गर्न र विधागत रुपमा स्रष्टालाई परिचयपत्र वितरण तत्काल सुरु गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा मन्त्री राईले भन्नुभयो, “रोयल्टी सङ्कल तथा वितरण कार्य नयाँ ढङ्गबाट गर्न र विधागत परिचय वितरणका लागि मन्त्रालयले मापदण्ड तयारी गरिरहेको छ ।” विगतमा जस्तो सरकारले स्रष्टालाई नचिन्ने र…

Comments Off on स्रष्टालाई परिचयपत्र वितरण गरिन

राष्ट्रिय कविता महोत्सवको आयोजना

नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते…

Comments Off on राष्ट्रिय कविता महोत्सवको आयोजना