लोकल हिरो

कथा पंचम अधिकारी ♦ म एकदम शान्त र लजालु ठिटो हुँ । एकदिन मेरो स्तर उकास्नै पर्‍यो भनेर निश्चय गरेँ । २३ वर्षे उमेरमा कम्प्युटर इन्जिनियर भएर पनि गोज्याङ्ग्रो नाम मैले नै कमाएको थिएँ । पढ्न त पढ्यो तर चतुर भएन, कमाउ जागिर त पायो तर फुर्तिलो भएन, बाउआमाको काखमा हुर्कियो तर संसार चिनेन भनेर मेरा कुरा काट्नेहरू अचाक्ली थिए ।…

Comments Off on लोकल हिरो

ए नयाँ बर्ष !

आज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको छ नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको छ-२ तर क्यालेनडरका दिनमात्रै अघि बिकाश त उही धेरै पछाडीनै छ महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध र फोहोर जस्ताको तस्तै छ -२   ए नयाँ बर्ष, यो बर्ष तिमि, आमाको  रगत चुस्ने कुनैपनि राक्षसहरुलाई नलिईकन ए नयाँ बर्ष, यो बर्ष तिमि, देश बिगार्ने…

Comments Off on ए नयाँ बर्ष !

ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

नेपाल ब्रुसेल्स मिलन केन्द्र बेल्जियमले गएका बर्षझै, नयाँ नेपाली बर्ष २०७४ साललाई भब्यताको साथ स्वागत गर्दै शुक्रबार १४ अप्रिल २०१७ माबेल्जियमको राजधानी ब्रुसेल्समा भब्यताको साथ सम्पन्न गरेको छ | संस्थाका अध्यक्ष यज्ञ बहादुर गुरुङ्को सभापतित्वमा र बेनेलक्सका महमहिम राजदुत श्री लोक बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको एसकार्यक्रममा , सभापति र प्रमुख अतिथि लगाएत बिशिस्ट अतिथिहरु एन आर एन केन्द्रिय…

Comments Off on ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

 ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

     लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक  डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  ।         बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा…

Comments Off on  ‘युरेसियाको स्पर्श’ लण्डनमा सार्वजनिक

बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेल्जियमको एन्टवर्पमा “संरक्षण कविता आन्दोलन, यूरोप” को तेश्रो कार्यक्रम काव्य-गोष्ठी र काव्य-बहससहित १२ फेब्रुअरीमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी एनआरएन सँघका केन्द्रीय सचिव अर्जुन श्रेष्ठले बेल्जियममा आन्दोलनको प्रभाववारे प्रकाश पारेका थिए भने आन्दोलनका संयोजक दीपेन्द्र के.सी.ले आन्दोलनबारे चर्चा गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरु शँकर बजगाई, जगदीश सापकोटा, युवराज गुरुङ, जमुना गैरे बाँस्तोला, मोहन खत्री, परमानन्द…

Comments Off on बेल्जियमको एन्टवर्पमा संरक्षण कविता आन्दोलन

बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

     लघुकथा लेखनमा छुट्टै पहिचान बनाइसकेका बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथा सङ्ग्रह 'कवच' नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास 'श कर्नर'मा आफैले सार्वजनिक गरेका छन् ।        बेलायतको 'एयोट सन्ट लरेन्स'मा अवस्थित निवासमा करिब पैतालिस वर्ष  बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा…

Comments Off on बेलायतमा बजगाईंको ‘कवच’ सार्वजनिक

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरेका थिए ।  कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले…

Comments Off on साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्वघाटन गर्नु भएको थियो । राजदूत थापाले…

Comments Off on बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

नर्वेमा पहिलो पटक देवकोटाको सम्झना

युरोपेली मुलुक नर्वेमा पहिलो पटक नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको आयोजनामा मंगलवार नर्वेको बोडोमा भएको १०८ औ लक्ष्मी जयन्ती कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै सम्झनामा आ आफ्ना रचना वाचन गरेका थिए । अनेसास नर्वेले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । देवकोटाको तस्विरमा फूलमाला अर्पण गर्दै राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा खुम ढकाल,…

1 Comment

नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा  सुमन धिमाल निर्वाचित भएका छन । आगामी दुई वर्षे कार्यकालको लागि सदस्यमा  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी ,…

1 Comment

राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले १०८ औ लक्ष्मी जयन्तीको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन गरिरहेको नेपाल ब्रसेल्स मिलन केन्द्र संगै कार्यक्रम यहि नोभेम्वर १२ मा हुदैछ । बेल्जियमको  Jorezstraat-8,1070 Anderlecht मा बिहान ११ बजे कार्यक्रम शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।…

Comments Off on राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

पोर्चुगलमा रहेका नेपालीहरुले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान र सम्झनामा साहित्यक कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरआवासीय नेपाली संघ पोर्चुगलको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम सम्पन्न भएको थियो । १०७ औ लक्ष्मी जयन्तिको अवसरमा मंगलवार राजधानी लिस्बोनमा आयोजित कार्यक्रममा सुनिल संगम, भीमकमल केसी, वाई बि गुरुङ, कृष्णकडेल जीज्ञासु लगायतले महाकविको आ-आफ्नो रचनाहरु बाचन गरेका थिए। अनेसास…

Comments Off on पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको  स्मरण गर्दै बेल्जियममा  १५१ औ मोती जयन्ती मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८…

Comments Off on बेल्जियममा भाषा स्कुलका विद्यार्थीसंग मनाइयो मोती जयन्ती

बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५१ औ जन्मजयन्तीको अवसरमा  बेल्जियमको अन्त्वेर्पेंनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि सेप्टेम्वर १७ मा होटल नेशनलमा हुदैछ ।  शनिवार दिनको २.३० बाट शुरु हुने उक्त कार्यक्रममा  बेल्जियम स्थित  बिभिन्न संघ सस्थाका प्रतिनिधिका साथै सम्पूर्ण साहित्य अनुरागीहरुमा उपस्थितिको लागि अनेसास बेल्जियमले अनुरोध गरेको छ । कार्यक्रममा नेपाली…

Comments Off on बेल्जियमको आन्त्वेर्पेंनमा साहित्यिक कार्यक्रमको आयोजना

मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’

युवाकवि मोतीराम भट्टको १५१ औँ जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौँ अभियान’ बारेमा बृहत् छलफल कार्यक्रम गरियो । पछिल्लो समयमा नेपाली भाषा शिक्षणमा आइरहेको समस्यालाई केन्द्रमा राखी भक्तपुरको बागीश्वरी उमाविले साक्षात्कार कार्यक्रम गरेको हो । साक्षात्कारमा ‘नेपाली भाषा बचाऔँ अभियान’ का अभियन्ता एवम् नयाँ वर्णविन्यासका पक्षधरहरुको सहभागिता रहेको थियो । त्रिवि नेपाली भाषा विभागका प्रमुख प्रा डा देवीप्रसाद गौतमले…

Comments Off on मोती जयन्तीमा ‘नेपाली भाषा बचाऔँ अभियान’