भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘भोजपुर प्रतिभा पुरस्कार’ युवाकवि विमल गिरीलाई र ‘भोजपुर प्रतिभा सम्मान’ वरिष्ठ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहनु भएका कवि तथा गजलकार गिरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेल्जियमका अध्यक्ष समेत हुनुहुन्छ । भोजपुर प्रतिभा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै…

Comments Off on भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

म्यान बुकर पुरस्कारबाट लघु कथाकार पुरस्कृत

यस वर्षको ब्रिटिश Man Booker International Prize अमेरिकी (लघु) कथाकार लिदिया डेभिसलाई प्रदान गरिएको । ६० हजार ब्रिटिश पाउण्डको सो पुरस्कार उत्कृष्ट योगदान दिने साहित्यकारलाई दिइन्छ । ज्यादाजसो साहित्यिक पुरस्कारहरू उपन्यासकार वा ठूला ग्रन्थका लेखकहरूलाई दिइने गरेकोमा यस वर्ष (२०१३) मा लघुकथा क्षेत्रमा दिएर नयाँ सन्देश दिइएको समिक्षकहरूले बताएका छन् । पुरस्कारका लागि अन्तिम चरणमा भारत, पाकिस्तान, युक्रेन, चीन, फ्रान्स,…

Comments Off on म्यान बुकर पुरस्कारबाट लघु कथाकार पुरस्कृत

अश्लील साहित्य लेख्ने कारवाहीको भागी !

सरकारले विश्वविद्यालय, विद्यालय तथा अन्य पुस्तकको मापदण्ड तय गर्न ‘राष्ट्रिय पुस्तक परिषद्’ बनाउने तयारी गरेको छ । त्यसका लागि तयार ‘राष्ट्रिय पुस्तक नीति २०६९’ को मस्यौदामा अन्तिम छलफल गरेर मन्त्रिपरिषद्मा लाने तयारी भइरहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । नीति पास भए परीक्षाजन्य सामग्री गाइड तथा गेसपेपर लेख्ने, लेखक परिचयबिना अश्लील पुस्तक लेख्ने, सन्दर्भ सामग्रीको प्रयोग नगरी पाठ्य पुस्तक लेख्नेहरू…

Comments Off on अश्लील साहित्य लेख्ने कारवाहीको भागी !

आफ्नाका मात्रै कहिलेसम्म छापिरहने ?

पंक्तिकारले मिडियामा काम गर्न थालेको दुई दशक पनि पुगेको छैन । नेपाली मिडियामा यस अवधिमा धेरै कुरा परिवर्तन भएका छन् । अन्य विषयबारे चर्चा र बहस भए पनि साहित्य र मिडियाको परिवर्तित दृष्टिकोणबारे चाहिँ खासै लेखिएको अझै पनि पाइँदैन । हामीले पत्रकारिता सुरु गर्दाको समय यस्तो थियो, असल साहित्यलाई पत्रिकाले ठाउँ दिनु सम्पादक र प्रकाशकले अपराध ठान्थे । कतै कुनामा…

Comments Off on आफ्नाका मात्रै कहिलेसम्म छापिरहने ?

प्रगतिशील साहित्यकारहरुको नयाँ नेतृत्व

प्रगतिशील साहित्यकारहरुको साझा संगठन प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शुक्रबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद् र ४५ सदस्यीय केन्द्रीय समिति समेत चुनेको हो ।संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दुःखी चुनिएका छन् । महासचिव, सचिव र…

Comments Off on प्रगतिशील साहित्यकारहरुको नयाँ नेतृत्व

‘द सुप्रिम ह्युमन’ उपन्यास नेपाली र अंग्रेजीमा

 ‘द सुप्रिम ह्युमन’ नामक औपन्यासिक कृति नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ । लेखक रमेश पौडेलद्वारा लिखित यो पुस्तक नेपाली संस्करण डिकुरा पब्लिकेसनबाट र अंग्रेजी संस्करण डोरेन्स पब्लिकेसन अमेरिकाले प्रकाशनमा ल्याउन लागेका हुन् । पुस्तकको नेपाली संस्करण चैत मसान्तभित्रै बजारमा ल्याउने डिकुरा पब्लिकेसनले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । यस पुस्तकको अंग्रेजी संस्करण…

Comments Off on ‘द सुप्रिम ह्युमन’ उपन्यास नेपाली र अंग्रेजीमा

अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयी पुरस्कृत

kabitaए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो । यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने रुपन्देहीका श्रीजन शर्मा र नुवाकोटका कृष्णकिशु न्यौपानेलाई पनि तीन सय अमेरिकी डलरको पुरस्कार दिइयो । उक्त पुरस्कार आज काठमाडौँमा आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको थियो |
(more…)

Comments Off on अन्तर्राष्ट्रिय कविता महोत्सवका विजयी पुरस्कृत

साहित्य महासङ्घको केन्द्रीय चुनाव २८ जुनमा

Sahitya GFNLविश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने छ ।

निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछ । निर्वाचनलाई सहजरुपबाट सम्पन्न गर्न सल्लाहकार तथा पूर्व राजदुत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा सर्वसम्मत चयन गरिएको छ । (more…)

Comments Off on साहित्य महासङ्घको केन्द्रीय चुनाव २८ जुनमा

‘चक्रव्यूहमा चन्द्रसूर्य’को लोकप्रीयता

चक्रव्यूहमा चन्द्रसूर्यपुस्तक प्रकाशनको क्रम बढे पनि मोफसलमा लेखक-पाठक अन्तरक्रिया खासै हुने गरेको छैन । यो पृष्ठभूमिमा ‘चक्रव्यूहमा चन्द्रसूर्य ‘ का लेखक सरोजराज अधिकारी भेटिँदा शुक्रबार पाठकहरूले घेरिहाले ।  

विवादित र चर्चित विषयवस्तुका कारण छोटो अवधिमै सांगि्रला बुक्सले तेस्रो संस्करण ल्याएको पुस्तकमा भारतसँग जोडिएका नेपालगन्जका मुद्दाले पनि ठाउँ पाएका छन् । लेखक, दलका प्रतिनिधि र पाठकले त्यसबारे खुलेर कुरा गरे ।
(more…)

Comments Off on ‘चक्रव्यूहमा चन्द्रसूर्य’को लोकप्रीयता