अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका चार कृति

अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले चार साहित्यिक कृति एकै चोटि प्रकाशनमा ल्याएको छ। सार्वजनिक भएका कृतिमा गोरखाका रामचन्द्र आचार्यको ‘भावना’ र झापाकी जया राईको ‘पार्क र पानीको थोपा’निबन्धसङ्ग्रह, गोरखाकै (हाल बेलायत) विकलचन्द्र आचार्यको ‘मोह′ उपन्यास तथा छानिएका नेपाली कविताहरुको अङ्ग्रेजी अनुवादसङ्ग्रह′हिमालयन सोल′(हिमाली आत्मा)छन्। पहिलो निबन्धसङ्ग्रहमा व्यङ्ग्य, बौद्धिकता र भावुकताले भरिएका १३ निबन्ध्ा छन् भने दोस्रोमा बेलायत बसाइका दैनिकी छन्। उपन्यासमा…

Comments Off on अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका चार कृति

मस्कोमा नेपाली ‘पुस्तक–प्रदर्शनी’

रुसको कृष्णसागर तटवर्ती स्वास्थ्य नगरी सोचीमा आगामी वर्षको ७ फेब्रुअरीदेखि आरम्भ शीतकालीन ओलम्पिक खेलको चिराग विश्वमा सर्वप्रथम अन्तरिक्षमा पुर्याइएको र मस्को मै सर्वप्रथम विश्वसुन्दरी प्रतियोगिता विजेता भेनेजुएलाकी युवतीलाई ताज पहिर्याइएको महत्वपूर्ण घटना घटेका दिन म नेपाली पाठकवृन्दलाई अर्कै एउटा घटनाको बारेमा संक्षेपमा बताउन अग्रसर भएको छु । मस्कोको एकदमै केन्द्रमा रहेको विश्वप्रसिद्ध रसियाली राजकीय पुस्तकालय (पुरानो नामः लेनिन पुस्तकालय) अन्तर्गत…

Comments Off on मस्कोमा नेपाली ‘पुस्तक–प्रदर्शनी’

बेल्जियममा लक्ष्मी जयन्ती सम्पन्न

बेल्जियममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औँ जन्म-जयन्ती एक साहित्यिक कार्यक्रमका साथ सम्पन भयो |सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा बुधवार बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको हो| कार्यक्रममा कवि बिमल गिरीले देवकोटाले नै नेपाली साहित्यमा स्वच्छन्दताको प्रवेश गराएको बताउदै उनका कृतिहरुलाई बिभिन्न भाषामा उल्था गरी प्रचारप्रसार गरेमा उनीप्रति श्रद्धासुमन ठहरिने बताए| कार्यक्रममा उपन्यासकार पंचम अधिकारीले देवकोटाको जीवनी र साहित्यिक…

Comments Off on बेल्जियममा लक्ष्मी जयन्ती सम्पन्न

महाकवि देवकोटाको सम्झना

देश-विदेशमा बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान रहेको छ। मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। पण्डित तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवकोटाको साइलो…

Comments Off on महाकवि देवकोटाको सम्झना

‘शान्ता’ उपन्यासको दोस्रो संस्करण, अनलाइन संस्करण र अङ्ग्रेजी अनुवाद

वरिष्ठ पत्रकार एवम् मानवअधिकारकर्मी पुरुषोत्तम दाहालद्वारा लिखित ‘शान्ता’ उपन्यासको दोस्रो संस्करण बजारमा आएको छ ।अङ्ग्रेजी अनुवादसमेत प्रकाशोन्मुख रहेको ‘शान्ता’ उपन्यासको दोस्रो अनलाइन संस्करण पनि आजै सार्वजनिक गरिएको छ । मानवीय संवेदना, विवेक र अङ्गदानसँग जोडिएको ‘शान्ता’ उपन्यासले खासगरी विवेक र अविवेकबीचको सङ्घर्षलाई उतारेको छ । यस्तै बचाउने र बाँच्ने इच्छाजनित उत्कर्षको संवेदनालाई पात्र, स्थान, घटना र अनुभूतिको यथार्थभित्र समेटेको छ…

Comments Off on ‘शान्ता’ उपन्यासको दोस्रो संस्करण, अनलाइन संस्करण र अङ्ग्रेजी अनुवाद

बेल्जियममा लक्ष्मी-जयन्ति मनाइँदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले लुभेनमा १०४ औँ लक्ष्मी जयन्ति मनाउने भएको छ| समाजले महाकवी लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउन लागेको जानकारी गराउदै बेल्जियमस्थित सम्पूर्ण साहित्यिक स्रष्टाहरुलाई कार्यक्रममा सहभागी भै भव्य रुपमा सम्पन्न गर्न आब्हान समेत गरेको छ| यसै बीच समाजको तेश्रो अधिवेशन समेत हुने भएको छ|तेश्रो अधिवेशनमा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरेको…

Comments Off on बेल्जियममा लक्ष्मी-जयन्ति मनाइँदै

‘डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि’ शीर्षकमा यु. के. मा अन्तरक्रिया

बेलायतको लन्डनस्थित थेम्स एकेडेमीमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले शुक्रबार महाकवि देवकोटा जयन्ती मनाएको छ । अनेसास बेलायतका अध्यक्ष डा रूपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाकवि देवकोटाको सङ्क्षिप्त जीवनी एवं कवित्वको संस्मरण गरिनुका साथै 'डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि' शीर्षकमा बृहत् अन्तरक्रिया आयोजना गरिएको थियो । समालोचक एवं त्रिविवि नेपाली विभागका प्राध्यापक डा खगेन्द्र लुइँटेलले…

Comments Off on ‘डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि’ शीर्षकमा यु. के. मा अन्तरक्रिया

यौन विज्ञान प्रबन्ध ‘सृष्टिको रोमान्स’ बजारमा

यौन चिकित्सक सुबोधकुमार पोखरेलको यौन विज्ञानमा आधारित प्रबन्धको सङ्गालो ‘सृष्टिको रोमान्स’ नामक कृति बजारमा आएको छ। सो पुस्तकमा हस्तमैथुनः आवश्यकता कि विवशता, यौन, यौवन, मैथुन र संभोग, यौवनको बगँैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र अश्लील, भोगीको भटभटेमा जोगीको डेरासम्म, प्रतिनिधि कथा, नारी पुरुष सबन्धका रुपहरु, प्रेम र घृणा, चरम आनन्द, यौन विचलन, समलिङ्गी सम्बन्धदेखि यौन शिक्षाका सम्बन्धमा आधारित विषयवस्तु…

Comments Off on यौन विज्ञान प्रबन्ध ‘सृष्टिको रोमान्स’ बजारमा

एनआरएन सँघद्धारा अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी

गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हिजो असोज २३ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी २०७० आयोजना गरियो । सङ्गोष्ठीको उदघाटन गर्दै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले नेपाली समाज साहित्यको क्षेत्रमा समृद्ध रहेको तथा पौराणिक ग्रन्थका कारण नेपाली साहित्य उत्कृष्ट तथा कालजयी हुनु सबैको लागि प्रेरणादायी भएको टिप्पणी गर्नुभयो । त्यसैगरि राज्यले साहित्यको क्षेत्रमा गरेको सकारात्मक प्रयास सन्तोषजनक…

Comments Off on एनआरएन सँघद्धारा अन्तर्राष्ट्रिय नेपाली साहित्य सङ्गोष्ठी

युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

बेल्जियममा रहेका नेपालीहरूका गतिविधि तथा नेपाल र युरोपेली देशहरूको सम्बन्धको बारेमा एक सँग्रहका रूपमा लेखक दीपकज्योति पौडेलको पुस्तक ‘युरो-नेपाल सामान्य ज्ञान’ हिजो बेल्जियमको लुभेनमा विमोचित भयो । बेल्जियम र युरोपेली सँघका लागि नेपाली राजदूत राममणि पोखरेलले पुस्तक विमोचन गर्दै यो सँग्रह नेपाली गतिबिधिको अभिलेख बनेको उल्लेख गर्नुभयो । युरोपको पहिलो पुस्ताको यो गतिविधिहरू दोश्रो पुस्ताको निम्ति समेत पठनीय हुने राजदूत…

Comments Off on युरो-नेपाल गतिविधिबारे पौडेलको पुस्तक विमोचित

अमेरिकाको डिसीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका प्रतिनिधि व्यक्तित्वको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । तीनदिने सम्मेलनमा कार्यपत्रप्रस्तुत, कविता बाचन तथा अन्तरक्रिया लगायतका…

Comments Off on अमेरिकाको डिसीमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

शुभेच्छाहरु, तीजलाई

ए चेलीहरु ! यसपालि पनि मनग्गे शुभेच्छाहरु— रातो साडीमा सजिएको, पाइतालामुनि बुहार्तन कुल्चेर छमछमी नाचेको र, ठेट भाकामा मादलझै घन्किएको उमँगित तीजको । तर कति कति बेला कहालिन्छु म सम्झिएर — आफन्त÷माइती नभएकी वा, आफन्तै भएरपनि नसम्झिएकी कुनै चेलीको तीज, तीन दिन भो चुलोमा छाक नपुगेको रिगटे साइलीको तीज, र, दशकैपिच्छेको परिवर्तनले थामीनसक्नु पाएकी कुनै महिला नेतृको तीज । हो,…

Comments Off on शुभेच्छाहरु, तीजलाई

ककटेल साहित्यः सोमरस, नोवेल र पुलिट्जर

यो पनि एक अनुमान हो– लेखकहरु प्राय एक्लो हुन्छन्, त्यसैले पिउँछन् । प्रशिद्ध लेखका विलियम फल्कनर भनाइ छ– “म प्रायशः राति लेख्छु । सधैं मेरो ह्विस्की हातले भेट्ने ठाउँमा राख्छु ।” नपिइ लेख्नै नसक्ने लेखहरु धेरै रहेछन् । नेपाली साहित्यमा पनि रक्सीको प्रभाव प्रसस्त छ । हरिभक्त कटुवालका वारेमा भनिन्छ– जव पिउँथे र लेख्न थाल्थे फूल जस्ता उनका सुन्दर सिर्जनाहरुमा…

Comments Off on ककटेल साहित्यः सोमरस, नोवेल र पुलिट्जर

अनेसास बेलायतमा रूपक श्रेष्ठ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको अध्यक्षमा डा. रूपक श्रेष्ठ चयन भएका छन् । जुलाइ २० शनिबार बसेको अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सुमलकुमार गुरुङ तथा खगेन्द्र पाठक संयुक्तरूपमा सदस्य रहेको निर्वाचन मण्डलले श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नारायण गाउँले तथा महासचिव, सचिब र कोषाध्यक्षमा क्रमश:…

Comments Off on अनेसास बेलायतमा रूपक श्रेष्ठ

बेल्जियममा भानुको सम्झना

अन्तर्राष्ट्रिय नेपाल साहित्यिक समाज बेल्जियमले आन्त्वेर्पेन शहरमा आदिकवि भानुभक्त आचार्यको २०० औँ जयन्ती मनाएको छ । भानुभक्त आचार्यको साहित्यिक योगदानबारे चर्चा र कवि गोष्ठीको आयोजना गरी भानुको सम्झना गरिएको थियो । कार्यक्रममा उपन्यासकार पंचम अधिकारीले भाषा-साहित्य भनेको मानव जातिको प्रतिष्ठा हो भन्दै नेपाली साहित्यको विकास हुँदै गर्दा नेपालका अन्य राष्ट्रिय भाषाहरू र जातीय पहिचानको सवाल पनि साथसाथै अघि बढीरहने बताउनु…

Comments Off on बेल्जियममा भानुको सम्झना