स्कटल्यान्डमा अन्तर्राष्ट्रिय कविता गोष्ठी

स्कटल्यान्डको एबर्डिनमा हालै अन्तर्राष्ट्रिय कविता गोष्ठी सम्पन्न भएको छ। बेलायतमा सक्रिय रहेका अन्तर्राष्ट्रिय नेपाली बाङ्ग्मय (अनेवा), सोमनाथ शर्मा मेमोरियल ट्रष्ट र अर्गनाईजेसन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसिडब्लु) को संयुक्त प्रयासमा सो कार्यक्रम संचालन गरिएको थियो। नेपाल, बेलायत लगायत इजरेयलबाट करिब डेढ दर्जन कवि स्रष्ठाहरुले फोनका माध्यम द्वारा आफ्ना कविता वाचन गरेका थिए। सो कार्यक्रमलाई ओएनसिडब्लुको अनलाइन रेडियोमा लाइभ प्रसारण…

Comments Off on स्कटल्यान्डमा अन्तर्राष्ट्रिय कविता गोष्ठी

अमूर्त मन !

कविता कुनै अमूर्त चित्रकारको गम्भीर चित्रकला हातमा राखेर, र त्यस्तै मनहरु आफना सन्ततिका ! छातीमा राखेर साह्रै जटील लाग्न थालेका छन आमालाई ! बुझनै नसकिने रहस्यहरु अचेल ! एउटा प्रश्नको उत्तर भेटिएको छैन अझै बृद्धाश्रममा बुझाउने छोराको गुणी मनको, मीठो निवन्ध लेखेर उत्तरपुस्तिका भर्नलाई । आँखा बन्द गरेर मेटाउन सकिने रहेछ कसैको अमूर्त चित्रलाई तर यति भीषण आँधी चलाएर आँखाबाट…

Comments Off on अमूर्त मन !

नेपाली र कोरियन साहित्यकारबिच अन्तरक्रिया

नेपाली साहित्य समाज (नेसास) दक्षिण कोरिया र कोरियन साहित्यकारहरूको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली साहित्यकार र कोरियन साहित्यकारहरू बृहत उपस्थिती रहेको थियो । नेपालमा क्रियाशिल रहेको सँस्था नेपाल कोरियन कल्चर सेन्टरको शाखा कोरियामा पनि गठन गर्न आवश्यक पहल गर्ने र समय/समयमा कोरियन र नेपाली साहित्यकारहरू बिच अन्तरक्रिया कार्यक्रम गर्दै सष्ट्राहरुका रचनाहरू कोरियन र नेपालीमा…

Comments Off on नेपाली र कोरियन साहित्यकारबिच अन्तरक्रिया

हङकङमा कवि डी.बि. पालुङ्वाको ‘विसंगति’ बिमोचित

हंगकंगको जोर्डनस्थित नमोबुद्ध क्लबको सभा हलमा गीतकार तथा कवि डी.बि. पालुङ्वाको कविता संग्रह 'विसंगति' को बिमोचन यही फेब्रुवरी १६ आईतबार भयो । नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सुब्बा सम्बाहाङ्फे लिम्बु, नेपाली साहित्य प्रतिष्ठान हंगकंग सदस्य तथा भयबादका प्रवर्तक देश सुब्बा, सब्लाबुङ्ग साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशक राजकुमार राई, सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष तथा सिर्जनशील अराजक समुहका अभियान्ता हाङ्युग…

Comments Off on हङकङमा कवि डी.बि. पालुङ्वाको ‘विसंगति’ बिमोचित

अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत् उद्घाटन

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन भएको छ । साहित्यकार गोबिन्द गिरी प्रेरणा संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा बिद्युतिय संजाल एम्नेलिया डटकम (amnelia.org ) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल(आङ्किक) पत्रिकाको विमोचन समेत गरिएको छ । नेपाली…

Comments Off on अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत् उद्घाटन

भ्यालेण्टाइन डे

क्यालेण्डरमा दोहोरिनेछन् ती दिनहरु, फूलवारीमा फेरि फक्रनेछन् ती फूलहरु ! तर, फेरि जन्मनेछैन मेरो "भ्यालेण्टाइन डे" र, फक्रनेछैन मेरो सवैभन्दा "प्रिय गुलाफ" जसले सँगै विष पिएका थिए, त्यो रात जतिवेला- शहरभरि फैलिएको थियो तिम्रो प्रेमको मृत्युको खवर ! विचराहरुलाई के थाहा ? अफवाहको १४ फेव्रुअरी कसैको प्रेममाथी डाँका हालेर भ्यालेण्टाइन मनाइरहेछ १ यूरोको आयातित गुलाफले मदहोसीमा मातेर छाडा रातहरुमा ।…

Comments Off on भ्यालेण्टाइन डे

अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के.सी.

फेब्रुअरी १०, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको अध्यक्षमा दीपेन्द्र के.सी. निर्वाचित भएका छन् |सोमवार लुभेनमा सम्पन्न समाजको तेश्रो अधिबेशनले के.सी. लाई अध्यक्षमा निर्वाचित गरेको हो| दुई बर्षे कार्यकालको लागि राजकुमार पुडासैनी उपाध्यक्ष, दीपकज्योति पौडेल महासचिव, जे.बि. शेर्पा सचिव, परमानन्द सापकोटा कोषाध्यक्ष, त्यस्तै पंचम अधिकारी, नन्दराज घले, मोहन खत्री, हरी श्रेष्ठ, डिल्ली अम्याई र बिष्णु सापकोटा सदस्यमा निर्वाचित भएका छन्|…

Comments Off on अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के.सी.

अभि सुवेदीको ‘साहित्य र आमवृत्त’

साहित्य क्षेत्रमा डा. अभि सुवेदी अब्बल मानिन्छन्। उनी साहित्य क्षेत्रमा राम्रो दख्खल राख्छन्। उनले थुप्रै साहित्यिक कृतिहरू लेखेका छन्। उनका कृतिहरू अलि फरक खाले र विशिष्ट खालका हुन्छन्। उनले पछिल्लो समयमा ‘साहित्य र आमवृत’ पुस्तक लेखेका छन्। उनको यस पुस्तकमा नेपालको साहित्यिक विकासलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। नेपाली साहित्यमा रुचि राख्ने र साहित्य क्षेत्रको अध्ययन चाहने मान्छेका लागि यो…

Comments Off on अभि सुवेदीको ‘साहित्य र आमवृत्त’

कुलपति काइँलासहित अधिकांश प्राज्ञको बिदाइ

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काँइलासहित अधिकांश प्राज्ञको चारवर्षे कार्यकाल पूरा भएपछि उहाँहरूको आजबाट बिदाइ भएको छ । एघार जना प्राज्ञ परिषद् सदस्यसहित ३५ सदस्यीय प्रज्ञासभामा ३० जनाको आजबाट बिदाइ भएको हो भने बाँकी पाँच जनाको पदावधि आगामी वैशाख ९ गतेसम्म रहनेछ । परिषद्मा सदस्यसचिव सनत रेग्मी र प्राज्ञ सदस्य विष्णु प्रभात तथा सभामा तीन जना सदस्यको कार्यकाल बाँकी छ ।…

Comments Off on कुलपति काइँलासहित अधिकांश प्राज्ञको बिदाइ

पेन्सनपट्टा

सम्झनाहरु बल्झाउने पेन्सनपट्टा बोकेर हातमा पेन्सन क्याम्प आउने बाटो हेर्दैछिन आमा जग्गेका मण्डपहरुमा गरेका वाचाहरु जीवनभर साथ दिने कसमहरु त्यो पहिलो रातका कुराहरु मखमली चोली र चमेलीका कुराहरु बनारसी साडी र गोरखपुरका रेलका कुराहरु छुट्टी र दशैंका कुराहरु “कार्कीनेटा”को डाँडो हेर्दाहेर्दै थाकेको समयका कुराहरु एक शरद फुल्ने र, ओइलाउने मनफूलका कुराहरु, सवै पट्याएर आफुभित्र वावाको “प्रेमिल चिनो” अपूर्ण सम्झौतापत्र जस्तो…

Comments Off on पेन्सनपट्टा

मदनमणि दीक्षितसँगको त्यो आत्मीय क्षण

मलाई नेपाली वैदिक-साहित्यका यी मूर्धन्य महारथीको जीवनका अनेकौँ आरोह-अवरोहहरू सँगालीएको एउटा लामो अन्तरवार्ता 'यू-ट्यूव'का विभिन्न खण्डहरुमा हिजो लामो समयसम्म हेर्ने मौका मिल्यो। अत्यन्त केटौले-शैलीमा कुनै अध्ययन एवं पूर्व-तयारी पनि नगरी उरन्ठेउलो र असभ्य लाग्नेगरी सोधिएका प्रश्नहरू, हातको घडीसम्म र ओठको अन्तरा-कुन्तरा तथा कमिजका टाँकहरूसमेत आउने गरी अती सम्वेदनहिन तरिकाले 'जूम' गरिएर खिचिएका अत्यन्त भद्रगोले 'फूटेज'हरूमापनि दीक्षितज्यूको शालीन र सौम्य व्यक्तित्व…

Comments Off on मदनमणि दीक्षितसँगको त्यो आत्मीय क्षण

अ. ने. सा. स., बहराइन च्याप्टर गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं बहराइनका लागि कार्यवाहक नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी (दुबसु क्षेत्री) को अध्यक्षतामा यही २०७० कार्तिक १७ गते महाकवि देवकोटा जयन्तीको उपलक्ष्यमा बसेको बहराइनमा रहनु भएका नेपाली कवि, लेखक र कलाकारहरुको एक भेलाले श्रीमतीपुनम क्षेत्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बहराइन च्याप्टरको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा श्रीमती…

Comments Off on अ. ने. सा. स., बहराइन च्याप्टर गठन

अनेसास जापानमा नयाँ कार्यसमिति

अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आठौं कार्यसमितीको अध्यक्षमा आलोक चालिसे र महासचिबमा बिष्णु प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । यस अघि गत महिना, जनवरीमा सम्पन्न २५औ साहित्यिक शृंखला एबम संस्थाको आठौं अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसके पछि नयां कार्यसमिती चयनको लागि इ-भोटिंग प्रक्रिया अप्नाइएको थियो । इ-भोटिंग मार्फत शुरु गरिएको निर्वाचन प्रक्रियामा अन्तिम समयसम्ममा एक–एक जनाको मात्र उम्मेदवारी…

Comments Off on अनेसास जापानमा नयाँ कार्यसमिति

मातै काफी छ

कविता सम्झेर तिमीलाई पिइन कहिल्यै मैले तिम्रो सम्झनाको मातै काफी छ, खोजेर तिमीलाई हिडिन कहिल्यै तिम्रो मीठो सपनाको रातै काफी छ । भरिएको त वोतलमात्रै हो हेर्दै लाग्ने तिम्रो रुपको मातै काफी छ, भो वाचा कसममा पुग्दिन म मनकै गुलाफ लजाउने वातै काफी छ । जोवनै खोजेको छैन अहिल्यै मैले सहाराको एउटा हातै काफी छ मीठो सपनाको रातै काफी छ…

Comments Off on मातै काफी छ

प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका लागि समारोह समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा यही मार्च १ र २, २०१४ मा न्यूयोर्कमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह गठन गरिएको छ । जसमासीता पाण्डे, गंगा लिगल, आचार्य प्रभा, भगवती बस्नेत, मिना शाक्य, सावित्री श्रेष्ठ, जोत्सना राना, संचिता शर्मा, राधा बस्नेत, हरिमाया भेटवाल, बिष्णुमाया परिवार, बिष्णु थापा,…

Comments Off on प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलनका लागि समारोह समिति गठन