बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

बेल्जियम र अमेरिकाका एक देशका नागरिक अर्को देश जाँदा अग्रिम भिसा लिनु पर्दैन । तर अमेरिकी अधिकारीहरूले यो नियममा कडाइ गर्न सक्ने सूचना बेल्जियम सरकारलाई दिएका छन् । बेल्जियन पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा प्रावधान लगाउनु अघि ३ महिने प्रष्टिकरणको म्याद अमेरिकीहरूले दिएका छन्, बेल्जियम अध्यागमन मन्त्री थियो फ्रान्केनले ‘द तेइद’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उल्लेख गरेका छन् । अमेरिकी सुरक्षा…

Comments Off on बेल्जियम पासपोर्टवालालाई अमेरिका प्रवेशमा अग्रिम भिसा ?

ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

"नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्र" ले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम अभिभावक दिवस तथा सरस्वती पूजा गत माघ २२ गते अर्थात फेब्रुवरी ४ मा एक समारोहका बीच मनाएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको सकृयतामा बेल्जियममा रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरि नेपाली भाषा कला  र संस्कृति सिकाउने हेतुले एक बर्ष अघि देखि बेल्जियमको राजधानी ब्रसेल्समा कक्षाहरू संचालन भइ रहेको छ…

Comments Off on ब्रसेल्समा नेपाली भाषाका विद्यार्थीहरूले मनाए सरस्वती पूजा

बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बेल्जियममा तामांग समाज बेल्जियमले २८५३ सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ ।  कार्यक्रमका लागि नेपालबाट कलाकारहरु संजय लामा, रश्मी तामांग, सागर वाइवा, मेघ लामा र नेपाली तारा -२ सन्तोष लामा बेल्जियम आउदै छन् । चरा वर्गको अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने भएका छन् । कार्यक्रम यहि २८ जनवरीमा बेल्जियमको लुभेनस्थित ओन्स हाउसमा साझ…

Comments Off on बेल्जियममा ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना

बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

बाग्लुंग समाज बेल्जियममा गङ्गा प्रसाद शर्माको नेतृत्वमा नयाँ समिति  चयन भएको छ  । सोमवार बेल्जियमको लुभेनमा भएको समाजको तेश्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन पन्त, धर्म पाठक, र संजय राजभन्डारी चयन भएका छन । आगामी दुई वर्षे कार्यकालको लागि महासचिवमा परमानन्द सापकोटा, सचिव निरज शर्मा, कोषाध्यक्ष दुर्गा सापकोटा र  सहकोषाध्यक्ष निलकन्ठ आचार्य रहेका छन् । त्यसै गरि सदस्यहरुमा दीपेन्द्र केसी, पुनम शर्मा,जयराम…

Comments Off on बाग्लुंग समाज बेल्जियममा नयाँ नेतृत्व

बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् । हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र…

Comments Off on बेल्जियममा मनाईयो ल्होछार (फोटो फिचर)

बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

तमु समाज बेल्जियमले २६०१ औ तमू ल्होछार बेल्जियमको आन्त्वेर्पेंनमा मनाउने भएको छ । कार्यक्रम यहि डिसेम्वर ३० अर्थात् पौष १५ का दिन अन्त्वेर्पेंन स्थित Schijnpoort मा आयोजना गरिएको छ । ल्होछार पर्वलाई भव्य रुपमा मनाउनको लागि  बालेन्द्र गुरुंगको संयोजकत्वमा ७१ सदस्यीय आयोजक समितिको गठन गरिएको छ  । समितिमा बेल्जियमका बिभिन्न सहरबाट सदस्य रहेका छ । तमु समाज बेल्जियमले ल्होछार पर्वको अवसरमा नेपालीहरुलाई परम्परागत…

Comments Off on बेल्जियममा २६०१ औ ल्होछारको आयोजना

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सोमवार बेल्जियमको लुभेनमा आयोजनागरेको एक कार्यक्रममा सम्मान गरेको थियो । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरेका थिए ।  कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले…

Comments Off on साहित्यकार तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित

बेल्जियममा नेपाल संवत मनाइयो

बेल्जियममा नेपाल संवत ११३७ एंव म्ह पूजा संस्कृतिक कार्यक्रमका साथ मनाइयो । बेल्जियमको अन्त्वेर्पेंनमा गत साता पासापुँच वेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा गायक स॔जिव प्रधान र गायिका नलिना चित्रकारकाले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार द्वयलाई स्थानीय कलाकारहरुले नेवारी र नेपाली गीतनृत्यले सघाएका थिए । भिम (रोशन) जोशीको सभापतित्व र बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सूर्यनारायण…

Comments Off on बेल्जियममा नेपाल संवत मनाइयो

बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन भनि देउसीमा खेल्दै भैलीमा खेल्दै आइमा पुग्यौ’ मन्चमा पुगेर उनले दर्शक सामु सुनाए र गुरु मादल बजाएर जगाए । उनको साथ सहभागी थिए युरोनेपाल कलाकार…

Comments Off on बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा…

Comments Off on बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

ब्रसेल्समा पनि देउसी र भैलो

नेपाली भाषा, रितिरिवाज र संस्कृतिको जगेर्नामा कृयाशील नेपाल ब्रुस्सेल मिलन केन्द्रले देउसी र भैलो कार्यक्रम पनि नछुटाउने भएको छ | केन्द्रको बैठकले निम्न सेन्टरहरु तोकेको छ- 29/10/2016 शनिबार राति ९.३० देखि पारश गौतमको घरमा 30/10/2016 आइतबार सेन्टरको पसलहरुमा अनि त्यसपछि प्रशान्त श्रेष्ठको घरमा 31/10/2016 सोमबार राति ६ बजेदेखि गुरुङको  घरमा 01/11/2016 मंगलबार राति ८ बजे देखि हरि कृष्ण श्रेठको घरमा…

Comments Off on ब्रसेल्समा पनि देउसी र भैलो

बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ । कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् । संघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा सधै देउसीभैलो सांस्कृतिक साँझको आयोजना गर्दै आइरहेको छ । प्रवासमा नेपाली कला संस्कृतिको जगेर्नाका लागि संघले केहि वर्ष अघिदेखि…

Comments Off on बेल्जियममा देउसीभैलोको आयोजना

एनआरएनए बेल्जियमको वार्षिकसाधारणसभा अक्टोवर २३ मा

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) बेल्जियमको वार्षिक साधारणसभा बेल्जियमको लुभेनमा हुदैछ । यहि अक्टोवर २३ आइतवारका दिन लुभेन स्थित ओन्सहाउसमा आयोजना गरिएको कार्यक्रममा सहभागिताको लागि एनआरएनए बेल्जियमले बेल्जियम स्थित सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेको छ । साथै एनआरएनए बेल्जियमले वार्षिक साधारणसभाका लागि सम्पूर्ण तयारीहरु पूरा गरेको अध्यक्ष गंगाधर गौतमले बताए  । कार्यक्रम दिनको ठिक १ बजे बाट…

Comments Off on एनआरएनए बेल्जियमको वार्षिकसाधारणसभा अक्टोवर २३ मा

कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

कास्की समाज बेल्जियमको प्रथम अधिवेशन बेल्जियमको ल्युभेनमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले गमबहादुर गुरुङको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । ९ सदस्यीय समितिका उपाध्यक्षमा डिल्लीराम भण्डारी, शिव तिमिल्सिना, महासचिबमा तिर्थराज धमला, सचिबमा राजेन्द्र कार्की, कोषाध्यक्षमा बैकुण्ठ पहारी र सदस्यमा रमेशराज लामिछाने, रामचन्द्र सुवेदी, कृष्ण अधिकारी, जनकराज सुवेदी रहेको छन । तदर्थ समितिका संयोजक पूर्ण तिमिल्सिनाको अध्यक्षतामा र जेष्ठ…

Comments Off on कास्कीसमाज बेल्जियमको प्रथम अधिबेशन सम्पन्न

रमाइलो गरेर मनायो क्षेत्रीसमाज बेल्जियमले दसैँ(फोटो फिचर)

क्षेत्री समाज बेल्जियमले एक आपसमा भेटघाट, खानपिनका साथै एक सांगीतिक कार्यक्रमको आयोजना गरि बडा दसैँ मनायो  । कार्यक्रममा स्पेनबाट आएका गायक तुलसी सिवाकोटीको साथै स्थानीय कलाकार हिना कार्की, रमेश कार्की, सम्पदा न्यौपाने, निकिसा केसी, रोहन केसी, दीपिका केसी, सम्झना कार्की, एडिना केसी, बिकाश केसी, सरिना पौडेल र योगिता थापाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । बेल्जियमको अन्त्वेर्पेंनमा गत आइतावार आयोजना…

Comments Off on रमाइलो गरेर मनायो क्षेत्रीसमाज बेल्जियमले दसैँ(फोटो फिचर)