एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

एन आर एन स्विजरल्याण्ड को आयोजनामा भएको युरोप स्तरिय फुटबल प्रतियोगिता मा बेल्जियम को चहलपहल टिम बिजयी भएको छ । गत शनिबार र आइतबार स्विस को आराउ भन्ने ठाउँ मा भएको उक्त कार्यक्रम मा ३ गोल ले जित हासिल गरेको हो । सयौ नेपालीहरुको उपस्थिती रहेको फाइनल खेल बेल्जियम को चहलपहल र होल्यान्ड बिच हौसल्लाका साथ भएको थियो ।खेल भएको…

Comments Off on एनआरएन युरोकपको उपाधी चहलपहल बेल्जियमलाई

नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ

वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ। अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ…

Comments Off on नि:शुल्क टिकट र भिसा दिँदा कामदारको ५० अर्ब जोगिन्छ

अमेरिकी टिपीएस सुविधाको एनआरएन अमेरिकाद्वारा स्वागत

मंगलबार सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठकले अमेरिकी सरकारको नेपालमा गएको प्रलयकारी भूकम्पले प्रभावित कागज पत्र बिहिन नेपाली अमेरिकनलाई जुन २४, २०१५ देखि लागु हुने टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) प्रदान गर्ने निर्णयको स्वागत गरेको छ। बैठकले टेमप्रोररी प्रोटेकटेड स्टाटस (टिपीएस) हताक्षर अभियान देखि निरन्तर क्रियाशील कानुन ब्यबसायी डिल्लीराज भट्टलाई धन्यवाद ज्ञापन गर्दै महत्वपूर्ण…

Comments Off on अमेरिकी टिपीएस सुविधाको एनआरएन अमेरिकाद्वारा स्वागत

एनआरएन युरोकप हुदै

भोलि अर्थात २७ जुन एनआरएन युरोकप प्रतियोगिता हुदैछ।एनआरएन स्विजरल्याण्डको आयोजनामा स्विजरल्याण्डमा सम्पन्न हुन् लागेको प्रतियोगितामा बेल्जियमबाट सर्वाधिक पाच, जर्मनीबाट दुई, स्पेन, ईटली, फिनल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, लक्जम्बर्ग, डेनमार्क, नर्बे र स्विजरल्याण्डबाट १र१ गरि ११ देशका १६ टिमले भाग लिदै छन। खेल जुन २८ मा सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद दुई हजार एक सय, एक…

Comments Off on एनआरएन युरोकप हुदै

संविधान निर्माणमा भएको सहमतिको NRN सँघद्वारा स्वागत

संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघले  स्वागत गरेको छ । अध्यक्ष शेष घलेले बुधबार विज्ञप्तिमार्फत १६ बुँदे सहमतिको स्वागत गरेका हुन् । देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,पुनर्स्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व…

Comments Off on संविधान निर्माणमा भएको सहमतिको NRN सँघद्वारा स्वागत

रुसको राजधानी मस्कोमा बौद्ध-विहार

रुसको राजधानी मस्कोको उत्तर–पूर्वी क्षेत्र ओत्राद्नोए इलाकाको नोभोभ्लादिकिन्स्की मार्गमा बौद्धविहार बौद्धविहार बन्ने भएको छ । मस्को बौद्ध समाजको सक्रियतामा बन्न लागेको विहारको नक्सा तयार भई निर्माणका लागि अनुमति समेत प्राप्त भइसकेको छ । साँढे अठार मिटर अग्लो र तीनतले विहारको कुल क्षेत्रफल ३ हजार ७९ वर्गमिटर हुने छ ।

Comments Off on रुसको राजधानी मस्कोमा बौद्ध-विहार

अष्ट्रेलियन धनाढ्यको सूचीमा शेष घले उक्ले

अब ९९ औं नम्बरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनीकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाको धनीहरुको सूचीको ९९ औं नम्बरमा परेका छन् । अघिल्लो वर्ष १ सय ५० औं स्थानमा रहेका घले दम्पती यस वर्ष ५ सय २८ मिलियन अमेरिकी डलर सम्पत्तिका साथ ५१ स्थान माथि उक्लिएका हुन् । अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका घलेको अघिल्लो वर्ष ३ सय ३५…

Comments Off on अष्ट्रेलियन धनाढ्यको सूचीमा शेष घले उक्ले

नेपाली मूलका कैनी बेलायती काउन्सिलरमा विजयी

नेपाली मूलका बच्चुकैलाश कैनी बेलायती स्थानीय निकायको निर्वाचनबाट काउन्सिलरमा चुनिएका छन् । तनहुँको घाँसीकुवास्थित कमलाबारीमा जन्मेका कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिनिधि कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै कैनी काउन्सिलर बनेका हुन् । देशैभर लेबर पार्टीको कमजोर प्रदर्शनका बाबजुद कैनीले आफ्नो क्षेत्रमा भने पार्टीलाई विजयी बनाएका छन् । खसेको २२ सय…

Comments Off on नेपाली मूलका कैनी बेलायती काउन्सिलरमा विजयी

एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेका पीडित परिवारलाई केन्द्रित गरेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ । सङ्घद्वारा आयोजित कार्यक्रममा अध्यक्ष शेष घलेले सङ्घले भूकम्प प्रभावित आठ जिल्लामा एक हजार घर बनाइदिने घोषणा गरे । त्यसका लागि करिब ३६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको उनले उल्लेख गरे । कुन स्थानमा कसरी घर निर्माण गर्ने भन्नेबारे…

Comments Off on एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गर्ने

एनआरएन सँघले पठाएको राहत सामाग्री गोरखा, काभ्रे र लमजुङमा

गैरआवासीय नेपाली संघ एनआरएनले भूकम्प पिडीतहरुका लागि थप तीन जिल्लामा राहत सामाग्री पठाएको छ । संघले शनिवार गोर्खा, लमजुङ र काभ्रेका एक एक हजार परिवारलाई पुग्ने सामाग्री पठाएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायतका पदाधिकारीले राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गर्ने गैरआवासीय नेपाली स्वयंसेवकहरुलाई काठमाण्डौबाट बिदाई गरेका थिए । संघले गोर्खामा १ हजार थान…

Comments Off on एनआरएन सँघले पठाएको राहत सामाग्री गोरखा, काभ्रे र लमजुङमा

पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिता हुदै

नेपाली नयाँ बर्ष २०७२ को उपलक्ष्यमा पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरीएको छ| प्रतियोगिता यहि अप्रिल २६ मा  लिस्वन स्थित Loja Inatel Alvalade Parque de Jogos 1 maio AV Rio de Janeiro 1700-330 Lisboa मा हुदैछ| प्रतियोगितामा प्रथम र द्वितीयलाई क्रमशः युरो ५५५ र ३३३ सहित प्रमाण पत्र वितरण गरिने छ| नयाँ बर्ष कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नको लागी महिलाहरु…

Comments Off on पोर्चुगलमा खुल्ला भलिवल प्रतियोगिता हुदै

इपिएसमा पास हुनेमध्ये ७५ प्रतिशत मात्रै कोरिया

दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सिओलस्थित नेपाली दुतावासका अनुसार रोजगार अनुमति प्रणाली इपिएस लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् । भाषा उत्तीर्ण गर्दैमा कोरिया आउन पाईँदैन । कोरियाले ईपिएसमार्फत लिने नेपाली कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसकेको छ भने छैटौँ पटक आगामी…

Comments Off on इपिएसमा पास हुनेमध्ये ७५ प्रतिशत मात्रै कोरिया

विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

नेदरल्याण्डको डेल्फ स्थित वर्ल्ड कला केन्द्रमा गौतम बुद्वको मूर्ति स्थापना गरीएको छ| बेनेलक्स तथा ईयूका लागी नेपाली राजदूत राममणि पोखरेल र डेल्फ नगरपालिकाका मेयर जीएए भेरकर्कले सोमवार संयुक्त रुपमा अनावरण गरेका थिए| राजदूत पोखरेलले उक्त मूर्ति मेयर भेरकर्कलाई उपहार स्वरूप दिएका थिए| नेपाल र नेदरल्याण्ड बिचको द्विपक्षीय सम्वन्ध एंव दुई देशका जनता बिचको प्रगाढ हुदै गएको आपसी सम्वन्धलाई अझै मजबुत…

Comments Off on विश्व कला केन्द्रमा बुद्वको मूर्ति स्थापना

टोरोन्टोमा नयाँ वर्ष मनाइयो

नव वर्ष २०७२ पूर्वसन्ध्याको अवसरमा ग्रेटर टोरोन्टो एरिया (जिटीए) को मिसिसागा र डाउनटाउन टोरान्टोमा शनिवार र आइतवार भिन्दा भिन्दै नयाँ वर्ष शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) र नेपाली जनजाति एसोसिएसन क्यानाडा (एनज्याक) को संयुक्त आयोजनामा मिसिसागमा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा शुभ कामना आदान प्रदान गरि विभिन्न…

Comments Off on टोरोन्टोमा नयाँ वर्ष मनाइयो

पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नेताहरू पनि सहभागी भएका थिए ।

Comments Off on पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न