सुगम र श्रुति मिस्टर र मिस ‘अमेरिकन नेपाली’
द एसोसिएसन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलनको अवसरमा आयोजित एएनए फेसन एक्स्ट्रा भ्यागेन्जामा मिस्टर एएनए र मिस एएनएको उपाधि क्रमशः सुगम श्रेष्ठ र श्रुति श्रेष्ठले जितेका छन्। सम्मेलनको दोस्रो दिन शुक्रबार आयोजित प्रतियोगितामा उनीहरूले अन्तिम राउन्डमा छानिएका सात⁄सात प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका थिए । उपाधिका साथ विजेताले ३ हजार २ सय ५० डलरको…