भ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर २०१३ को ‘विशिष्ट अतिथि राष्ट्र’ नेपाल

यही सेप्टेम्वर १४ देखि २२ सम्म सम्पन्न हुने "फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्ता)" मा यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर) को रुपमा नेपालको सहभागिता हुने भएको छ । सो फेयर बेल्जियमको ऐतिहासिक तथा साँस्कृतिक शहर गेन्टमा आयोजित हुँदैछ । बेनेलक्स मुलुकहरू (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) कै ठूला व्यापारिक मेलाहरूमा गनिने सो फेयरमा संसारभरिका मुलुकहरू सहभागी हुन्छन् । यसरी…

Comments Off on भ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयर २०१३ को ‘विशिष्ट अतिथि राष्ट्र’ नेपाल

लन्डनमा नेपाली सामानको सुपरमार्केट

नेपाली खाद्य सामग्री लन्डनमा अझ सुलभ रूपमा पाइने भएको छ । बेलायतको राजधानी लन्डनमा नेपालीहरुले 'एभरेस्ट सुपरमार्केट' सुरु गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका पोखराका लक्षबहादुर गुरुङको संयोजकत्वमा सुपरमार्केट शुरू गरीएको हो । सो सुपरमार्केट लन्डनको साउथ ह्यारोमा छ । एभरेस्ट सुपरमार्केटले नेपाली समुदायलाई लक्षित गरि सुपरमार्केट सञ्चालनमा ल्याएको हो । करिब १० नेपालीले रोजगारीसमेत पाएको एभरेस्ट सुपरमार्केटका संचालकहरुले दिएको…

Comments Off on लन्डनमा नेपाली सामानको सुपरमार्केट

व्यवसायी संघ बेल्जियममा नयाँ कार्यसमिति

नेपाल व्यवसायी संघ बेल्जियमको चौथो अधिवेसन सत्र सदस्यिय कार्यसमितिको चयन गर्दै जुलाई २८ मा भब्य रुपमा सम्पन्न भएको छ । बेल्जियमको बन्दरगाह सहर आन्त्वेर्पेनमा सम्पन्न भएको उक्त अधिवेसनले सर्वसम्मतिले पुनः हरी थपलियाकै अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । जसमा क्षेत्रगत प्रतिनिधित्व हुने गरी ५ उपाध्यक्षहरु किसन केसी, सिपी भट्ट, कमल भारती, भिम जोशी र सरस्वती चापागाइँ छन् । त्यस्तै, महासचिवमा…

Comments Off on व्यवसायी संघ बेल्जियममा नयाँ कार्यसमिति

युरोपेली जनताको सबैभन्दा ठूलो चिन्ता ‘बेरोजगारी’

युरोपेली जनता मुद्रास्फीति, भाडा वृद्धि वा अपराध वृद्धिभन्दा जस्ता अन्य कुनै सामाजिक वा आर्थिक समस्याभन्दा बेरोजगारीबाट सबैभन्दा बढी तर्सिने गरेको तथ्य १२ मुलुकमा गरिएको र जर्मनीमा मङ्गलबार प्रकाशित एक सर्वेक्षणमा उल्लेख गरिएको छ । सङ्कटग्रस्त सात मुलुकमा बेरोजगार हुनेको डर सबैभन्दा बढी देखिएको छ । यस्तो बेरोजगारको चिन्ता ७२ प्रतिशत स्पेनीश सहभागी, ६९ प्रतिशत फ्रान्सेली सहभागी तथा ३२ प्रशित जर्मन…

Comments Off on युरोपेली जनताको सबैभन्दा ठूलो चिन्ता ‘बेरोजगारी’

बेल्जियमका सस्ता सुपरमार्केट ?

उपभोक्ता हितमा काम गर्ने सँस्था Test-Achats ले गरेको अध्ययनमा लगातार पाँच वर्ष Colruyt सबैभन्दा सस्तो सुपरमार्केट भएको प्रमाणित भएको छ । बेल्जियमका ७०० भन्दा ज्यादा सुपरमार्केटहरूमा गरिएको अध्ययनले यो तथ्य पुष्टी भएको हो । ब्रांडेड उत्पादनहरूको मूल्यमा Colruyt को मूल्य रैंकिंगमा उपभोक्तामुखि देखिएको हो भने समग्र मूल्याँकनमा पनि कोलरोइत चाखलाग्दो देखिएको छ । तर निजी लेबल (ब्रान्ड)का उत्पादनहरूमा भने Aldi…

Comments Off on बेल्जियमका सस्ता सुपरमार्केट ?

रेमिट्यान्सले धानिएको देश

नेपाली अर्थतन्त्रलाई सबल बनाउन सबैभन्दा महत्त्वपूर्ण योगदान खेल्दै आएको रेमिट्यान्सको वृद्धिदर पछिल्लो समयमा खस्कन थालेको छ। लामो समयदेखि मुलुकमा जारी राजनीतिक अन्योलताका कारण मुलुकका प्रायः सबै आर्थिक परिसूचकहरू नकारात्मक बनेको विद्यमान अवस्थामा पनि रेमिट्यान्स सबल रहेको थियो । यसरी सक्षम रहेको रेमिट्यान्स आयको वृद्धिदरसमेत घट्न थालेपछि अर्थतन्त्र चौपट बन्दै गएको संकेत मिल्दछ। मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतकोरुपमा वर्षौँदेखि रेमिट्यान्स रहँदै…

Comments Off on रेमिट्यान्सले धानिएको देश

पारदर्शी बन्ला विदेशी सहयोग र डलर खेती ?

अर्थमन्त्रालयले अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ र एनजीओ)हरूको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गराउनुपर्ने ब्यवस्था गर्न लागेको छ। एनजीओ र आइएनजीओले गरेका कार्यहरू अपारदर्शी भएकाले महालेखा परीक्षकबाट लेखापरीक्षण गराउनका लागि नयाँ नीति ल्याउने तयारी अर्थ मन्त्रालयले गरेको हो । अर्थमन्त्रालयले बैदेशिक सहायता सम्बन्धी नयाँ नीति ल्याएर विदेशी सहयोग परिचालन गर्ने दातृसंस्था र आइएनजीओ–एनजीओलाई पनि महालेखा परीक्षकको कार्यालयबाटै लेखापरीक्षण गराउन लागेको…

Comments Off on पारदर्शी बन्ला विदेशी सहयोग र डलर खेती ?

रेमिट्यान्स नीतिको अभाव

रेमिट्यान्सले नेपालको कुल ग्राहस्थ उत्पादनको २३ प्रतिशत योगदान दिए पनि नेपालमा छुट्टै रेमिट्यान्स नीति नभएको एक अध्ययनले औंल्याएको छ । इन्टरनेसनल माइग्रान्ट रेमिट्यान्स अबजरभेक्टरी (आइएआरओ) को सहयोगमा साउथ एसियन इस्टिच्युट फर पोलिसी एनालाइसिस एन्ड लिडरसिप (सैपाल) ले गरेको अनुसन्धानले उक्त कुरा औंल्याएको हो । मंगलबार आयोजित कार्यक्रममा अनुसन्धान सार्वजनिक गर्दै मुख्य अनुसन्धानकर्ता डा. देवेन्द्रप्रसाद श्रेष्ठले विभिन्न ऐनमा रेमिट्यान्सबारे उल्लेख भए…

Comments Off on रेमिट्यान्स नीतिको अभाव

युरोको नयाँ ५ को नोट

आउँदो २ मेबाट युरोको नयाँ खालको ५ को नोट बजारमा आउने भएको छ । सन् २००२ मा युरो प्रचलनमा आएपछि नयाँ किसीमको नोट ल्याइएको यो पहिलो पल्ट हो । नयाँ नोट नक्कल गर्न गारो हुने बताइएको छ । तस्वीरमा देखाइएको नोट युरोपेली बैंकले सार्वजनिक गरेको मोडल हो ।

Comments Off on युरोको नयाँ ५ को नोट

गैर आवासीय नेपालीहरु बिजुली उत्पादन तर्फ

गत २०११ सेप्टेम्बरमा नेपालमा १ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको अग्रसरतामा स्थापना गरिएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीले सक्रियतापूर्वक काम अघि बढाएको छ । कम्पनीमा हाल बिश्वका बिभिन्न मुलुकका ७ सय ८५ जना गैरआवासीय नेपालीले करिव १ अर्ब रुपैयाँ संकलन गरेका छन। कम्पनीको संस्थापक सेयरधनी बन्ने उनीहरुले १ लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने प्राबधान…

Comments Off on गैर आवासीय नेपालीहरु बिजुली उत्पादन तर्फ

फ्रान्स पनि आर्थिक चपेटामा

युरोपियन युनियनका ४ देशहरू साइप्रस, आयरल्याण्ड, पोर्चुगल र फ्रान्सले निकट भविष्यमा झन् ठूलो आर्थिक समस्या झेल्न सक्ने संभावना अर्थविद्हरूले औंल्याएका छन् । स्लोभेनियाको स्थिति पनि भरपर्दो नरहेको ती विज्ञले बताएका छन् । जर्मन अर्थविद् थोमस माएरका अनुसार फ्रान्सको अवस्था ग्रीस र स्पेनको भन्दा नराम्रो छ । तर युरोपियन युनियनको आर्थिक हस्ती जर्मनीसँगको सान्निध्यता र राजनैतिक शक्तीका कारण बचावको अवस्थामा रहीरहेको…

Comments Off on फ्रान्स पनि आर्थिक चपेटामा

उपेन्द्र महतो फर्ब्सको सूचीमा अट्दैनन् ?

फर्ब्स म्यागजिनले विनोद चौधरीलाइ बिलेनियरको सूचीमा राखेपछि नेपाली बिलेनियरको खोजीनीति बढेको छ । गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाइ नजिकबाट चिन्नेहरू विनोद चौधरी समाविष्ट सूचीमा महतोको नाम नहुनु प्राविधिक कुरा मान्छन् ।

फर्ब्सको अर्बपती सूचीमा नेपालबाट विनोद चौधरी र परिवार पहिलोपटक एक अर्ब डलर (८८ अर्ब रुपैयाँ)को सम्पत्तिसहित परेका छन्। चौधरी फर्ब्सको सूचीमा परेपछि नेपालमा अन्य अर्बपतिहरुको पनि खोजी हुन थालेको छ। के नेपालमा विनोद चौधरी मात्रै अर्ब पति छन् त?
तथ्यांक र सूचनालाई केलाउने हो भने अर्बपतीको सूचीमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत अन्य केही नेपाली पनि पर्छन्। तर ती नेपालीले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा पछि सरकारी निकायबाट पर्ने अप्ठ्यारोलाई महसुस गर्दै सम्पत्ति सार्वजनिक गरेका छैनन्। (more…)

Comments Off on उपेन्द्र महतो फर्ब्सको सूचीमा अट्दैनन् ?

यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

अमेरिका अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र  यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित  छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार  भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ । (more…)

Comments Off on यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता