असल बुहारी कि दाइजो ?

माघ महिना, विवाहको साइत जुर्ने लगनको महिना । धेरै जोडी यो महिनामा विवाह बन्धनमा बाधिँदै छन् । विवाह बन्धनमा बाँधिएका र बाँधिन चाहनेको मनमा कुत्कुती हुन्छ– आफ्नी जीवनसाथीको कुल घरान, सस्कार, योग्यता, चालचलन, कस्तो होला ? आफूले चाहेको जस्तै भए त परिवारमा समस्या नआउला तर परिवारको चाहना विपरीत भइदिए कसरी घरपरिवार मिलाउने ? कसरी श्रीमतीको मन राख्ने ? समाजमा कसरी…

Comments Off on असल बुहारी कि दाइजो ?

स्विजरल्याण्डबाट गगन थापाको अभियानमा सहयोग

नेपाली कांग्रेस युवा नेता गगन थापाले संचालन गरेको “मिलेर बनाऔ बिधालय अभियान” नामक अभियानलाई जनसम्पर्क समिति  स्विजरल्याण्डले  आर्थिक सहयोग गरेको छ। समितिका अध्यक्ष राम कुमार महतो र पुर्व अध्यक्ष गुणराज शर्माको विशेष पहलमा थालिएको अभियानबाट संकलित एक हजार (१०००) स्विस फ्रेन्क “मिलेर बनाऔ बिधालय अभियान” लाई प्रदान गरिएको हो । युवा नेता थापाले  भूकम्पबाट प्रभावित बिधालय पुनर्निर्माणको लागी मिलेर काम गर्न…

Comments Off on स्विजरल्याण्डबाट गगन थापाको अभियानमा सहयोग

स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत…

Comments Off on स्विटजरल्यान्डद्वारा रु तीन अर्ब अनुदान सहयोग

लांगेत्रापेन गोज टु गोर्खा

भूकम्पबाट प्रभावित नेपालको गोर्खा जिल्लाका केहि बिद्यालयको पुनर्निर्माण सहयोगको लागी बेल्जियमको लुभेन स्थित नेपालीबाट संचालित लांगेत्रापेन रेस्टुरेन्टले एक च्यारिटी कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम  लांगेत्रापेंन रेस्टुरेन्टमा दिनको २ बजे बाट शुरु हुदैछ । कार्यक्रममा नेपाली खाना वितरण गरिने भएको छ भने सांगेतिक प्रस्तुति पनि रहेको छ  । कार्यक्रममा प्रवेश शुल्क १५ युरो रहेको छ  भने ५ वर्ष भन्दा कम उमेरका…

Comments Off on लांगेत्रापेन गोज टु गोर्खा

एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् । ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने…

Comments Off on एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

बेल्जियममा ल्होछार मनाइयो

बेल्जियमका तमु (गुरुङ ) समुदायले २६०० औ ल्होछार भव्य रुपमा मनाएका छन । बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा एक विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइएको हो । पुस १५ लाई तमु समुदायले नयाँ वर्षको रुपमा मनाउने चलन रहेको छ । कार्यक्रममा बेल्जियमका विभिन्न सहरहरु थुप्रै नेपालीहरु उपस्थित भएका थिए भने ल्होछार मनाउन कै लागी युरोपेली मुलुक  जर्मनी, नेदरल्याण्ड, पोर्तुगल, लक्जेम्बर्ग र नेदरल्याण्डबाट…

Comments Off on बेल्जियममा ल्होछार मनाइयो

राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

 राष्ट्रपति विद्यादेवी भण्डारीले युगौँयुगदेखि चलिरहेको ऐतिहासिक तथा धार्मिक महत्वको विवाह पञ्चमी महोत्सव नेपाल र भारत दुई देशको मित्रताको प्रतिकको रुपमा रहेको बताउनुभएको छ । आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिनुभयो । जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको…

Comments Off on राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ । मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ । यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए ।…

Comments Off on मारुनी नाचेर मन्दिर निर्माण

संस्कृत विद्याश्रम भवनको शिलान्यास

भैरहवामा निर्माण गर्न लागिएको नयाँ संस्कृत विद्याश्रम भवनको सोमवार शिलान्यास गरिएको छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीको रु १९ लाख ५० हजार र जनसहयोगबाट प्राप्त रु ४० लाख ५० हजारबाट निर्माण हुन लागेको भवनको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले शिलान्यास गरे । सो भवनमा एउटा हलसहित तीनवटा कोठा बन्नेछन् । कार्यक्रममा विद्याश्रमले अक्षयकोषमा दान गर्ने दाताहरुलाई सम्मानसमेत गरेको छ ।…

Comments Off on संस्कृत विद्याश्रम भवनको शिलान्यास

कथा मिठो सारंगी गाउँको

चेलीबेटी, बेचबिखन, गाइने जीवन र त्यसभित्रको गरिबी, अपाङ्गता भएकाको पीडाजस्ता गहन विषयलाई कथावस्तु बनाए पनि प्रस्तुति फिका भइदिँदा नाटक ‘कथा सारङ्गी गाउँको’ हल्का देखिएको छ । जीवन जिउनका लागि सारङ्गी रेट्नैपर्ने बाध्यता भएकाहरु गाइने समुदायका बौद्धिक अपाङ्गता भएको एक छोरा र बेचिएकी छोरीका बाबुआमाको वरिपरि कथा घुमेको छ । गरिबीले रुमल्लिएका बाबुले जुवामा रु दुई हजार हारेपछि छोरीलाई अर्कैको हातमा…

Comments Off on कथा मिठो सारंगी गाउँको

पत्रकारिताबाट समाजलाई जोडौ

पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभएको छ । आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उहाँले तराई क्षेत्रमा पछिल्लो एक सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हनन भएको भन्दै आन्दोलनले प्रेस क्षेत्र थप असुरक्षित भएको समेत बताउनुभयो । देशमा पछिल्लो समय देखिएको जाति…

Comments Off on पत्रकारिताबाट समाजलाई जोडौ

चलचित्र प्रदर्शन पूर्व राष्ट्रिय गानको धुन बजाउन निर्देशन

नेपाल चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन सुरु हुनु अघि राष्ट्रिय गानको धुन बजाउन निर्देशन जारी गरेको छ । बोर्डले विज्ञप्ति जारी गरी १५ दिनभित्र नियम लागू हुने जानकारी दिएको छ । विज्ञप्तिमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले राष्ट्रिय एकताको आवश्यकतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिनुका छन । “नेपाली, हिन्दी र अङ्ग्रेजी सबै चलचित्रको प्रदर्शनपूर्व अनिवार्य राष्ट्रिय गीत…

Comments Off on चलचित्र प्रदर्शन पूर्व राष्ट्रिय गानको धुन बजाउन निर्देशन

पूर्व मन्त्रिको सम्मानमा तमु समाज बेल्जियमद्वारा दिवाभोजको आयोजना

युरोप भ्रमणमा रहेका पूर्व वन राज्यमन्त्री एंव नेकपा एमाले स्थाई समिति सदस्य किरण गुरुङ्गको सम्मानमा तमु समाज बेल्जियमले विहिवार दिवाभोजको आयोजना गर्यो । बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा मन्त्रि गुरुङ्गले प्रवासमा रहेर आफ्नो कला संस्कृति बचाउन नेपालीहरु विभिन्न किसिमले सक्रिय रहेकोमा खुशी व्यक्त गरेका थिए । गुरुङले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउदै नेपालको संबिधान विश्वका उत्कृष्ट लोकतान्त्रिक संबिधानमा पर्ने बताए ।उनले…

Comments Off on पूर्व मन्त्रिको सम्मानमा तमु समाज बेल्जियमद्वारा दिवाभोजको आयोजना

नेपाल अघि युरोपमा फन्को(फोटो फिचर)

 (नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय फिल्म 'फन्को' को शुभारम्भ गर्दै) मानिसले कर्म रोज्छ  र कर्मले परिणाम रोज्छ। एकको कुभालोले सयौको भलो हुन्छ भने ईमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भनेर डराउनु हुदैन, त्यहि गर्नु नै श्रेष्ठ हुन्छ,जुन मानिसको परिचय बन्छ । सिरसिर बर्सिरएको पानीमा जिपको ऐना सफा गर्दै देखिएका सौगात दर्शकलाइ यहि संदेश छाडेर बिदा लिन्छन  चलचित्र फन्कोमा। माघ १…

1 Comment

बुधबारदेखि तराईमा सामा चकेवा पर्व सुरु

छठ पर्वको समापनसँगै बुधबारदेखि तराई–मधेशमा सामा चकेवा पर्व सुरु भएको छ । तराई–मधेशमा मनाइने विभिन्न चाडपर्वमध्ये अत्यन्त लोकप्रिय मानिने सामा चकेवा छठको समापनको दिन अर्थात् कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाउने गरिन्छ । संस्कृतिविद् डा. रामदयाल राकेशका अनुसार दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछन् । तराई–मधेशको लोक नाटकको…

Comments Off on बुधबारदेखि तराईमा सामा चकेवा पर्व सुरु