बेल्जियममा ल्होछार

तमु समाज बेल्जियमले तमुहरुको महान पर्व ल्होछारको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ| कार्यक्रम बेल्जियमको अन्तेर्पेनमा डिसेम्बर १५ (बि.सं २०७१ पौष १५) सम्पन्न हुदैछ| सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न हुन् गैरहेको कार्यक्रमको प्रवेश शुल्क १५ युरो तोकिएकोमा १० बर्ष भन्दा कम उमेरकालाई भने निशुल्क रहेको छ| तमू ल्होसार तमू ल्होसार प्रत्येक वर्ष मितिको आधारमा मनाउने सामाजिक पर्व हो| ल्होसारको अर्थ नयाँ…

Comments Off on बेल्जियममा ल्होछार

बेल्जियममा  पेन्सनको नयाँ नियममा के छ ?

हामी सबैलार्इ सर्बबिदितै छ कि २०१४ मा नयाँ समिकरणको सरकार बनेपछि बेल्जियममा  पेन्सन पाक्न थप २ वर्ष काम गर्नुपर्ने भएको छ |  अबदेखि ६५ बर्ष नभएर ६७ बर्ष पुगेको छ | के मानिस ६७ बर्षसम्म काम गर्नका लागि शारीरिक तथा मानसिक  रुपमा सक्षम होलान त ? ठुलो प्रश्न चिन्ह खडा भएको छ | हुन त यूरोपका अरु मुलुकहरुमा पनि पेन्सनको…

Comments Off on बेल्जियममा  पेन्सनको नयाँ नियममा के छ ?

युरोपेली सङ्घदेखि हलिउड नायीका लुम्लेसम्म गढीमाईको पशुबलि विरूद्ध

बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध श्री गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। विश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हुँदैछ। गढीमाईमा चढाइने पशुबलिबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बलि रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका…

Comments Off on युरोपेली सङ्घदेखि हलिउड नायीका लुम्लेसम्म गढीमाईको पशुबलि विरूद्ध

जर्मनीमा दिपावली मनाईयो

जर्मनीमा दिपावलीको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ |अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जर्मन कलाकारहरु समेत सहभागी थिए| समाजका अध्यक्ष सन्तोष राज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका प्रमुख संरक्षक तथा महा बाणिज्य दुत राम प्रताप थापा र अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका  बरिष्ठ उपाध्यक्ष तथा नेपाली चलचित्रको नायिका कमला दाहालले सयुक्त रुपमा द्विप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ…

Comments Off on जर्मनीमा दिपावली मनाईयो

असहाय बालबालिकालाई मोनाद्वारा एक लाख सहयोग

मोना बेल्जियमले म्याग्दीका असहाय बालबालिकाको लागी सहयोग स्वरूप एक लाख रुपैया उपलब्ध गराएको  छ|गत कात्तिक १ गते बेनी नगरपालिका -९ काउले पुरीटोलस्थित  अरिङ्गलको टोकाईबाट निधन भएका पुरी परिवारलाई उक्त रकम प्रदान गरेको हो| जंगलमा दाउरा काट्न जाने क्रममा अरिङ्गलको टोकाईबाट ५५ बर्षिय दल पुरी, ४८ बर्षिया श्रीमति शिव पुरी र १२ बर्षिय छोरा आषिश पुरीको निधन भएको थियो| मोना बेल्जियमका निबर्तमान…

Comments Off on असहाय बालबालिकालाई मोनाद्वारा एक लाख सहयोग

तमु समाज बेल्जियमको अध्यक्षमा जीवन गुरुङ

तमु समाज बेल्जियमको अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन्| आईतवार बेल्जियमको अन्त्वेर्पेंनमा सम्पन्न समाजको आठौ अधिबेशनले १५ सदस्यीय कार्यसमितिको चयन गरेको छ| जसमा  उपाध्यक्ष: काजी गुरुङ, महासचिव : शुभाष गुरुङ, सचिब : श्री बिकास गुरुङ, कोषाध्यक्ष : श्री राम घले रहेका छन् | त्यसै सदस्यहरूमा बुद्धिमान गुरुङ, कुमार गुरुङ, दिपक गुरुङ,  मिलन गुरुङ, कमल गुरुङ, अरबिन घले राम गुरुङ, कुमार…

Comments Off on तमु समाज बेल्जियमको अध्यक्षमा जीवन गुरुङ

संघीयताका विपक्षमा राजदूतहरू

उत्तरी छिमेकी चीन नेपालमा संघीयताको विपक्षमा देखिएको छ भने संघीयताका बारेमा खुलेर आएको दक्षिणी छिमेकी भारत पछिल्ला दिनमा मौन बसेको छ। रुस र फिनल्यान्डले पनि खर्चिलो हुने भन्दै नेपालमा संघीयताको विपक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। चीनले संघीयतामा जानैपर्ने भए तीन वा चार प्रदेशमा सीमित रहन पनि सल्लाह दिँदै आएको छ। नेपालका लागि फिनिस राजदूत आस्को लुकेननले पनि सामाजिक सञ्जालमार्फत…

Comments Off on संघीयताका विपक्षमा राजदूतहरू

खुमबहादुरको संयोजकत्वमा हिन्दु राष्ट्र पुनस्थापना समिति गठन

पूर्व गृहमन्त्री तथा नेपाली  कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन गरीएको  छ | शुक्रबार बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउने समिति गठन गरेको हो | समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे रहेका छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् |समितिका सदस्यहरुमा पूर्वसभामुख तारनाथ रानाभाट, सभासद सूवर्ण जुहार्चन र केन्द्रीय सदस्य पुष्पा…

Comments Off on खुमबहादुरको संयोजकत्वमा हिन्दु राष्ट्र पुनस्थापना समिति गठन

लिटिल प्रिन्स नेपाल

‘समयको महत्व बुझेर त्यससँगै हिँड्ने मानिसले मात्र सफलता पाउँछ’ भन्दै साइमन थापाले तेस्रो ‘लिटिल प्रिन्स नेपाल–२०१४’ को उपाधि जितेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजनामा आज यहाँ भएको तेस्रो लिटिल प्रिन्स नेपालको शिक्षा जत्तिकै समयको पनि महत्वबारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनी उपाधिका दाबेदार बनेका हुन् । चौध जनाको सहभागिता रहेको सो प्रतियोगितामा प्रणय श्रेष्ठ फस्ट रनरअप भए…

Comments Off on लिटिल प्रिन्स नेपाल

तमु समाज बेल्जियमको आठौँ अधिबेशन बर्गरहाउटमा

तमु समाज बेल्जियमको आठौ अधिबेशन बेल्जियमको वर्गरहाउटमा हुने भएको छ | अधिबेशन यहि नोभेम्बर २ आईतवार वर्गरहाउट स्थित लांगेस्ट्रात १०२ मा सम्पन्न हुदैछ | दिनको १२ बजे देखि शुरु हुने उक्त अधिबेशनमा बेल्जियम सम्पूर्ण तमु दाजु-भाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागी समाजले आव्हान समेत गरेको छ| प्रवासमा आफ्नो भेषभूषा कला,साँस्कृतिक पहिचानलाई बचाउने उद्वेश्यले स्थापित यस सस्थाले स्थापनाकालदेखिनै ल्होसार पर्वलाई भब्य…

Comments Off on तमु समाज बेल्जियमको आठौँ अधिबेशन बर्गरहाउटमा

नेपालमा संसार कै अग्लो ‘विश्व शान्तिकलश’ निर्माण गरिने

बाग्लुङमा विश्व कै अग्लो ‘विश्व शान्तिकलश’ निर्माण कार्य शुरु गरीएको छ | बाग्लुंग जिल्लालाई धार्मिक पर्यटकीयस्थलको रुपमा बिकास गर्नको लागी बाग्लुंग नगरपालिका ८ स्थित सर्वशिद्व  कोट (पुरानो नाम ताराजल कोट)मा स्थापना गर्न लागिएको  ‘विश्व शान्ति धाम' भित्र  १०८ फिट अग्लो तामाको कलश र ५ हजार  ५ किलोको 'मुक्तिनाथ महा घन्टी' निर्माण गर्न लागीएको हो| झन्डै १५ करोडको लागतमा निर्माण गरीन लागेको उक्त…

1 Comment

भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने…

Comments Off on भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

छोरीका प्रेमीलाई रुखमा बाँधेर खुट्टामा किला

आफ्नी छोरीसँग प्रेम गरेको भन्दै सप्तरीमा एक युवकलाई रुखमा बाँधेर खुट्टामा किला ठोकी यातना दिइएको छ । देउरी भरुवा गाविसका वीरेन्द्र यादवसहिले रुखमा हात–खुट्टा बाँधी खुट्टामा किला ठोकी शनिबार दिउँसो यातना दिएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।  आफ्नी चेलीसँग प्रेम गरेको भन्दै यादवसहतिले फर्सेठ गाविस–९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवलाई चारपाटा मुडेर डोरीले रुखमा बाँधी खुट्टामा किला ठोकेर यातना…

Comments Off on छोरीका प्रेमीलाई रुखमा बाँधेर खुट्टामा किला

बेल्जियममा म्हपूजाको आयोजना

पासा पुच बेल्जियमले बेल्जियमको ब्रुगेमा अक्टोवर २४ शुक्रवार म्हपूजाको आयोजना गरेको छ| म्हपूजा तथा नेपाल सम्बत ११३५ को अवसरमा नेपाली गायक हेमन्त शर्मा आफ्नो सांगेतिक प्रस्तुतीका साथ उपस्थित हुने भएका छन | उनलाई बेल्जियम स्थित स्थानीय कलाकारहरुले पनि साथ दिदैछन | कार्यक्रममा स्वादिष्ट नेवारी परिकारको समेत व्यवस्था गरीएको छ | बेलुका ठिक ५.३० बाट शुरु हुने कार्यक्रममको प्रवेश शुल्क युरो १०…

Comments Off on बेल्जियममा म्हपूजाको आयोजना

रहेनन जनकवि केशरी धर्मराज थापा

जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९२ बर्षको उमेरमा निधन भएको छ | लामो समय देखि अस्वस्थ रहेका थापाको राजधानीको स्वयम्भूस्थित निवासमा निधन भएको हो | उनको पशुपति आर्यघाटमा मंगलबार अपरान्ह अन्तिम संस्कार गरिएको छ | त्यसअघि अन्तिम श्रद्धान्जलिका लागि उनको पार्थिव शरिर प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो | श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लगायत…

Comments Off on रहेनन जनकवि केशरी धर्मराज थापा