मदन भण्डारीकी छोरी हुनमा गर्व लाग्छ

स्कुल बिदा थियो । बहिनी र म मालीगाउँस्थित फुपूको घर गएका थियौँ । त्यहाँबाट एक्कासि हामीलाई नक्सालस्थित घरमा ल्याइयो । किन हो, थाहा पाएका थिएनौँ । घरको परिदृश्य अरू बेलाको भन्दा फरक थियो । मान्छे जम्मा भएका थिए, सबै चिन्तित देखिन्थे । मम्मी रोइरहनुभएको थियो । दौडँदै गएर सोधेँ– मम्मी, किन रुनुभएको ? कसैले केही जवाफ दिएन । सबै आफन्त…

2 Comments

सात साले कम्युनिष्टका कुरा

कमलराज रेग्मीको अनुभव: नेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो । म बनारसमा थिएँ । पटना पुगेर…

Comments Off on सात साले कम्युनिष्टका कुरा

पारिजात पुग्दा ‘प्रेमी’ बाउ बनिसकेछ

साहित्यकार पारिजातबारे उनकी बहिनी सुकन्या वाइबाको सँस्मरण पारिजात दिदी र मेरो उमेरबीच कतिको फरक थियो, मलाई ठ्याक्कै थाहा छैन । बुबा मभन्दा दुई वर्ष जेठी भन्नुहुन्थ्यो उनलाई । दिदी सानैदेखि रोगी थिइन् । कहिले के, कहिले के भइरहने, सधैँजसो बिरामी । म भने हट्टाकट्टा थिएँ । खाना पनि धेरै खानुपर्ने । सानोसानो कुरामा पनि हाम्रो झगडा भइरहन्थ्यो केटाकेटीमा । कयौँपटक…

Comments Off on पारिजात पुग्दा ‘प्रेमी’ बाउ बनिसकेछ

ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’

०४७ मा पार्टी एकता भएपछि ०४८ मङ्सिरको महाधिवेशनसम्म प्रचण्डको पार्टी नाम कमरेड ‘निर्माण’ थियो । करिब करिब सबैजसो नेता नै ध्वंसवादी (ध्वंस मात्र गर्न जान्ने, निर्माण गर्न नजान्ने) भएको देशमा अझ सबभन्दा धेरै ध्वंस गरेका प्रचण्डको नाम करिब दुई वर्षसम्म कमरेड निर्माण थियो भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । महाधिवेशनअगाडि मशाल समूहमा पुष्पकमल दाहालको पार्टी नाम प्रचण्ड नै थियो…

Comments Off on ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’

काजीबा जसले प्रचण्डलाई कम्युनिस्ट बनाए

प्रचण्डलाइ कम्यनिष्ट पार्टीको सदस्यता दिने व्यक्तित्व  हुन्-खम्बासिंह कुँवर अर्थात् काजीबा । धेरैले प्रचण्डको गुरू भनेर मोहन वैद्यलाइ चिन्छन् । यथार्थमा प्रचण्डको प्रथम कम्यनिष्ट गुरू हुन् - काजीबा । रोगले ग्रस्त शरीर । पिसाब नरोकिने अनि नशासम्बन्धी समस्याले हिँडडुल गर्न नसक्नु । यी समस्या अब सामान्य भइसके खम्बासिंह कुँवरका लागि । उनको तेजिलो चेहरा देख्दा लाग्छ– शरीरको रोगलाई मुहारको चमकले जितेको…

Comments Off on काजीबा जसले प्रचण्डलाई कम्युनिस्ट बनाए

बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव

Pradeep-Gyawali-with wifeमेरो बाल्यकाल साधारण किसिमले बित्यो । उस्तो अभाव थिएन, उति धेरै सुविधा पनि थिएनन् । परिवारको कान्छो छोरो । सबैको मायाले मेरा लागि रमाइलो वातावरण निर्माण गरेको थियो । सानोमा म अन्य साथीभन्दा भिन्न स्वभावको थिएँ रे । पढ्नमा लगनशील थिएँ । १३ वर्षकै उमेरमा एसएलसी पास गरेँ । १ देखि ५ सम्म जम्प गर्दै क्लास उक्लिएकाले यति छिटो भएको हो । पढाइमै बढी केन्द्रित भएकाले बाल्यकालमा केटीसाथी बनाउनेतिर ध्यानै गएन । त्यसो त हाम्रो समाज र परिवेश त्यति एड्भान्स पनि कहाँ भइसकेको थियो र ? सोचाइ नै जाँदैनथ्यो, आवश्यकता पनि परेन । अहिलेका केटाकेटीको जस्तो बाल्यकालदेखि नै केटीसाथी बनाउने हाम्रो पालामा हुँदैनथ्यो । भएका केटासाथी पनि जति थिए, ती बनाइएका होइनन् । परिवेश र माहोलअनुसार आफसेआफ बनेका हुन् । (more…)

Comments Off on बिहेकै रात म हिँडेँ – प्रदीप ज्ञवालीको अनुभव

अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

-अर्जुन भण्डारी, वाइन उद्यमी                                                                                                                                                                 मेरा बुबाआमा, आफन्त सबै नेपाली । जन्मभूमि नेपाल । तर, म अहिलेचाहिँ हुँ अस्ट्रेलियन नागरिक । Arjun-Bhandariअस्ट्रेलियामा दुईटा घर थिए मेरा । राम्रो जागिर थियो, निकै राम्रो आम्दानी हुन्थ्यो । तर, शरीरमा बगिरहने नेपाली रगत अस्टेलियन भूमिमा रमाउनै सकेन । सबै थियो, तैपनि के नपुगेनपुगेजस्तो शून्यताले खाइरह्यो । मनले सधैँभरि हुटहुटी लगाइरह्यो– ‘यहाँ नबस, नेपालै जा । जे गर्नु छ मातृभूमिमै गर ।’ तुलनात्मक रूपमा नेपालमा निकै अभाव छ तर पनि आफ्नो नाभि गाडिएको भूमिजति प्यारो अर्को हुँदो रहेनछ । सिड्नीका मनोरम दृश्य र उच्च जीवनशैलीसँग अभ्यस्त बनाउन निकै प्रयास गरेँ, यो नेपाली चित्तलाई । तर, मान्दै मानेन । सम्भ्रान्त सहरका मगमगाउँदा बगैँचाभन्दा आफ्नै गन्हाउने टुकुचा प्यारो लाग्न थाल्यो । अनि त के थियो, चटक्कै छाडिदिएँ त्यो वैभवपूर्ण जिन्दगी । फर्किएँ आफ्नै जन्मभूमि । (more…)

Comments Off on अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

B L Sharmaनेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ महाराज र त्यसबेला देखिका सबै प्रधानमन्त्रीलाई हलुवा ख्वाउने र उनीहरूको बिहे व्रतबन्धको भोज मैले नै उतार्दै आएको छु ।

जुद्धशमशेर, पद्यशमशेर, मोहन शमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका छोराछोरीका बिहे भोज हामीले नै उतारेको हो । राजा र राणा दुवैको हलुवाई मैले नै गरेकाले सात सालमा राजा त्रिभुवन भारतमा शरण लिन गएको घटनालाई मैले नजिकबाट नियाल्न पाएको छु । कतिपय घटनामा त म आफैं संलग्न भएको छु । (more…)

Comments Off on त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

मैले जे देखें

Haribansha Acharyaदेशका सबै जिल्ला पुग्ने मन भए पनि हाम्रा कार्यक्रम प्रायः सुगम जिल्लामै हुने र टीमसहित जानुपर्ने भएकाले मौका जुराउनै गाह्रो थियो । तराईका प्रायः सबै जिल्ला घुमे पनि पश्चिम पहाड मेरो लागि ‘अनकण्टार’ नै थियो । यसपटक भने अछाम, डडेल्धुरा, डोटी र दैलेखसम्म पुग्ने अनि तराईका पनि भित्री गाउँहरूसम्म जाने मौका मिल्यो । पहिलेका यात्रा रमाइला विषयवस्तुमा हुन्थे; रमाइलोमा पसिन्थ्यो, रमाइलो नै गरिन्थ्यो । यसपालिको यात्रा भने सबै हिसाबले फरक थियो । हामी समस्यै समस्याका विषयवस्तुमा पस्यौं, रुवाउने कथाभित्र छिर्‍यौं र आम नेपालीले भोगिरहेको यथार्थ बोध गर्‍यौं । (more…)

Comments Off on मैले जे देखें