ढुंगानाको सम्पादनमा ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ प्रकाशित

बालबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ सार्वजनिक भएको छ ।

Bal_kataha_sangrahaगोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त उत्कृष्ट बालकथा संग्रहलाई ट्रिनिटी प्रकाशन प्रालि काठमाडौँले बजारमा ल्याएको छ । २५ जना नयाँ र पुराना बालकथाकारका कथा समेटिएका छन् ।
कृतिका कतिपय कथाहरु बालमनोविज्ञानमा आधारित छन् भने कतिपय कथाहरु सामाजिक र सांस्कृतिक सन्दर्भका छन् । कृतिको आवरण र कथाहरुमा चित्र बनाउने काम प्रज्वल थापामगरले गरेका छन् ।

बालकथाकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको सम्पादनमा रहेको यो कृति बालबालिकाहरुले एकपटक पढ्नै पर्ने कृतिका रुपमा प्रकाशन गरिएको छ ।

आकर्षक आवरणमा रहेको यो बाल कथा सङ्ग्रह आवरणसहित १ सय १६ पृष्ठको । सम्पादक ढुंगानाले पुरानादेखि नयाँसम्मका बालकथाकारका बालकथा समेटेर क्रमशः अन्य अंकहरु पनि प्रकाशन गर्ने जानकारी दिए । कृतिको मूल्य ९५ रुपैयाँ रहेको छ ।