आणविक हतियार : कोसँग कति?

Kim Jong Unउत्तर कोरियाको आणविक कार्यक्रमलाइ लिएर प्योंगयाङ्गका विरूद्ध नयाँ प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सँघमा मतदान हुने पूर्वसन्ध्यामा उत्तर कोरियाले अमेरिकामाथि नै आक्रमण गर्ने चर्को धम्की दिएको छ । उत्तर कोरियाले अर्को आणविक परीक्षण अमेरिकाको टाउको दुःखाइ बनेको छ ।

हालै मात्र उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्‍यो, जुन अघिल्लाभन्दा बढी क्षमताको विश्लेषण गर्न थालिएको छ। त्यसको केही दिनपछि प्योङयाङले अमेरिकालाई मार हान्न सक्ने क्षमताको हतियार आफूसँग भएको दाबी गर्‍यो। उत्तरको पछिल्लो परीक्षणले ६ देखि ७ किलोटन विस्फोटक पदार्थ बोक्न सक्ने विश्वास गरिन्छ। यसअघि उसले गत जनवरी र डिसेम्बरमा समेत लामा दूरीका क्षेप्यास्त्र सफल परीक्षणसमेत गरिसकेको छ।  (more…)

Comments Off on आणविक हतियार : कोसँग कति?

नोवेलभन्दा ठूलो राशीको पुरस्कार

breakthrough prize in life sciencesविभिन्न क्षेत्रमा पुर्‍याइएको योगदानका लागि प्रतिवर्ष दिइने अहिलेसम्मको सबभन्दा ठूलो धनराशि भएको पुरस्कारको नाम हो– नोवेल पुरस्कार। यस पुरस्कारबापत १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ। तर, धनराशिको तुलनामा नोवल पुरस्कारलाई निकै पछाडि पार्ने गरी विश्वका नामुद हस्तीहरू मिलेर अर्को एक पुरस्कार स्थापना गरेका छन्। (more…)

Comments Off on नोवेलभन्दा ठूलो राशीको पुरस्कार

डाइनोसर जस्तै लोप उँट

            हाल पाइनेभन्दा तिन गुना ठुला उँट आर्कटीक क्षेत्रमा लोप भएको तथ्य  वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

Comments Off on डाइनोसर जस्तै लोप उँट

यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

अमेरिका अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र  यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित  छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार  भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ । (more…)

Comments Off on यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

बलिउड हिरोइनको क्रिकेटर मोह

deepika padukon cricketतपाइँ निना गुप्तालाई सम्झि नु हुन्छ कि बिर्सिनुभयो ? एक जमानाको हिट फिल्म ‘खलनायक’मा माधुरीका साथ इला अरुणको धोद्रो स्वरमा ‘चोली के पिछे क्या है’ भनेर यिनी नाचेकी थिइन् । र, कुनै वेला ‘सास’ भन्ने टेलिफिल्ममा अभिनय पनि गरेकी थिइन् । अहिले अलि निष्क्रय रहेकी निना अविवाहित हुन् ।  एक छोराकी आमा पनि हुन् । बिहे नगरीकनै जन्मिएका यिनका पुत्रका पिता भने वेस्ट इन्डिजका विख्यात क्रिकेट खेलाडी भिभ रिचड्र्स हुन् ।
बलिउड हिरोइनहरूको क्रिकेटरसँगको सम्बन्ध पहिले पनि हुने गथ्र्यो । अहिले पनि जारी छ । तर, फिल्ममा सानो भूमिकामा देखिने निनाले वास्तविक जीवनमा भने सबैभन्दा ठूलो क्रिकेट स्टारसँग सम्बन्ध बनाएर हिरोइनहरूलाई
माथ खुवाइन् ।  (more…)

Comments Off on बलिउड हिरोइनको क्रिकेटर मोह

‘चक्रव्यूहमा चन्द्रसूर्य’को लोकप्रीयता

चक्रव्यूहमा चन्द्रसूर्यपुस्तक प्रकाशनको क्रम बढे पनि मोफसलमा लेखक-पाठक अन्तरक्रिया खासै हुने गरेको छैन । यो पृष्ठभूमिमा ‘चक्रव्यूहमा चन्द्रसूर्य ‘ का लेखक सरोजराज अधिकारी भेटिँदा शुक्रबार पाठकहरूले घेरिहाले ।  

विवादित र चर्चित विषयवस्तुका कारण छोटो अवधिमै सांगि्रला बुक्सले तेस्रो संस्करण ल्याएको पुस्तकमा भारतसँग जोडिएका नेपालगन्जका मुद्दाले पनि ठाउँ पाएका छन् । लेखक, दलका प्रतिनिधि र पाठकले त्यसबारे खुलेर कुरा गरे ।
(more…)

Comments Off on ‘चक्रव्यूहमा चन्द्रसूर्य’को लोकप्रीयता

दीर्घायुहरूको टापु

long liveमदिरापान थुप्रैका लागि हानिकारक साबित भएको छ । तर, ग्रिसको इकेरिया द्वीपका ९८ वर्षीय वयोवृद्ध स्टेमेटिस मोइराइटिस भने रक्सी आफ्ना लागि वरदान साबित भएको बताउँछन् । आफैं रक्सी बनाउने उनी नियमित यसको सेवन पनि गर्छन् । ४५ वर्ष पहिले अमेरिकाबाट यो ठाउँ आइपुग्दा उनी क्यान्सरले ग्रस्त थिए । डाक्टरले उनको आयु बढीमा नौ महिना तोकेका थिए । तर, इक्वेरिया द्वीपमा आएर रक्सी खान थालेपछि क्यान्सर ठीक भएको र अहिले यति लामो आयुसम्म आरामको जिन्दगी जिउन सकेको उनलाई लाग्छ । (more…)

Comments Off on दीर्घायुहरूको टापु

फेसबुक निशानीमा

विश्वमा सबैभन्दा बढी हेरिने साइटका रुपमा उक्लनै लागेको फेसबुकलाई ह्याकरहरुले दुख दिए पनि उसले पाएको स्थान भने तत्कालै गुम्ने खतरा देखिएको छैन । फेसबुक अहिले विश्वमा दोस्रो स्थानमा छ भने नेपालमा गुगललाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।

Comments Off on फेसबुक निशानीमा

मानव तस्करको जालो

human traffickingकोही १५–१६ वर्षका किशोरी, कोही पहिलो पटक शहर आए झै देखिने सामान्य लवाइखवाइका महिला अनि कोही कठ्यांग्रिने जाडोमा कुर्कुच्चा पटपटी फुटे पनि चप्पल मात्र लगाएका पुरुष । कोही दुबई, कोही कतार त कोही मलेशिया हिंडेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सोधखोज गर्दा सबैबाट ‘घुम्न जान लागेको’ भन्ने एउटै जवाफ आयो । उनीहरूसँग बढीमा दुई महीनासम्मको ‘भिजिट भिसा’ लागेको राहदानी, दुईतर्फी प्लेन टिकट, केही जोर लत्ताकपडा र ५०० अमेरिकी डलर थियो ।विमानस्थल प्रहरीका अधिकारीहरूले सोधखोज कडा बनाउँदा वास्तविकता खुल्यो– उनीहरू ‘भिजिट भिसा’मा विदेश ‘घुम्न हिंडेका’ नभई अन्तर्राष्ट्रिय मानव तस्करीको जालोमा परेका निर्धा नेपाली कामदार थिए, जसलाई राज्यको आँखा छल्न ‘पर्यटक’ बनाइएको थियो ।

त्यसपछि कडाइ थालेको प्रहरीले तस्करहरूले दैनिक १०० देखि १५० जनासम्म नेपालीलाई मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलबाटै लैजाने गरेको र यो क्रम करीब चार वर्षदेखि चलिरहेको डरलाग्दो तथ्य फेला पायो । यो हिसाबले वार्षिक कम्तीमा डेढदेखि दुईलाख नेपालीलाई यसरी विदेश पुर्याइएको देखिन्छ । (more…)

Comments Off on मानव तस्करको जालो

चर्चा कमाउने काइदा

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । (more…)

Comments Off on चर्चा कमाउने काइदा

ब्रिटीश प्रधानमन्त्री भारतीयहरूको स्वागतार्थी

ब्रिटीश प्रधानमन्त्री  डेविड कैमरूनले भारतीय व्यापारी र विद्यार्थीलाइ ब्रिटेनमा काम, अध्ययन र लगानीको क्षेत्रमा सहज वातावरण बनाउने संकल्प गरेका छन् । (more…)

Comments Off on ब्रिटीश प्रधानमन्त्री भारतीयहरूको स्वागतार्थी

त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

B L Sharmaनेपालमा त्यतिबेला मिठाई व्यवसाय थिएन । भारतको राजस्थानबाट आएर मेरा बाजेले नेपालमा हलुवाई भित्र्याएका हुन् । बाजेका पालादेखि नै हामीले श्री ३ सरकार र श्री ५ सरकारलाई हलुवाई गर्दै आएका हौँ । राजा, श्री ३ महाराज र त्यसबेला देखिका सबै प्रधानमन्त्रीलाई हलुवा ख्वाउने र उनीहरूको बिहे व्रतबन्धको भोज मैले नै उतार्दै आएको छु ।

जुद्धशमशेर, पद्यशमशेर, मोहन शमशेर, त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका छोराछोरीका बिहे भोज हामीले नै उतारेको हो । राजा र राणा दुवैको हलुवाई मैले नै गरेकाले सात सालमा राजा त्रिभुवन भारतमा शरण लिन गएको घटनालाई मैले नजिकबाट नियाल्न पाएको छु । कतिपय घटनामा त म आफैं संलग्न भएको छु । (more…)

Comments Off on त्रिभुवनको दिल्ली यात्रा र फिर्ती: बिएल शर्माको अनुभव

राजेशले विराटनगरकी प्रेमिकासँग छिट्टै बिहे गर्ने

Rajesh Hamalविराटनगरकी एक युवतीसँग लामो समयदेखि प्रेमसम्बन्धमा रहेका नायक राजेश हमालले अब भने बिहे गर्ने पक्का जस्तै मानिएको छ। (more…)

Comments Off on राजेशले विराटनगरकी प्रेमिकासँग छिट्टै बिहे गर्ने

प्रचण्डको बोली र प्लास्टिकको गोली

prachanda_speaksजिन्दगी एक वचन भी तो हे, जिसे सबको निभाना पडेगा… कुनै वेलाको चर्चित यो हिन्दी गीत सुनेर ओहो… आफूले बोलेको कुरा त जसरी भए पनि पूरा गर्नुपर्छ या पूरा गर्न नसक्ने कुरा बोल्नै हुँदैन जस्तो लाग्थ्यो। स्वास्नीमान्छेको किल्किले हुँदैन, जे पायो त्यही बोल्छन, विश्वासै गर्नुहुँदैन, महिलाका कुरा पधेर्नी गफ भन्ने प्रकारका अनेक कुरा सुन्दै हुर्किएकाले लोग्नेमान्छे या पुरुष भनेको त वचनको पक्का, बोलेपछि त्यसलाई पूरा गर्ने या आफ्नो वचनमा अडिग हुन्छन् र हुनुपर्छ भन्ने मानसिकता पनि सानैदेखि बनेको हो। (more…)

Comments Off on प्रचण्डको बोली र प्लास्टिकको गोली

आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्

marriageभारतमा बिहारको समस्तीपुर जिल्लामा साइनोको मर्यादालाइ कुल्चँदै ८ बच्चाकी आमाले आफ्नै ज्वाइँसँग बिबाह गरेकी छन् । पछि, बदनामी को कारण उनले विष खाएर आत्महत्या गर्ने प्रयाश गरेकी बताइएको छ । (more…)

Comments Off on आठ बच्चाकी आमाले ज्वाइँसँग बिहे गरिन्