२०६ नेपाली मलेसियाली जेलमा

रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेको पाइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई सय ६ नेपाली छन्। तीमध्ये धेरैजसो अवैध रूपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हुन्। दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार मलेसिया आएपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र…

Comments Off on २०६ नेपाली मलेसियाली जेलमा

बेलायतमा एक वर्षमा ६ लाख आप्रवासी

यूरोपेली संघ बाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ।…

Comments Off on बेलायतमा एक वर्षमा ६ लाख आप्रवासी

अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेजले समस्यामा नेपाली विद्यार्थी

गलत सूचनाका साथ मार्के्टिंग गरेको लगायत कैयौं बुँदामा प्रचलित नियम मिचेको भन्दै अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेज  गरिएको छ ।शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज भएको हो । यो कलेजमा करिब १२ सय नेपाली विद्याथी अध्यनरत छन्। कलेजले भने  यसका विरुद्ध अपील गर्ने जनाएको…

Comments Off on अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेजले समस्यामा नेपाली विद्यार्थी

अनेसासको डेनमार्क च्याप्टरमा सापकोटा

विश्वका विभिन्न देशमा संजाल रहेको नेपाली साहित्यकारहरुको ठुलो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० डेनमार्कको पुनर्गठन भएको छ। गत शनिबार युवाकवि नवराज पराजुली 'युरोप कविता कन्सर्ट-२०१९' अन्तर्गत आफ्नो कार्यक्रम लिएर डेनमार्कको कोपन्हेगन पुगेको समयपारी आयोजित एक भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। शशि ढकाल नेतृत्वको सो समाजको डेनमार्क च्याप्टर अब कवि, गीतकार तथा पत्रकार प्रकाश सापकोटाको संयोजकत्वमा हस्तान्तरित भएको छ।…

Comments Off on अनेसासको डेनमार्क च्याप्टरमा सापकोटा

अष्ट्रेलियाको समुन्द्रमा डुबेर फेरी अर्का नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियामा फेरी एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका छन्। चेतन सापकोटा नाम गरेका ति नेपाली विद्यार्थी न्यूसाउथवेल्सको रोयल नेशनल पार्कमा रहेको फिगर एट पुल्समा बेपत्ता भएको अष्ट्रेलियाका सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरीले स्थल, हवाई र पानीमा नै खोजी कार्य अघि बढाएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। सोमबारका लागि त्यस क्षेत्रको मौसम अनुकूल…

Comments Off on अष्ट्रेलियाको समुन्द्रमा डुबेर फेरी अर्का नेपाली विद्यार्थी बेपत्ता

अमेरिकामा पनि छ, नेपालीपन

आफ्नो मौलिक संस्कार, संस्कृति तथा भाषा, धर्म जोगाउन अमेरिकामा रहेका नेपालीलाई धौधौ छ। उनीहरूले भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व सम्झिएका छन्। ‘नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र भाषा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो’, ८६ वर्षीय हस्तबहादुर खड्का भन्छन्। उनी २० वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन्। हस्तबहादुरको पुस्ता र अधबैंसेहरूको समूह नेपाली धर्म, संस्कार जगेर्ना गर्न सक्रिय भएर लागेको पाइन्छ। अमेरिकाका…

Comments Off on अमेरिकामा पनि छ, नेपालीपन

फ्रान्समा पनि नेपाली भाषा कक्षा

प्रवासमा रहेका नेपाली अभिभावकहरूमा आफ्नो भाषा र संस्कृति कसरी जोगाउने र आफ्ना नानीहरूलाई कसरी भाषा सिकाउने भन्ने चिन्ता र चासो हुनु स्वाभाविक हो। संसारका शक्तिशाली र विकसित देशहरूमा समेत अल्पसंख्यक नेपाली समुदायले खास आकार ग्रहण गर्दै जाँदा यी देशहरूमा नेपाली पाठशालाको स्थापना भई नानीहरूलाई भाषा-संस्कृति सिकाउने उल्लेखनीय प्रयासहरू भएका छन्। यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फ्रान्सले…

1 Comment

एनआरएन, सर्वोच्च अदालत र लालबाबु

दुई जना एनआरएनले नेपालको सर्बोच्च अदालतमा दोहोरो नागरिकताको संबैधानिक प्राव्धान विपरित नागरिकता ऐनमा रहेको व्यवस्था खारिज गरिपाउँ भनि दायर गरेको रिट निवेदनलाई नेपालको सर्बोच्च अदालतका प्रधान न्यायाधीश सहितका पाँचजनाको संबैधानिक ईजलाशले यहि जुलाई २०१८ मा खारिज गरेको समाचार साप्ताहिक नयाँ विर्मशमा प्रकाशित भएको पढन पाईयो। सो समाचार पढ्ने बित्तिकै मैले लालबाबुको एनआरएनहरुप्रति रहेको धारणा र उनको आक्रोसित अनुहार सम्झिए किनकी…

Comments Off on एनआरएन, सर्वोच्च अदालत र लालबाबु

एनआरएन मध्यपुर्व भेला अगस्त २४, २५ र २६ मा युएईमा हुँदै

गैर आवासिय नेपाली संघ (एनआरएन) को छैटौ मध्यपुर्व भेला युएईमा हुने भएको छ । युएईको दुबई स्थित रोडा होटलमा आगामी अगस्त २४, २५ र २६ मा आयोजना गरिने एनआरएनले बताएको छ । उक्त भेलामा आएका विभिन्न देशहरुका प्रतिनिधिहरुमार्फत संकलन गरिएका श्रमिक समस्याहरुलाई समेटेर युएई घोषणापत्र तयार पार्ने र मध्यपुर्वका नेपाली श्रमिकहरुका समस्या समाधानको लागि नेपाल सरकारलाई दबाब दिइने बताइएको छ…

Comments Off on एनआरएन मध्यपुर्व भेला अगस्त २४, २५ र २६ मा युएईमा हुँदै

दक्षिण कोरियामा ‘नेपाल डे’

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ एनआरएन कोरिया, नेपाली विद्यार्थी समाज (सोन्सिक) को संयुक्त आयोजनामा राजधानी सोलमा नेपाल डे मनाइएको हो । कोरियन पर्यटकलाई आकर्षण गर्दै नेपाल जान उत्प्रेरणा गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाल डेमा सोल महानगरपालिका, नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको थियो । सोलको…

Comments Off on दक्षिण कोरियामा ‘नेपाल डे’

नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ (नेजा) मा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको हो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो । अमेरिका र क्यानडाका विभिन्न राज्यमा…

Comments Off on नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

पोहोर-परार भन्दा के फरक होला लक्जेमबर्गमा ?

सन्दर्भ- एनआरएन संघको लक्जेमबर्गमा हुने युरोपेली सम्मेलन एनआरएन संघको राष्ट्रिय समन्वय परिषद लक्जेमबर्गको आतिथ्यमा यही जुलाईको २८ देखि ३० सम्म आयोजित युरोपेली क्षेत्रिय बैठकको पूर्वसन्ध्यामा एनआरएनका एजेण्डाहरू र यसका प्रभावकारिताबारे फेरि चर्चा-परिचर्चा शुरू भएको छ। विगतका युरोपेली बैठकहरूमा जस्तै यसपाली पनि झण्डै एक दर्जन शीर्षकहरूमा २७ देशका प्रतिनिधिहरूले छलफल गर्ने कार्यक्रम तय भएको छ। नेपालीहरूको प्रवासिने मुद्दा, पर्यटन प्रवर्द्धन, संघका…

Comments Off on पोहोर-परार भन्दा के फरक होला लक्जेमबर्गमा ?

बेलायतको स्थानीय चुनावमा तीन नेपाली सफल

नेपाली मूलका तीन जनाले बेलायतको स्थानीय निकाय निर्वाचनमा सफलता पाएका छन् । गत बिहिबार सम्पन्न निर्वाचनमा लक्ष्य गुरुङ, विष्णु गुरूङ र चित्र राना काउन्सिलर निर्वाचित भएका हुन् । यसपटक लण्डनसहितका विभिन्न काउन्सिलबाट आधा दर्जन बढी नेपाली काउन्सिलरको चुनावी मैदानमा थिए । त्यसमध्ये तीन जना भूतपूर्व गोर्खा सफल भए। निर्वाचित भएकामध्ये  विष्णु गुरुङ र चित्र राना दोस्रोपटक काउन्सिलरमा निर्वाचित भएका हुन्…

Comments Off on बेलायतको स्थानीय चुनावमा तीन नेपाली सफल

क्यानडाको ओन्टारियोमा नेपाली उमेदवार

नेपाली मूलका दिपक आनन्द क्यानडाको ओन्टारियो राज्यको मिसिसागा क्षेत्रबाट स्थानीय निर्वाचनमा  प्रोग्रेसिभ कन्जरभेटिभ पार्टीबाट उमेद्वार बनेका छन्। पार्टीको आन्तरिक निर्वाचनमा उनी विजयी भएपछि आगामी जुन ७ मा हुने निर्वाचनमा उनको उमेद्वारीको टुंगो लागेको हो । विगत दुइ दशकदेखि स्थानिय समुदायका विभिन्न कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका दिपक केही वर्षदेखि नेपाली समुदायका कार्यक्रमहरूमा पनि व्यस्त देखिन्थे । दिपकको उमेदवारीले यहाँको नेपाली…

Comments Off on क्यानडाको ओन्टारियोमा नेपाली उमेदवार

बेल्जियमको एउटै नगरपालिकामा ४ नेपाली उमेदवार

आउँदो अक्टोबरमा बेल्जियममा हुने नगरपालिकाको निर्वाचनमा लुभेन नगरपालिकामा मात्रै ४ नेपाली उमेदवार हुने भएका छन् । यहाँको प्रख्यात विश्वविद्यालयका कारण लुभेन विश्वभर परिचित छ । र यही लुभेन नगरपालिकाको एक प्रमुख आप्रवासी समुदायका रूपमा नेपालीहरू रहेका छन् । यसै कारण यहाँका प्रमुख राजनीतिक पार्टीहरूले नेपालीलाई मैदानमा उतारेका हुन् । लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको S.P.A. ले सूर्य ढकाललाई…

Comments Off on बेल्जियमको एउटै नगरपालिकामा ४ नेपाली उमेदवार