बेल्जियम जनसम्पर्क समितिः निर्वाचनपछि पनि विवादै

आपसी गुटका कारण झन्डै पाँच वर्षदेखि अधिबेशन गर्न नसकेको नेपाली काँग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको गत आईतवार सम्पन्न अधिवेशनले झन् बिबाद बल्झाएको छ| सहमतिबाट नेतृत्व छान्न असफल भएपश्चात निर्वाचन गरिएको थियो| निर्वाचनमा सुवास जोशी र प्रेम गुरुङले दुई समूहको नेतृत्व गरेका थिए| निर्वाचन आयोगले प्रेम गुरुङ्ग समूहका सहमहामन्त्री र एक सदस्यबाहेक अन्य सबै जोशी समूहका सदस्य निर्वाचित भएको घोषणा गरेको छ भने निर्वाचित समितिलाई गुरुङ समूहले सोमवारै एक विज्ञप्ति जारी गरी अमान्य भनेको छ |
विवादको शुरुवात
निवर्तमान अध्यक्ष गंगाधर गौतमको नेतृत्व रहँदै एक अर्को बिपी प्रतिष्ठान नामक संस्था स्थापना गरिएको थियो| संस्थापन पक्षसंग असन्तुष्ट रहेका जनसम्पर्क समितिका प्राःय सदस्यहरु प्रतिष्ठानमा थिए| जनसम्पर्क र प्रतिष्ठान मार्फत समूहगत रुपमा आ-आफ्ना गतिविधी संचालन गर्दै आईरहेका थिए| दुई समुहमा विभाजित सदस्यहरुबीच कुनै तालमेल थिएन| उनीहरु एक अर्काको कार्यक्रममा उपस्थित समेत हुँदैनथे| एकले अर्कालाई निषेध गरेर जाने प्रकृया अगाडि बढेपछि गत मार्च ३१ मा काँग्रेस नेता तथा प्रवास ईन्चार्ज अर्जुनकुमार जोशीको अथक प्रयासमा दुवै पक्षबीच अधिबेशन गर्ने सहमति भएको थियो|
Bel Janasamparkaअधिवेशनमा गौतम, जोशी र गुरुङले अध्यक्षको दावी गरेता पनि गौतमले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए| जोशीले संस्थापन पक्षको र गुरुङले असन्तुष्ट पक्षको नेतृत्व गर्दै निर्वाचनमा भाग लिए| अर्जुन जोशीको उपस्थितिमा आइतवार निर्वाचन गरिएको थियो| निर्वाचनपश्चात मध्यरातमा मतगणना कार्य शुरु गरिएको थियो| मतगणना स्थलमा सहमति अनुसार तोकिएका प्रतिनिधि बाहेक कसैलाई पनि जानबाट रोक लगाईएको थियो| दुवै पक्ष गणनास्थल बाहिर आ-आफ्नै अडकल काटेर बसिरहेका थिए| जित्नेमा कसैलाई पनि ढुक्क थिएन |झन्डै १५० मत गणना हुन बाँकी रहँदा दुवै पक्षबीच झडप भै मतगणना कार्य स्थगित गरिएको थियो| बिबादको क्रममा गुरुङ पक्षका उम्मेद्वार मतगणना केन्द्रबाट बाहिरिएका थिए भने निर्वाचन आयोजकले मतगणना कार्य स्थगित गरेको थियो| अर्जुनको निर्देशनमा करिब दुई घण्टापछि पुःन मतगणना कार्य शुरु गरी सोमवार निर्वाचित पदाघिकरीको नाम घोषणा गरिएको थियो |
निर्वाचित समितिले लोकतान्त्रिक बिधिमा हार जितलाई स्वीकार गर्नु पर्ने जनाएको छ भने असन्तुष्ट समूहले हार र जीत लोकतान्त्रिक विधीबाट नभएको आरोप लगाएको छ| दोश्रो अधिवेशनदेखि नै दुई समूहमा विभाजित सदस्यहरु बिचको यो बिबादले आउँदा दिनहरुमा पनि समानान्तर समितिको रुपमा अगाडी बढ्ने संभावना रहेको छ|
निर्वाचित घोषित २५ सदस्यीय कार्यसमितिमा सुवास जोशी (सन्तोष) अध्यक्ष, कृष्णबहादुर शाही वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा अनुजा प्रधान, एकेन्द्र श्रेष्ठ, विनोद पौडेल र गजेन्द्र वोगती, महामन्त्री शालिक गौतम (निर्विरोध), कोषाध्यक्ष दिनेश भण्डारी, सहमहामन्त्री विष्णु सापकोटा छन् । त्यस्तै सदस्यहरुमा नन्दु घले, राधाकृष्ण अधिकारी, कमल पन्थी, धर्म पाठक, केशव सापकोटा, राजु थापा, रविन्द्र शर्मा, यसोदा थापा, आकाश थापा, सिता सापकोटा, सुभाष गुरुङ्ग, राधा प्रधान, रविन्द्र अधिकारी, बल पुन, रविन्द्र घले र विराट जोशी छन्।
– दीपकज्योति पौडेल