३५ डिग्री मै खतरा

Hot in belgiumयस सालमा बेल्जियमको सबैभन्दा गर्मी भोली शुक्रवार रहने भविष्यवाणी यहाँको माैसम विभागले गरेको छ । ब्रसेल्सको आधीकारिक तापमापन केन्द्र उकलमा ३५ डिग्री सेल्सीयस रेकर्ड हुने अपेक्षा गरिएको छ ।
यत्तिको गर्मी हुने भविष्यवाणीमा बेल्जियमको स्वास्थ्य मन्त्रालयले ‘चेतावनीको दोस्रो तह’ घोषणा गरेको छ र आम जनतालाइ सावधान रहन अनुरोध गरेको छ । ‘बेल्जियमको निम्ति प्रचण्ड गर्मी’ बाट बँच्न सरकारले थुप्रै जानकारीमूलक सूचनाहरू प्रवाहित गरीरहेको छ । अस्पताल, स्वास्थ्य केन्द्र र एम्बुलेन्सहरूमा थप तयारीका साथ सेवा दिइने बताइएको छ ।