२०७० सालको पद्मश्री साहित्य र साधना पुरस्कार मनु बज्राकी र ध्रुवचन्द्र गौतमलाई

२०७० सालको पद्मश्री साहित्य पुरस्कार मनु बज्राकी र पद्मश्री साधना पुरस्कार ध्रुवचन्द्र गौतमलाई प्रदान गरीने भएको छ| प्रत्येक वर्ष नेपाली साहित्यकाmanudai
वर्षभरि प्रकाशित  उत्कृष्ट कृतिलाई दिदै आएको पद्मश्री साहित्य सम्मान कथाकार मनु बज्राकीको कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’ को लागी प्रदान गरीने भएको हो |

यो कथासङ्ग्रहका कथाहरूमा जीवनको भित्री तहसम्म पुगेर जीवनका विसङ्गत पक्षहरूलाई अत्यन्त सूक्ष्म रूपमा प्रस्तुत गरिएको छ । आञ्चलिकता, प्रयोग, बहुलता र व्यङ्ग्यचेत र मनोवैज्ञानिक पक्ष गहिरो रूपमा प्रस्तुत भएको छ । साथै यस पुस्तकमा जीवनका निर्मम पक्षहरूलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । यो पुरस्कारको राशी  दुई लाख रहेको छ ।

यो सम्मान यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर’, भानुभक्त पोखरेलको ‘हिमवत्’ खण्ड, कृष्ण बरालको ‘समय हराएको बेला’, धु्रव सापकोटाको ‘अकल्पनीय’ र अमर न्यौपानेको ‘पानीको घाम’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र रवीन्द्र समीरको ‘अर्जुनदृष्टि’, खगेन्द्र सङ्ग्रौलाको ‘आफ्नै आँखाको लयमा’ र शारदा शर्माको ‘ताप’ पुस्तकलाई प्रदान गरीसकिएको छ ।DhurbaChandra

यसै गरी पद्मश्री साधना सम्मान झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका ध्रुवचन्द्र गौतमलाई प्रदान गरीने भएको छ । उनका कृतिहरूमा आञ्चलिकता र प्रयोगका विभिन्न आयामहरू पाइन्छन् । विशेष गरी तराई र मधेशको जीवनशैली उहाँको आख्यानमा पाइन्छ । श्यामव्यङ्ग्य र सहज तरिकाले कथा भन्ने उनको आफ्नै विशिष्ट प्रकारको शैली छ । यस सम्मानको राशी रु एक लाख रहेको छ ।

यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

दुवै सम्मान कोजाग्रत पूर्णिमाको दिनमा दिने गरिन्छ ।