१४ सेप्टेम्बर आइतबार नेपाली संघिय समाज बेल्जियमको साधारण सभा

हार्दिक निमन्त्रणा: बेल्जियमका सम्पुर्ण नेपाली जनसमुदाय ,
यही १४-०९-२०१४, तदानुसार १४ सेप्टेम्बर २०१४ आइतबारको दिन नेपाली संघिय समाज बेल्जियमको साधारण सभाको अवसरमा संघिय समाजवादी पार्टी नेपालको केन्द्रिय महासचिव राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न हुन गई रहेकोले बेल्जियम स्थित सम्पुर्ण राजनितीक संगठनहरु, जातिय तथा सामाजिक संघ सँस्थाहरु लगायत सम्पुर्ण बेल्जियमको नेपाली जन समुदाय हरुलाई यसै सुचना मार्फत उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । युरोपको विभिन्न देशहरूमा स्थापित नेपाली संघिय समाजका र नेफेसो युरोपको सल्लाहकार ज्यूहरू, अध्यक्ष, पदाधिकारी, समिति सदस्य ज्यूहरू, संसपा नेपाल प्रति आस्थावान मित्रहरूलाई पनि यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ । आधिकारिक निमन्त्रण पत्र यहाँहरू समक्ष पुराउने यथेष्ट प्रयास गर्ने छौ । धन्यवाद ।
संघिय सलाम !
•कार्यक्रम हुने समय दिनको १ बजे
स्थान: ons huis, Leuven.
प्रमुख अतिथी : राजेन्द्र श्रेष्ठ – महासचिव ससपा नेपाल
बिशिष्ट अतिथी: अजम्बर राई काड०माड० – उप-महासचिव ससपा नेपाल
बिशिष्ट अतिथी: आड० काजी शेर्पा – स्थायी समिती सदस्य तथा विदेश विभाग प्रमुख ससपा नेपाल
महासचिव लोक राना
अध्यक्ष नेत्र बहादुर मगर