ह्याण्ड नेपाल बेल्जियमद्वारा विद्यालयलाई सहयोग

ह्याण्ड नेपाल बेल्जियमले काभ्रेपलान्चोक ढुंखर्कस्थित पार्वती उच्च माविलाई भौतिक पूर्वाधार निर्माणको लागि दुई लाख पचास हजार रूपैयाँ सहयोग स्वरूप प्रदान गरेको छ|सोमवार संस्थाका संरक्षकद्वय जेफ दाविद्स र बेया आलेनले बिद्यालयलाई चेक हस्तान्तरण गरेका थिए |hand nepal

बिशेष गरी निम्न आय श्रोत भएका परिवारका बिधार्थिले अध्यापन गर्दै आईरहेको उक्त स्कुलको अवस्था कमजोड तथा शैक्षिक सामाग्रीको पनि अभाव हुने गरेको पाईएको बिधार्थीको शैक्षिक स्तरमा बृद्वी गर्ने उद्वेश्यले बिगत देखि नै  सहयोग गर्दै आईरहेको चिनिया दुलालले बताए|

बिद्यालय सहयोगको लागी ह्याण्ड नेपाल बेल्जियमले नेपाली चाड पर्वका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी रकम जुटाउदै आएको छ|सस्थालाई बेल्जियन नागरिकहरुले सहयोग गर्दै आईरहेका छन्| बेल्जियम स्थित तुमुल्ट र चिल्ड्रेन अफ द स्ट्रिड जस्ता सस्था सगं ह्याण्ड नेपालले सहयोगको लागी सहकार्य गर्दै आएको छ|

बिधालयमा हाल करिब ७२० बिद्यार्थीहरुले अध्यापन गरीरहेका छन|