हिमालय यात्रा

(कविता)224604_1695282421149_4812980_n

सेताम्यै हिउँले ढाकिएको अहा सुन्दर हिमाल !

गगनचुम्बी स्वरूप, सगरको मुकुट

तनावभन्दा माथि, रोदनभन्दा दूर

शीतल अनुभूति, हिमालको गजुर

 

बादल छ र वर्षा, अनि ईन्द्रेणीको रुप

निर्मल पानी, कलकल ध्वनि, कति मधुर !

लेकाली घाँसे मैदानमा कस्तुरी चौँरी चर्छन्

मयुर, डाँफे सप्तरंगी नाच्छन् |

 

 

सर्वत्र रंगीचंगी- अदृश्य एक शक्ति जस्तो

जीवन,सुन्दरता र प्रेम- कवितामा रचे जस्तो

स्वर्गदूत पनि लोभिने- कस्तो आनन्द कस्तो सुख

खुशियाली, हरियाली- यहाँ छ जीवनको नित्य रूप ।

माधब सापकोटा,बेल्जियम