हार्ने चुनाव किन लड्दैछन् कोइराला?

 

प्रधानमन्त्री पदबाट राजीनामा दिएर सुशील कोइरालाले पुन प्रधानमन्त्रीमा उम्मेदवारी दिएका छन्।उनको प्रस्तावकमाshushil उनको दलका नेता शेरबहादुर देउवा र समर्थकमा रामचन्द्र पौडेल छन्। उनका प्रतिद्वन्द्वी केपी ओलीले भने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत अन्य दलका नेताहरुलाई समर्थक राखेर उम्मेदवारी दिएका छन्। उक्त समर्थन एक ढिक्का रहिरहेमा ओली प्रधानमन्त्री बन्ने पक्का देखिन्छ।

त्यसो भए हार्ने चुनाव किन लड्दैछन् कोइराला? समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधान संशोधन गर्ने कुराबाट उहाँहरु (एमाले नेताहरु) पछि हट्नु भयो, पुनर्निर्माण प्राधिकरणबारेको सहमति पनि तोडियो। त्यसैले कांग्रेसको उम्मेदवारी परेको हो।आनन्दप्रसाद ढुंगाना, कांग्रेस नेता सुशील कोइराला निकट कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना कोइरालाको उम्मेद्वारी राजनीतिक मुद्दाले निर्धारण गरेको बताउँछन्। उनी भन्छन्, “समानुपातिक समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधान संशोधन गर्ने कुराबाट उहाँहरु (एमाले नेताहरु) पछि हट्नु भयो, पुनर्निर्माण प्राधिकरणबारेको सहमति पनि तोडियो। त्यसैले कांग्रेसको उम्मेदवारी परेको हो।”

संविधान निर्माणपछि एमालेलाई सत्ता सुम्पिने सहमतिबाट कांग्रेस पछि हटेको बताउने एमाले उपमहासचिव विष्णु पौडेल भने ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति आफ्नो वचनको विश्वसनीयतामा कायम रहन’ नसकेको बताउँछन्।आफ्नो उम्मेदवारी लगत्तै प्रतिक्रिया दिँदै ओलीले अन्तिममा कांग्रेसले पनि आफूलाई समर्थन गर्ने विश्वास व्यक्त गरे। तर कांग्रेस नेता ढुंगानका अनुसार हार-जीत जे भए पनि कांग्रेस पछि हट्दैन। उनी भन्छन्, “प्रक्रिया र पद्धतिमा विश्वास गर्ने प्रजातान्त्रिक पार्टीका निम्ति हार-जीत ठूलो कुरा होइन, राष्ट्रिय मुद्दा प्रमुख विषय हो।” उनले त्यसो भने पनि कांग्रेसले जित्ने सम्भावना नदेखेरै पनि उम्मेदवारी दिएको होला?

खासगरी मधेसी मोर्चाले आफूलाई साथ दिनेमा कांग्रेस आशावादी देखिन्छ। तर त्यो संख्या कोइरालालाई फेरि प्रधानमन्त्री बनाउन पर्याप्त हुने छैन।नेकपा मालेका महासचिव सीपी मैनालीका बुझाईमा केही साना दलको साथ जुटाउँदै एकीकृत नेकपा माओवादी र राप्रपामा विभाजन आउने आशामा त्यसो गरेको हुनसक्छ। राष्ट्रपतिमा रामवरण यादव पनि ‘चमत्कारिक’ रुपमै निर्वाचित भएका थिए।

कांग्रेसकानिम्ति यसपटक कमजोर देखिएको त्यो ‘चमत्कार’ को सम्भावना निस्तेज पार्न सफल भए पनि ओलीका सामू प्रतिपक्षको बलियो तरवार झुण्डिएको हुनेछ भने सर्तको भारी बोकाएर साथ दिएका एकीकृत माओवादी र राप्रपा नेपाल तथा साना दलहरुको वैशाखीमा ओलीको प्रधानमन्त्रीको आसन कमजोर। जबकी कांग्रेसले साथ दिनु भनेको ओली नेतृत्वको सरकारलाई आउँदो निर्वाचन गराउने जिम्मेवारी पूरा गर्ने हदसम्म बलियो पार्नु हुने थियो।

तर अहिले प्रतिपक्षमा पुगे पनि कांग्रेसका निम्ति संविधानविदहरुका बुझाइमा ‘६ महिनामा एकपटक जुनसुकै बेला अविश्वास प्रस्ताव पेश गर्न सकिने’ संविधानको संक्रमणकालीन प्रावधानको लाभ लिने अवसर सदैव खुला रहने छ।त्यसैले कतिपयका विश्लेषणमा ओलीको मातहतमा सरकारमा जानु भन्दा संविधान संशोधन लगायतका मुद्दामा नयाँ सहमति गरी तराई केन्द्रित दलहरु सहितको नयाँ चुनावी सरकार बनाउने दाउ कांग्रेसले हेरेको हुनसक्छ। तर उसको दाउ सफल हुन्छ वा विफल भन्ने कुरा ओलीले जारी आन्दोलन र तराई केन्द्रित दलहरुप्रति लिने नीतिमा निर्भर हुनेछ।