हङकङमा ‘जुनी जुनी’ प्रदर्शन गरिने

माओत्से गुरुङको लेखन तथा निर्देशिन रहेको  गुरुङ भाषाको ‘जुनी जुनी’ चलचित्र भुकम्प पीडितको सहयोगार्थ हङकङमा प्रदर्शन गरिने भएको छ । ‘जुनी जुनी’ यहि जुलाई १९ मा प्रदर्शन गरी प्राप्त रकम भुकम्प पीडितका लागि सहयोग गरिने भएको हो ।

चलचित्र ‘जुनी जुनी’ मा कुशल गुरुङ, विश्वास गुरुङ, सोबिन गुरुङ, पबित्र गुरुङ, डिबी गुरुङ, राजेन्द्र थापा, सुर्य सुनुवार, प्रतिक्षा गुरुङलगायतले अभिनय गरेका छन् ।
संस्कृतिकर्मी धम्पु गुरुङ दुराको कथा, भेष गुरुङको छायांकन, राजन पुवर, सन्तोष कोन्मे र भेष गुरुङले जुनी जुनीको सम्पादन गरेका छन् भने बुद्धिमान गुरुङ दुरा , सरुन गुरुङ र जय कुमारको संगीत, जसु गुरुङको नृत्य , डिबी गुरुङ निर्माण नियन्त्रक रहेका छन ।juni-juni