स्वीस बैंकमा छापा

स्वीस प्रहरी अधिकारीहरूले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा बुधबार छापा मारेका छन्।
HSBC logo is pictured at a Swiss branch of the bank, in Genevaउनीहरूले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात व्यक्तिहरूका बारेमा छानविन गरिरहेको बताए। उक्त अनुसन्धान सम्पत्ति अपचलनमा संलग्न वा सहभागी भएका आशंकित व्यक्तिहरूसम्म विस्तार हुन सक्ने जनाइएको छ। एचएसबीले स्वीस अधिकारीहरूलाई सहयोग गरिरहेको बताइएको छ। उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरूलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एक हप्तापछि छापा मारिएको हो।
उक्त घटनालाई लिएर गत सप्ताहन्तमा एचएसबीसीले युरोपका विभिन्न अखबारहरूमा माफी मागेर पूरा पृष्ठका विज्ञापन प्रकाशित गरेको थियो।

उक्त बैंकका कार्यकारी प्रमुख फ्रान्को मोराले गत हप्ता बैंकको स्तरलाई पूरा नगर्ने ग्राहकहरूको खाता बन्द गरिएको जानकारी दिएको थियो। उनले बैंकको खाता ऐतिहासिक व्यावसायिक अभ्यासको अवशेष भएको बताएका थिए। एचएम रिभेन्यु एन्ड कस्टम्सले सन् २०१० मा बैंकको केही दस्तावेजहरू चुहावट भएको र त्यसबाट १ हजार १ सय जना कर छल्ने व्यक्तिहरूको पहिचान
गरिएको थियो।
उक्त बैंकमाथि अमेरिका, फ्रान्स, बेल्जियम र अर्जेन्टिनामा आपराधिक छानविन भइरहेको जनाइएको छ। सो बैंकमा आठ जना नेपालीको समेत खाता रहेको बताइए पनि ती व्यक्ति को हुन् भन्नेबारेमा अझै खुलिसकेको छैन। नेपालको संसदीय समितिले समेत सो विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिइसकेको छ।