स्वीट्जरल्याण्डमा लक्ष्मी जयन्ती

Swiss laxmi jayantiनेपाली जनसम्पर्क समिति (जेएसएस) स्वीट्जरल्याण्डको आयोजनामा स्वीट्जरल्याण्डको जुरिखमा लक्ष्मी जयन्ति तथा तिहार कार्यक्रम सम्पन्न भएको छ । जनसम्पर्क समिति स्वीट्जरल्याण्डले हरेक वर्ष मनाउंदै आएको उक्त कार्यक्रम सदा झैं यस पटक पनि देउसी भैलो र भाग्यशाली चिट्ठाका साथमा उल्लास र उमंगका साथ भव्य रुपमा सम्पन्न गरेको हो ।
दिनको १: ३० बजेबाट कार्यक्रमको शुरुआत हुने भनि बोलाइएको भए पनि ढिला गरी करिब ५ बजेबाट मात्र नेपाली खाजा सेलरोटी, अचार र चिउराबाट कार्यक्रम शुरु भएको थियो ।
जनसम्पर्क समितिका अध्यक्ष रामकुमार महतोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको औपचारिक उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा लामो सयमदेखि स्वीट्जरल्याण्डमा बसोबास गर्दै आउनु भएका माधवराज अचार्य तथा सभापति महतोबाट संयुक्त रुपमा पानसमा बत्ती बालेर भएको थियो ।
कार्यक्रमका अन्य अतिथिहरुमा जनसम्पर्क समितिका सल्लाहकार हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष गुणराज शर्मा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, एनआरएनए स्वीट्जरल्याण्डका उपाध्यक्ष हरि बस्नेत, बेर्न समाजका अध्यक्ष विष्णु थापा, स्वीसमा कार्यरत सञ्चारकर्मीहरुका तर्फबाट नेपाल स्वीस डटकमका प्रतिनिधि जंगम खड्का, स्विस नेपालडटकमका प्रतिनिधि निरञ्जन श्रेष्ठ, अराउ समाजका प्रतिनिधि सीमा गौतम अर्याल, स्वीस नेपाली समाजका प्रतिनिधि विजया भट्ट आदि रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्तव्य तथा दिपावलीको शुभकामना दिनेहरु प्रमुख अतिथि आचार्य, समितिका निवर्तमान अध्यक्ष शर्मा, कार्यक्रमका सभापति तथा जेएसएसका अध्यक्ष रामकुमार महतो हुनुहुन्थ्यो । सोही कार्यक्रममा लक्ष्मी जयन्तिको अवसर परेकोले महाकवि लक्ष्मी प्रसाद देवकोटाका बारेमा समितिका सदस्य लक्ष्मी प्रसाईले देवकोटाको जीवनीका बारेमा प्रकाश पार्दै कविता समेत वाचन गर्नु भएको थियो भने उक्त औपचारिक कार्यक्रमको सञ्चालन समितिका महामन्त्रि सुवर्ण भट्टराईले गर्नु भएको थियो ।
आयोजकका तर्फबाट कार्यक्रमको बीचमा प्रदान गरिएको दल बहादुर पुनको नेतृत्वमा तयार पारिएको नेपाली सेलरोटी तथा नेपाली बुफेटलाई उपस्थिति पाहुनाहरुले निकै प्रशंसा गरेका थिए भने उक्त खाना तयार पार्नका लागि दल बहादुर पुनलाई तारा सुवेदी, तिलक पुन , कमल पुन, विमला हायोज बस्नेत, दावा गुरुंगले साथ दिनु भएको थियो । कार्यक्रममा जेएसएसले मदिराजन्य पेय पदार्थ विक्री गरेको थियो भने त्यसको व्यवस्थापन तेम्पा गुरुंगले मिलाउनु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा सबैको आकर्षणको केन्द्र बेनका थिए एक दृष्टि विहीन नेपाली भाइ जसको मादलको तालले सबैको ध्यान खिच्न सफल भएको थियो । त्यसैगरी स्थानीय कलाकारहरु सुवास सुन्दासले आफ्नो लगायत अन्य रोचक रिमिक्स गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कमल पुन र मन्जु सापकोटाको दोहोरीले अर्कै रौनकता थपेको थियो भने सबैभन्दा बढी आकर्षक कार्यक्रम देउसी भैलोबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । देउसी भैलो भट्याउनेमा लक्ष्मी प्रसाई, गुणराज शर्मा, निर्मला राजभण्डारी, विजया भट्ट, सीमा गौतम अर्याल, शुभ एल्मर लामा, लक्ष्मी श्रेष्ठ महतो, विमला हायोज बस्नेत र तारा सुवेदी लगायतका व्यक्तिहरु रहनु भएको थियो । उनीहरुको साथमा खेलिएको देउसी भैलोले जेएसएसका लागि नगद २८७। फ्रेन्क, अमेरीकन डलर र नेपाली रुपयाँ संकलन गरिएको थियो । उक्त दोश्रो चरणको सांस्कृतिक कार्यक्रमको सञ्चालन समितिका सहमहामन्त्री प्रेम सापकोटाले गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा सदा झैं भाग्यशाली उपहार चिट्ठा खोलिएको थियो । यसपटकको भाग्यशाली चिट्ठाको नतिजा यस प्रकार रहेको थियो ।
प्रथम पुरस्कार ल्यापटप सहित अन्य विभिन्न पुरस्कारहरु हात पार्ने भाग्यशाली विजेताहरुमा प्रथम पुरस्कार बुद्धि थापा बेर्न, द्वीतीय पुरस्कार मणि अधिकारी जुरिख, तेश्रो पुरस्कार सुवास पोख्रेल जेनेभा, तेश्रो पुरस्कार पल्वीन जेनेभा, सान्त्वना पुरस्कार पाउनेहरुमा सरिन मल्ला जुरिख, समिर रइला बेर्न, सन्तोष राई बासेल, गोविन्द ढकाल जुरिख, विदुर संग्रौला आराउ रहनु भएको थियो ।
त्यसैगरी भाग्शाली चिट्ठाको नतिजा प्रकाशन गर्नमा विशेष सहयोग गर्नु हुनेमा जेएसएसका सम्पूर्ण पदाधिकारीहरु रामकुमार महतो, विष्णु थापा, गुणराज शर्मा, सुवर्ण भट्टराई, प्रेम सापकोटा, प्रकाश पौडेल लगायतका हुनुहुन्थ्यो ।
अन्त्यमा हिरालाल श्रेष्ठको उत्कृष्ठ म्युजिक व्यवस्थापनका साथमा राति अबेर करिब १२ बजेसम्म डिस्को चलेको थियो भने सबैजना संगीतमा झुमेका थिए ।
कार्यक्रमको समापन गर्दै सोही कार्यक्रमका अध्यक्ष तथा समितिका सभापति रामकुमार महतोले समय निकालेर आफ्नो कार्यक्रममा उपस्थित भईदिनुहुने तथा चिट्ठा कार्यक्रममा सहभागिता जनाई सहयोग गर्नु हुने र विशेष गरेर कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनु हुने समितिका सम्पूर्ण पदाधिकारीहरु लगायत उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।