सिरियालीको ट्रान्जिट प्वाइन्ट- नेपाल

काठमाडौं।टर्की छिरेर सिधा उडानमा नेपाल आउँछन् र यहाँबाट सिंगापुर, थाइल्याण्ड वा मलेसिया हुँदै युरोप र अमेरिका छिर्छन

अध्यागमन विभागको अनुसन्धानले द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकले जाली राहदानी प्रयोग गरी युरोप र अमेरिका जान नेपाललाई ट्रान्जिट बनाउने गरेको खुलेको छ।

पछिल्ला महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाली राहदानीका साथ पक्राउ परेका सिरियाका नागरिकले आफूलाई शरणार्थी दाबी गर्दैनन्। पक्राउ पर्ने व्यक्ति फरक भएपनि उनीहरुले जाने गन्तव्य एउटै बताउन गरेका छन्-युरोप वा अमेरिका। पक्राउपछि बयानमा उनीहरूले यो कबुल गरेका हुन्।

उनीहरूले १ देखि १२ हजार अमेरिकी डलरसम्म विभिनन देशका राहदानी खरिद गरी फोटो परिवर्तन गरेर नेपालहुँदै युरोपेली राष्ट्र र अमेरिकालाई गन्तब्य बनाउने गरेको बयानमा बताएका छन्।

ति सिरियाली नागरिक टर्की छिरेर सिधा उडानमा नेपाल आउँछन् र यहाँबाट सिंगापुर, थाइल्याण्ड वा मलेसिया हुँदै युरोप र अमेरिका जाने गरेको अनुसन्त्रानबट पत्ता लागेको छ।
– नागरिक