सांगीतिक समूह कुटुम्बको भव्य प्रस्तुति बेल्जियमकोअन्त्वेर्पेनमा सम्पन्न

पासा पुच बेल्जियम को आयोजनामा नेपालका चर्चित कलाकारहरुको सांगीतिक समूह कुटुम्बद्वारा बेल्जियमको अन्त्वेर्पेन सहरमा ११ जुलाईमा भब्य सांगीतिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम मा वेल्जियमको केन्द्रीय संसदमा हालै निर्वाचित NVA पार्टीवाट सांसद Dr. Yoleen Van Camp र फलामिस संसदकी सांसद Manuela van Werde , नेपाली दुताबास बेल्जियम प्रतिनिधिहरू , बेल्जियम स्थित विभिन्न संघ सस्था का प्रमुख हरु लगायत संगीत प्रेमी नेपाली समुदायको उल्लेख्य उपस्तिथी रहेको थियो ।
Kutumba program Antwerp
कार्यक्रम मा आयोजक को निमंत्रना लाई स्वीकार गरि कार्यक्रममा अाथित्यता गह्रण गर्नु हुने बेल्जियम का चर्चित दुइ साँसद लाई माया को चिनो स्वरूप भगवान गौतम बुद्ध को मुर्ति प्रदान गरिएको थियो । साथै उनिहरुसंग कार्यक्रम बारे जिज्ञासा राख्दा नेपाली संगीत बाट भरमग्दुर आनन्द प्राप्ति भएको बताए उक्त कार्यक्रम पासा पुच बेल्जियम का उपाधक्ष्य भिम जोशी को सम्योजकत्वमा सम्पन्न भएको थियो भने कुटुम्ब समूह सम्बन्धि जानकारी संस्था का अधक्ष्य चिज कुमार श्रेष्ठ ले गराउनु भएको थियो ।

Kutumba program Antwerp 2

साथै कार्यक्रम पश्चात अधक्ष्य संग कार्यक्रम सम्बन्धमा गरिएको जिज्ञासा मा कार्यक्रम सफल रुपमा सम्पन्न भएको मा खुसि ब्यक्त गर्दै उक्त कार्यक्रम मा भाग लिन नेपाल देखि पाल्नु भएका कुटुम्ब समूह,बेल्जियम का सांसद ज्यूहरू , स्थानीय राजनितिमा सक्रीय नेपालीहरू ,नेपाली दुताबासका प्रतिनिधिहरू , बेल्जियम स्थित विभिन्न संस्था का अधक्ष्य छिमेकि मुलुक का मित्र हरु साथै सम्पूर्ण उपस्तिथ संगीत प्रेमी महानुभाव हरु पासा पुच बेल्जियम का पूर्व अधक्ष्य ज्यु समिती मा आबद्ध साथी हरु सबै मा संस्था को तर्फ़ बाट हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नु भयो.कार्यक्रम संस्था का बरिस्ठ उपाधक्ष्य यकेंद्र श्रेष्ठ तथा वयुटी श्रेष्ठले संयुक्त संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम मा बिश्व साइकल यात्री बिरेश दाहाल को समुहलाई उहाहरुको यात्रा सफलताको कामना सहित सम्मान गर्दै आर्थिक सहयोग समेत गरिएको थियो ।