सलमान खान होइन करण: प्रिटी जिन्टा

बलिउडका सिङ्गल सिलेब्रिटीहरूको बिहेको चर्चा ज्यादै हुनेगर्छ ।

फिल्म निर्माता/निर्देशक करन जौहरको शो ‘कफी विद करन’मा वलिउड सुपरस्टार सलमान खानले आफ्नो निजी जिन्दगीका धेरै कुराहरु पर्दाफास गरेका थिए ।
Preity-Zinta-prefers-Karan-Johar
करन ले सलमानसँग बैवाहिक प्रश्न राखेका थिए। त्यतिबेला सलमानले आफ्नो जीवनसाथीको रुपमा वलिउड एक्ट्रेस प्रिटी जिन्टा आफुले चाहेको बताएका थिए ।
तर, प्रिटि जिन्टा समलानको यो कुराप्रति खासै चाख राखिनन् । गालामा डिम्पल भएकी जिन्टाले एक अवार्ड कार्यक्रममा भने अचम्मित तुल्याईदिएकी छिन्। सञ्चारकर्मीले उनका व्यक्तिगत कुराहरु खोतल्न थालेपछि प्रिटीले सलमानले आफुसँग बिहे गर्न चाहेको बताए पनि आफुले भने करन जौहरसँगै बिहे गर्न चाहेको बताईन् ।

सो कार्यक्रममा करन पनि आएका थिए। प्रिटीको कुरामा करन जौहर पनि सकारात्मक देखिए। निर्माता/निर्देशक जौहरले पनि आफुले प्रिटीसँग बिहे गर्न इच्छुक रहेको बताए।