सलमान खान बने,एक नम्बर सेलिब्रेटी

सलमान खान सन २०१४ को ‘टप सेलिब्रेटी’ बनेका छन| फोव्स इन्डियाले निकालेको ‘उत्कृष्ट दश सेलिब्रेटी’ सूचिमा सलमान एक नम्बरमा परेका हुन| salman-khanप्रसिद्दी र आम्दानीका हिसाबले सुचिमा पर्ने सिमित अभिनेताहरूमा सलमान खान परेका हुन| यो वर्ष उनको सिनेमा ‘किक’ सुपरहिट रह्यो जून यो वर्ष हालसम्म रिलिज भएका सिनेमाहरू मध्ये सबैभन्दा बढी कमाइ गर्ने हिन्दी सिनेमा बनेको छ| ‘चिङ्कारा हिरण शिकार’ मुद्दाका कारण सालभर नै कानुनी झमेलामा फसेका सलमान वक्सअफिसमा यो वर्ष बलियो देखिए|

त्यसै गरी अघिल्ला दुई बर्ष सूचिको पहिलो स्थानमा रहेका शाहरुख खान यस पटक भने तेश्रो स्थानमा झरेका छन्| यस वर्ष रिलिज भएको उनको एकमात्र सिनेमा ‘ह्यापी न्यू इयर’ले सोचेअनुरूपको व्यापार गर्न सकेन।

सुचिमा सलमान खान पछि दोस्रो नम्बरमा महानायक अमिताभ बच्चन परेका छन| सुचिमा परेका अन्य कलाकारहरूमा धोनी चौथो,अक्षयकुमार पाँचौ,बिराट कोहिल छैटौ, आमिर खान सातौं स्थानमा रहे| त्यसैगरी उत्कृष्ट १०को सुचिमा परेकी एक मात्र महिला अभिनेत्री दिपिका पादुकोण ऋतिक रोशनलाई रोक्दै आफूलाई ८ औ स्थानमा  राख्न सफल भइन| त्यसै गरी सचिन तेन्दुलकर दशौ स्थानमा रहेका छन्|