सलमानलाई दश वर्षको जेल सजाय हुन सक्ने

salman1बलिउड नायक सञ्जय दत्त मुम्बई बम काण्डमा संलग्नता तथा अवैध रुपमा घरमा हतियार राखेको अभियोगमा जेल सजाय काटिरहेका बेला अर्का नायक सलमान खानलाई पनि जेल सजाय हुन सक्ने संकेत मिलेको भारतिय अनलाईनहरुले जनाएका छन्।

समाचारमा जनाइएअनुसार सलमान खानले चलाएको गाडीले मुम्वईको सडक पेटीमा सुतिरहेकाहरुलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको घटनामा सलमानलाई १० वर्षको जेल सजाय हुन सक्नेछ। सो घटनामा सलमानले मदिरा पिएर अनियन्त्रित र तिब्र गतिमा ल्याण्ड क्रुजर चलाउँदा उनको गाडीले सडक पेटीमा सुतिरहेका ५ जना सडक बालबालिकालाई ठक्कर दिएको थियो। घटनामा चारजना सख्त घाइते भएका थिए भने एकजनाको घटनास्थलमै मृत्यु भएको थियो।

यस मामलामा चलिरहेको सलमानको मुद्या अब सेसन कोर्टमा जाने समाचारमा जनाइएको छ। यो मुद्याको पैmसला सलमानको विरुद्धमा भए उनलाई १० वर्षको जेल सजाय हुने समाचारमा उल्लेख गरिएको छ। समाचारमा जनाइएअनुसार यो गैर जमानती मुद्या हो। यो मुद्याको फैसला सलमानको विपक्षमा भए उनले जमानत पाउने छैनन्। सलमान यसअघि सन् २००७ मा लोपोन्मुख जनावर शिकार गरेको अभियोगमा जेल परिसकेका छन्।