सलमानको गर्लफ्रेन्डले नाचेरै देखाउने

iulia-vanturबलिउड नायक सलमान खानकी प्रेमिका लुलिया वन्तुर भारतको लोकप्रिय टेलीभिजन शो ‘झलक दिखला जा’ मा देखा पर्ने भएकी छिन्। नृत्य मञ्चका रूपमा लिइएको यस शोमा लुलिया पनि देखा पर्ने भएपछि बलिउडमा अहिले चर्चा ह्वात्तै बढेको छ। मोडलिङमा लागेकी उनी पछिल्लो समय सलमान खानसँगको सम्बन्धका कारण चर्चामा रहँदै आएकी छिन्। सलमानले उनीसँग बिहेको तयारी गरेको चर्चा गरिए पनि अहिलेसम्म विवाह बन्धनमा भने बाँधिएका छैनन्।

यसअघि उनी फिल्म ओ तेरीमा आइटम गर्लका रूपमा देखापरेकी थिइन्।