समानता श्रेष्ठको हत्या आरोपमा अमेरिकी प्रहरीले २ जना पक्रियो

नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ । भर्जिनियास्थित ब्ल्याकबक्स प्रहरी विभागका नाथन ओडेलले जारी गरेको बिज्ञप्ति अनुसार भर्जिनिया टेक्निकलका बिद्यार्थी बर्ष २२ की जेसिका मिशेल विङ्ग र बर्ष २३ का केफ़र कायल ब्राउनलाई नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्या गरेको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो ।

Samanata Shrestha USAहत्याका दुवै अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याकबक्सका स्थानिय बासिन्दा भएको प्रहरीले जनाएको छ । ब्ल्याकबक्स प्रहरी विभागका अनुसार जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा मोन्टगेमरी काउन्टी जेलमा राखिएको छ । दुवै अभियुक्त मोन्टगेमरी काउन्टी जेलमा रहेका छन् । भर्जिनिया टेक्निकल विश्वविद्यालयले दिएको जानकारी अनुसार जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको र केफ़र कायल ब्राउन पूर्व बिद्यार्थी भएको जनाएको छ ।

मृतक समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्चमाध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन । उनका छिमेकी रोसारियो रुसका अनुसार मृदुभाषी समानता शनिबारदेखि हराएकी थिइन । शनिबार नै छिमेकी र नजिकका व्यक्तिले समानता हराएको सुचना प्रहरीलाई दिएका थिए । ब्ल्याकबक्स प्रहरी विभागका अनुसार समानता श्रेष्ठको हत्यामा तेस्रो व्यक्तिको समेत संलग्नता हुन सक्ने र तेस्रो व्यक्तिको खोजि भइरहेको छ । हत्याको कारण पत्ता लगाउने प्रयास जारी रहे पनि अहिले सम्म हत्याको कारण प्रष्ट खुल्न सकेको छैन । यद्यपि प्रारम्भिक अनुसन्धानले त्रिकोणात्मक प्रेम सम्बन्ध हत्याको कारण हुन सक्ने आशंका गरिएको छ ।