सभासद सञ्जय साह ‘टकला’ नेपालका खतरनाक अपराधी मध्ये एक : नेपाल प्रहरी

जनकपुरको परमानन्द चोकमा भएको बम विस्फोट काण्डमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सभासद सञ्जय साह ‘टकला’ नेपालका खतरनाकमध्ये एक अपराधी रहेको प्रहरीले जनाएको छ। ठेक्कापट्टा गर्ने क्रममा सामान्य गुण्डागर्दी सुरु गरेका उनी राजनीतिज्ञका रुपमा संसदसम्म आइपुग्दा अपराधीका रुपमा स्थापित भएको प्रहरी अनुसन्धानले देखाएको खबर आजको कान्तिपुरमा छापिएको छ।

Sanjaya-Kumar-Shah‘साहले यो तहमा अपराध गर्छ भनेर कसैले हेक्का राखेका थिएनन्। ऊ अपराधलाई कर्पोरेटकै रुपमा सञ्चालन गर्ने मानिमस हो,’ मध्यमाञ्चल प्रहरी प्रमुख नायब माहानिरीक्षक (डिआईजी) प्रकाश अर्यालले भने,’ उसको तुलना रुसी माफिया अल कपोने, इटालिका शाल्भाटोर टोटो रिना र जापानका शिनोबु टकुकासासँग गर्न सकिन्छ। उनी नेपालको खतरनाकमध्ये एक मानिस हुन्।’ विस्फोटका मुख्य योजनाकारका रुपमा पक्राउ परेपछि साहको आपराधिक सञ्जालबारे थप खुलासा भएको हो।

राजनीतिक वृत्त, प्रशासन, प्रहरीमा समेत राम्रै पहुँच बनाएका साह कहिल्यै पक्राउ पर्दैनन् भन्ने मानसिकताका कारण पीडित र उनकै गिरोहका सदस्यले यसअघि मुख खोल्न नसकेको अर्यालले बताए। ‘अहिले पुर्पक्षमा गएपछि उनका आपराधिक गतिविधबारे उजुरी र बयान दिने क्रम बढ्दो छ,’ उनले भने।