सन्दिप भए मिस्टर नेपाल

एक्सपोज नेपालद्वारा आयोजित मिस्टर नेपाल २०१५ को उपाधी सन्दिप पोखरेलले चुमेका छन् | एपोलो इन्टरनेसनल कलेज वानेश्वरमाsandip.jpg बिबिएस अध्यायनरत २२ वर्षीय सन्दिप पोखरलले ४० प्रतियोगी युवालाई उछिन्दै मिष्टर नेपाल २०१५उपाधि जितेका हुन्| गोरखाका पोखरेल १३ औ मिस्टर नेपाल बनेका छन् | प्रतियोगीतामा पोखरेलले मिष्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्स बिधागत अवार्ड समेत हात पारे |
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा प्रतिक लालवानी फष्ट रनर अफ र मिलन श्रेष्ठ सेकेण्ड रनर अफ घोषित भए | लालबानीले ह्याण्डसम, पर्सनालिटी सहित भियुर्स च्वाईस अवार्ड समेत जित्दा श्रेष्ठले भने फ्रेण्ड्ली अवार्डमा चित बुझाए | दुबैले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे |

पोखरेललाई गत वर्षका बिजेता सुरज चिलुवालले मिष्टर नेपालको ताज पहिर्‍याए | विजेता पोखरेलले उपाधिका साथमा नगद एक लाख रुपैया, चलचित्र विन्दाश ३अभिनयको अवसरका साथमा अन्य विभिन्न उपहार प्राप्त गरे |
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायतका प्रशिक्षण सहित स्पर्धामा उतारेको थियो | दर्जन बढी उप-शीर्षकमा बिजेता घोषित गरिएको कार्यक्रममा प्रतियोगीतामा सुजित आचार्य फोटोजेनिक, अजुरी दिमखान र शनी शाह फिजिक्स, अरुण केसी र प्रहिल कार्की मेक ओभर, गोपाल गज्मेर र वर्कास राई चर्मिङ ,राजेन्द्र रवाल बेष्ट ड्रेस, युमा लिब्बु बेष्ट स्त्रिm, दोष्त हरन लिब्बु मल्टिीमिडिया, बिजय केसी बेष्ट क्याटवाक, निरन अवाल र पवन गुरुङ स्पोर्ट घोषित भए |

चलचित्र निर्देशक उद्धव अबिजित, राजु गिरी, मिष्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणालयायत निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी चाँदनी लामिछानेले गरेकी थिइन् | गीत, नृत्य तथा हाँस्य ब्याङ्ग्यका बेजोड प्रस्तुतिका साथ प्रतियोगिता सम्पन्न भएको थियो|